फुट्ने नै भो त माओवादी ?

 ६ हजार ५ सय माओवादी लडाकूलाई सेनामा समायोजन गर्ने सहमति गर्दै मुख्य तीन दल शान्ति प्रक्रिया अन्त्य गर्न सहमत त भए। तर देशमा अब के दिर्घकालिन शान्ति कायम होला त भन्ने शंसय भने कायम नै रह्यो । किनभने माओवादीको बैध्य पक्षले यसमा असहमती जनाएर बाहिरियो । मुख्य तिन दलकाको संयुक्त बैठकले गरेका निर्णयलाई बैध्य पक्षले ‘जनवादी सहमति पार्टी नीति विपरित’ भनेको  छ ।

यसको अर्थ अब माओवादी पार्टी फुट्ने संकेत देखिएको छ जुन माओवादीका लागि शुभसंकेत त होइन नै मुलुककालागि पनि शान्ति प्रक्रिया टुंगिएको संकेत होइन । पर्सि हुन लागेको माओवादीको केन्द्रिय समितिको बैठकलाई नकुरिकन संस्थापन पक्षले पार्टी स्थायी समितिको बहुमत भन्दै गरेको निर्णयले अब पार्टी फुटको अन्तिम डिलमा पुगेको संकेत गरेको छ ।

बैध्य पक्षले केन्द्रिय समितिको बैठक दुई दिनपछि बोलाइएको र त्यो नकुरी शान्ति प्रक्रिया टुंग्याउने भन्दै गरेको निर्णयलाई जनयुद्दका उपलब्धिहरुलाई बली चढाएको, गणतन्त्र र परिवर्तनका लागि प्रमुख भूमिका खेलेको जनसेनालाई अवमूल्यन गरेको तथा संस्थापन पक्षले पेलेको भन्ने आरोप लगाउँदै असहमती जनाएको छ ।

यो निर्णय सँगै दुबै पक्षले पार्टी फुटेपछि के गर्ने भन्ने आन्तरिक तयारिलाई झन कसिलो बनाएको बताइन्छ । संस्थापन पक्षकै संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्री गोपाल किरातीले एकीकृत माओवादी पार्टीबाट चोइटिएर जाने समुहलाई श्रद्धाञ्जली व्यक्त गरिसकेका छन् । उनको यो हतारोले पनि देखाउँछ, अब माओवादी पार्टी फूटको संघारमा पुगिसकेको छ । दुबै पक्षले पार्टी फुटेको, एकले अर्कोलाई कारवाही गरेको लगायतका औपचारिकता हेर्न मात्रै बाँकि छ ।

बुधबार बैध्य पक्षले सार्वजनिक गर्ने भनेको आधिकारिक धारणाले पक्कैपनि माओवादी पार्टीको अवस्था अब के हुन्छ भन्ने सार्वजनिक होला । तरपनि अब माओवादी फुटकै घेरोमा पुगिसकेको बुझ्न कठिन छैन । संस्थापन पक्षले चोइटिएर जाने पक्ष भनेपनि उनीहरुका जनमुक्ति सेना दुबै पक्षका छन् । यदि बैध्य पक्ष साँच्चिकै यसलाई धोका हो भन्दै निस्कियो भने जनसेनाका केहि पक्षपनि शिविरबाट पून जनयुद्दको घोषणा गर्दै निस्किन सक्छन् । दुबै पक्षबिच काटमार र द्वन्दको अवस्था स्रिजना हुन सक्छ । अर्कोतिर वर्षौ वर्षदेखि सहकार्य गर्दै आएका नेतालाई धोकेबाज भन्दै अल्पमत पक्षले अर्को युद्दको घोषणा गर्दैमा त्यसलाई कतिले साथ देलान् ? कतिले पत्याउलान् ? सहज छैन । पार्टीका एक एक नीति, काम, कमजोरी र तौरतरिका बुझेको एक पक्ष बाहिरिएर जनयुद्दको निरन्तरता भन्दै शुरु गरेभने संस्थापन पक्षलाईपनि सहज हुने छैन । जे होस, माओवादी फुट्यो भने त्यसले ज्यादै ठूलो राजनितिक संकट निम्त्याउन सक्छ । अझ ठूलो सामाजिक असुरक्षा निम्तिन सक्छ ।

तपाइँको प्रतिक्रिया