नेपालको लुम्बिनी अध्ययन गर्न प्रचण्ड सरकारी खर्चमा अमेरिका
नेपालको लुम्बिनी अध्ययन गर्न प्रचण्ड सरकारी खर्चमा जाने रे अमेरिकाजनताका आँखामा छारो हाल्ने, ठग्ने, झुक्याउनेको पनि एउटा हद हुन्छ नी ! कति भए प्रचण्डका चमत्कार ? कति पटक बनाए प्रचण्डले स्विजरल्याण्ड नेपाललाई ? नेपाली जनतालाई जे भन्दिएपनि हुने, जस्तो आश्वासन दिएपनि फरक नपर्ने भएको हो ? पार्टीहरुलेपनि मनपरी गर्न छुट दिन्छन् आफ्ना नेतालाई ? कि सबैको दाउ लौ लुटौं मिलेर लुटौं भने भएको हो ? नत्र लुम्बीनी नेपालमा छ त्यसको अध्ययन गर्न किन जानुपर्यो अमेरिका ? ब्रिहद लुम्बिनी बिकास गर्ने भन्दै त्यसको अध्यक्ष भएका थिए प्रचण्ड । त्यसको पदमा पुगेको दुई सता नबित्दै अध्ययन गर्न अमेरिका जाने रे ! त्योपनि सरकारी खर्चमा ।मैले यो हिजै देखेको देखेँ ।
कन्सिलीका रौं जरक्क उभिएका हुन् यो सुन्दा । आज साथी दिपक भटराईको फेसबुक स्टाटसमा फेरी देखें । ठूला मेडिया चुप लागेपनि कम्तिमा यसले सर्वसधारणको मनमा रन्को दिइरहेको छ । हाम्रो देशमा छ लुम्बिनी । बुद्दको जन्मस्थलका नालीबेली हामीसितै छन् । बिदेशीले जतिसुकै अध्ययन र अनुसन्धान गरुन्, आखिर बुद्दसित संवन्धित अधिकांश समाग्रि हामीसितै छन् । माटो हाम्रै देशमा छ । अनि जानुपर्ने त्यसको अध्ययन गर्न किन अमेरिका ?
लुम्बिनीको विकासकालागि लुम्बीनीमा आजसम्म भएका कामको अध्ययन र अनुसन्धान हुनुपर्छ । विकास किन राम्रोसित हुन सकेन आजसम्मका नीतिहरु केलाइनुपर्छ । अहिले भएका कामको अध्ययन अनुसन्धान र मूल्यांकन हुनुपर्छ । लुम्बिनीलाई कस्तो बनाउने ? स्थानिय जनतासित साझेदारी, छलफल र सुझावको पहल हुनुपर्छ । बुद्दले कस्तो लुम्बिनीको सपना देखेका थिए त्यसको अध्ययन गर्न प्रशस्त छन् हाम्रै देशमा सामाग्रि । त्यसकालागि लुम्बीनी गएर अध्ययन पो गर्नुपर्ने हो । तर माओवादी अध्यक्ष प्रचण्डले के चमत्कार देखाउन हो कुन्नि लुम्बिनीको अध्ययन गर्ने भन्दै एउटा टोलीनै लिएर अमेरिका जाने भएछन् ।
लुम्बिनीको मास्टर प्लान बनेको निकै भयो । त्यो लागू हुन सकेन । त्यहि लागू हुन सकेपनि लुम्बिनीको विकासमा महत्वपूर्ण योगदान हुन्छ भन्छन् विशेषज्ञहरु । त्यसैलाई राम्रोसित अध्ययन गरेर लागू गर्न सकिँदो हो । वा अझ राम्रो योजना बनाउन केहिले रोकेको छैन । नेपालमै त्यति राम्रो योजना वर्षौंदेखि थन्किएको छ । त्यसको अध्ययन गर्न अमेरिका जानु किन ? लुम्बिनीको अध्ययनका नाममा अमेरिका भ्रमणसित के नाता ? के संवन्ध ?
आफूले नसके विशेषज्ञहरुको टोली खटाउन सकिन्छ । वा प्रचण्डले आफूलाई सुझाव दिनको लागि छुट्टै टोलीपनि बनाउन सक्थे विशेषज्ञहरुको जसले उनलाई लुम्बिनी विकास कसरि गर्ने भनेर अध्ययनको निचोड देओस् । तर उनलाई त्यसमा कुनै चासो छैन किनभने अमेरिका घुम्नु परेको छ । देशको सम्पत्ती पहिले लुट्ने र आगो झोस्ने गरे अब घुमफिर गरेर भ्याउनुपरेको छ । चिन्तन र चासो लुम्बिनी क विकास गर्नु भए पो हुन्छ । भाषण ठोक्ने र ऐश आराम गर्ने भएपछि नाथे सधैं गइराखेको लुम्बिनी किन जाने ? अनि कांग्रेसी र एमाले लगायतका अन्य दलका नेतापनि के भएका ? प्रचण्ड एक्लै छैनन् लुम्बिनी विकासको लागि भनेर बनाएको समीतिमा । कांग्रेस र एमाले लगायत मधेशी दलका पनि छन् । अरु कुरोमा तिनले बुरुक्क बुरुक्क गर्दै उफ्रिएर बिरोध गर्छन् । तर घुम्न पाउँदा त तिपनि मख्खै पर्ने रहेछन् । लुम्बिनीको कसरि विकास गर्ने भनेर बुझ्न लुम्बिनी जाउ, अमेरिका किन जाने भनेर तिनले भन्न सक्थेनन् ? अहँ भनेका छैनन् अहिलेसम्म । किनभने आफूले घुमघाम गरेर देशको पैसोमा डढेलो लगाउन पाए त ति पनि चुप्प बस्छन् । भाग नपाएको भए पो कुर्लिन्थे ति ।
शान्तिवार्तापछि यति घुमेकि नेताहरु ! कुनै महादेश बाँकि छैन । ठूला देश कतै बाँकि राखेका छैनन् । आफूले त घुमे घुमे निकटकालाईसमेत पालो पुर्याइदिएका छन् । एनजिओका नामबाट घुमेर सेवा, सुविधा र भत्ता सोरेका छन् । तर जति घुमेर हेरेपनि, जति देखेपनि, जति सिकेपनि मानसिकता भने बदलिएको छैन । उहि लुट्ने नै छ । देशको राजनितिक अवस्था उस्तै छ । तर घुम्न चाहिँ छोड्दैन फेरी । दिपक भट्टराईले भने जस्तो, चुनावपछि यी नेताहरु यति घुमिसके कि बाँकी भनेको चन्द्रमा हो । सजिलै नमिलेर हो नत्र यिनीहरु शान्ति प्रकिया, सविधान निर्माण, लुम्बिनी विकासबारे छलफल गर्न भनेर चन्द्रमा जाने थिए । बेबकुफहरु !




