अपजसको डरले एउटै पार्टीमा

माओवादी पाँच वर्ष भयो शान्ति प्रक्रियामा आएको । तर देशलाई स्विजरल्याण्ड जस्तो बनाउछौं भनेर आश्वासन बाँडेका तिनै नेता सिन्कोपनि नभाँची आफू आफूमै मारामार गरिरहेका छन् । एउटै पार्टीमा भएपनि बिचार अलग छ । भावना भिन्नै छ । सोचाई फरक छ । मन, भवना, बिचार, उद्देश्य सबै फुटेका छन् । आत्मियतामा धाँजा परेका छन् । आत्मियता चिरा परेको छ ।

थाह छ तिनलाई, अब सँगै बस्न सकिन्न । बस्नुको औचित्यपनि छैन । तरपनि ति सँगै बसिरहेका छन् । किन त ? बैध्य पक्ष र संस्थापन पक्ष भनिने दुबैलाई डर छ, फुटको अपजस किन बोक्ने ? कारवाही गरेर निकाल्यो, यत्रो ठूलो पार्टी चिरा पार्‍यो भन्ने आरोप किन खप्ने ? त्यहि भएर दुबै पक्ष नाम मात्रको एउटै पार्टीमा बसिरहेका छन् । तर अब चाहिँ छिट्टै त्यसको छिनो फानो हुने भएको छ ।

जनसेनाको हतियार राखिएको कन्टेनरको साँचो सरकारलाई बुझाउने संस्थापन पक्षको निर्णय बाट दुई पक्षिय विवाद चुलिएको देखियो । यहि चाबी बुझाउनपनि संस्थापन पक्षले बैध्य पक्षको सहमती थियो भन्छ । बैध्य पक्ष आरोप मात्रै हो भन्छ । जे होस, त्यसपछि माओवादीमा बिवाद छताछुल्ल भएर सडकसम्म पोखियो । कुकुर र बिराला भए जस्ता देखिए दुई पक्ष । दुबै आआफ्ना तयारीमा लागे ।

मुख्य नेता संयम देखिएपनि प्रभु शाह जस्ता हरौटे र ज्यानमाराको आरोप लागेका, हरिबोल गजुरेल, अग्नी सापकोटा, टोपबहादुर रायमाझी जस्ता चाकरीबाजहरु उचालिइरहे । तिनलाई जनताको नाममा सरकारमा गएर झण्डा हल्लाउँदै लुट्नुसम्म न छ । त्यसैले त्यस्ता चाकरीबाज धेरै निस्किए जसले मुख्य नेतालाई उचालिरहे । समस्या समाधान भन्दा टाढा बनाउनै ति केन्द्रित रहे । जसले गर्दा माओवादीको द्वन्द झन चुलियो । अब त ति यति टाढिए कि बिचार, उद्देश्य, नीति सबैमा ति धेरैनै टाढा पुगिसकेका छन् ।

अब कात्तिक १७ गते केन्द्रिय समितिको बैठक राख्ने निर्णय गरेका छन् । त्यो बैठकले निर्णय गर्ने छ, माओवादीलाई कस्तो पार्टी बनाउने ? माओवादीले अब के निर्णय गर्ने ? बिदेशी सरकार, स्वदेशका दलाल अनि प्रतिपक्षी दलले मागे झैं सबै छोड्दै जाने कि ? नेताले मोजमस्ति गर्दै जाने तर बिगतमा जनताका अगाडि माओवादी नेता र पार्टीले गरेका बाचा त्याग्दै जाने ? शान्ति र संविधानलाई नै मुख्य नीति बनाएर जाने कि जनबिद्रोहलाई मुख्य नीति बनाउने ? उनीहरुलेनै भन्दै आए जस्तो प्रतिक्रियावादी र साम्राज्यवादी चाखको संविधान केका लागि ? कस्तो मुलुक बनाउनकालागि ? अनि बैध्य पक्षले भन्ने गरेको जनबिद्रोह केका लागि ?

यतिखेर माओवादीमा दुई खेमाका दुई थरी दाबी छन् । सरकारमा जानेको बाचा अनि आश्वासन भिन्न छ । सरकार बाहिर हुनेको आलोचना अलग छ । त्यसैले अब कात्तिक १७ गते बस्ने केन्द्रिय समितिको बैठकमा चर्को बहस हुने पक्का छ । यसैले निर्णय गर्ने छ, अब के हुने ? तर केन्द्रिय समितिको बैठकले शान्ति र संविधानलाई नै प्रमुख मानेर जाने निर्णय गर्ने संभावना बढि छ । जेसुकै निर्णय गरेपनि पार्टी एकै ठाउँमा रहने संभावना छैन ।

माओवादी फुट्ने त पक्कापक्की जस्तै भयो नै । तर कसरि ? कहिले ? फूटपछि हुन्छ के ? दुबै पक्षले आआफ्ना दाबी सिद्द गर्ने कोसिस गर्ने छन् नै । तैपनि माओवादी फुटेभने अग्नी सापकोटा, प्रभु शाह, टोपबहादुर रायमाझी जस्ता चाकरीबाजलाईपनि सरकार चलाउन पक्कै सहज हुने छैन । दिनानाथ शर्मा जस्ता वर्षौं वर्षदेखि तस्करसित साँठगाँठ गर्ने र माओवादी शान्ति प्रक्रियामा आएपछि सरकारमा पसेर मस्ति गर्न आएका नारायणकाजी मार्कालाईपनि सहज पक्कै हुन्न । अहिलेकै अवस्थामा कुन तर्क, के आधार र कुन जगमा उभिएर माओवादी फुटाउने र अर्को जनबिद्रोह वा जनयुद्दको औचित्य सावित गर्ने हुन् ? बैध्य बाकालागि पनि सजिलो छैन नै । त्यसले न त देश र जनताको हित गर्छ न त माओवादीका दुबै पक्षका नेतालाई महान बनाउँछ ।

तपाइँको प्रतिक्रिया