बाबुराम र प्रचण्डको कसरि कन्तबिजोक ?

झण्डै दुई दशक सहकर्मी भएका माओवादी कामरेडहरुको अहिलेको संवन्ध गज्जबको छ । एउटै पार्टिमा छन् कामरेडहरु । तर बिचार अब एकै छैन । पार्टी फुट्दैन भनेपनि मन फुटिसकेको छ । आत्म भाँचिइसकेको छ । ह्रिदयमा छिया परेका छन् एक अर्का संझिँदा । बिरोधी, प्रतिपक्षी पार्टीले लाउने आरोप र गर्ने गाली भन्दा दशौं गुणा बढि । अहिले पार्टीको बैठकमा कामरेडहरु भेट हुन्छन् । औपचारिकता हुन्छ । नत्र अरुबेला गाली गर्ने, आरोप लाउनेमै बित्छ ।

बाबुराम भट्टराइ र प्रचण्ड पक्ष सरकारमा गएपछि त्यसको पारो झन तिब्रताका साथ उकालो लाग्दो छ । अहिले त झन कामरेडहरुले लिखित रुपमै आरोप लगाउन थालेका छन् । माओवादीको फरक लाइन बोक्ने, बिद्रोही पक्ष, क्रान्तिकारी धार भनेर चिनिने बैध्य पक्षका कामरेडहरुले एकातिर प्रचण्ड र डा बाबुराम भट्टराईलाई नांगेझार पार्न खोजिरहेका छन् । अर्कोतिर प्रचण्ड र बाबुराम पक्षको त झन हालिमुहालीनै भयो । सरकारमा भएपछि सिंगै सरकारी मेडिया उनीहरुको पक्षमा भए । उनीहरुले पेल्नु पेलेका छन् बैध्य पक्षकालाई ।

उनीहरुले सकेसम्म बैध्य पक्षका एजेन्डाहरुलाई किनारा लाउने, पेल्ने नीति लिएकै छन् । पार्टी फुटेर दुई चार जना गएपनि फरक पर्दैन त भनिरहेकै छन् । अनि बैध्य पक्षका कामरेडहरुको बर्मन्ड किन नतातोस् ? अनि उनीहरुले पनि सकेसम्म खुइल्याउने प्रयास गरेका छन् बाबुराम भट्टराई र कामरेड प्रचण्डको । हुँदा हुँदा त अहिले प्रधानमन्त्री डा बाबुराम भट्टराई र प्रचण्डको कन्तबिजोक भएको सार्वजनिक गरेका छन् । प्रचण्डका दाहिने हात, विश्वाशी प्रभू शाहलाई मात्रै होइन स्वयं प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई समेत अपराधी भनेर ठोकुवा गरेका छन् । यस्सो टाउको दुख्यो कि रेस्ट गर्ने भन्दै रिसोर्टमा लाखौं खर्च गरेर सामान्ति संस्क्रिति अँगालेको भनेर अध्यक्ष प्रचण्डको पनि उछित्तो काढेका छन् ।

आरोप र प्रत्यारोपको स्रिंखला दुबै पक्षबाट जारी छ । प्रचण्ड र बाबुराम पक्षले सिंगै सरकारी मेडिया प्रयो गरेर अर्को पक्षलाई एक्लो पार्ने, मुठार्ने गरेपछि बैध्य पक्षपनि आगो किन नहोउन् । उनीहरुलेपनि आफ्ना बिचार लैजान वेबलाई माध्यम बनाएका छन् । पार्टीले चलाएका मेडिया बिस्तारै बिस्तारै प्रचण्ड पक्षले आफ्नो बनाउन लागेपछि र खासगरि बिदेशका नेपाली समक्ष आफ्ना बिचार स्पष्ठ पार्न अहिले द नेक्स्ट फ्रन्ट (www.thenextfront.com) भन्ने वेब पत्रीका सार्वजनिक गरेका छन् । आरोप प्रत्यारोपको स्रिंखला राम्रो होइन नै । त्यसले देश र जनताको हित गर्दैन । तरपनि आआफ्ना बिचारमाथि बन्देज लाग्न थालेपछि सबैले बाटो खोजिहाल्छन् । सायद अहिले त्यहि गर्न खोजेका छन् बैध्य पक्षकाले ।

आरोप प्रत्यारोप जे भएपनि प्रचण्ड र बाबुराम पक्षका कुरा, बिचार र योजना बढि सार्वजनिक हुँदा बैध्य पक्षका बिचारहरु कुन कुन विषयमा के के होलान् बन्ने जिज्ञासा भैहाल्छ । दुबै पक्षका कुरा सुन्न पाएपछि कसका गल्ति कमजोरी, ठगी, अनियमितता के के हुन् भनेर पत्ता लगाउनपनि सजिलो । दुई पक्षका वाद बिवाद जुहारी सुन्नपनि मज्जा । बैध्य पक्षको यो वेभमा थुप्रै लेख छन् । कुनै कुनै त बडो चाख लाग्दापनि छन् । हामी पाठकहरुलाई भने दुबै पक्षका कुरा सुन्न मज्जा हुन्छ । खराब कुराहरु, देश र समाजलाई अहित हुने, भए गरेका सबै कुरा जानकारी राख्नै पर्छ । दुबै पक्षका बिचार सुन्न र पढ्न पाए बल्ल को ठिक को बेठिक भन्ने छुट्ट्याउन सहज हुन्छ ।

तपाइँको प्रतिक्रिया