प्रधानसेनापती हटाउने कसरतमा रक्षामन्त्री
प्रधानसेनापती रुक्मांगत कटुवाललाई बर्खास्त गर्न खोजिएको चर्चाले अहिले बजार पिटेको छ । त्यो चर्चाले सत्ता साझेदार दलहरुबिचपनि बहस, सतर्कता र विवाद निम्त्याएको छ । शान्ति संझौता बिपरित प्रधान सेनापती कटुवालले नेपाली सेनामा करिब दुई हजार सेनाको पद रिक्त भएको भन्दै त्यसलाई पदपूर्ती गर्न खोजेका छन । शान्ति संझौतामा माओवादी र नेपाली सेनालेपनि नयाँ भर्ती लिन नपाउने भन्ने उल्लेख छ । झन अनमिनका प्रमुख ईयान मार्टेनले नेपाली सेनाले नयाँ सेना भर्ती गर्नु शान्ति संझौता बिपरित भन्ने प्रतिक्रिया दिएपछि झन बिबादित बनेको छ । स्रोतका अनुसार सेनाले त्यसरि भर्ती गर्ने सुरसार गर्नु अगाडिनै रक्षामन्त्री राम बहादुर थापा ‘बादल’ले नयाँ भर्ती नलिन कटुवाललाई निर्देशन दिएका थिए । तर कटुवालले नयाँ भर्ती नभै पदपूर्ती मात्रै भएको भन्दै त्यसलाई ठाडै अस्विकार गरिदिएपछि रक्षामन्त्रि बादल आगो भएका हुन उनीसित ।
पहिले देखिनै माओवादी र कटुवालबिच यसैपनि संबन्ध चिसो थियो । यो घटनापछि कटुवाल साँच्चिनै माओवादी बिरुद्द लागेको भन्दै रक्षामन्त्री थापाले उनलाई निकाला गर्न खोजेका हुन । अहिलेपनि थापा उनलाई निकाल्ने तयारिमै छन । बादल सरकार र रक्षा मन्त्रालयलाई नटेरेको, सरकारलाई असहयोग गरेको र नयाँ भर्ती खोलेको भन्दै कटुवालसँग निकै आक्रोशित भएका छन । यहि कारणले गर्दा माओवादी नेताहरु र सैन्य प्रधानकार्यालयबिच तनाब चुलिएको बताइन्छ । केहि माओवादी नेता र जनसेनाका उच्च कमाण्डरहरुले त रक्षा मन्त्रीको रक्षासँग संबन्धित निर्णयमा कुनै भूमिका नदेखिएको भन्दै आक्रोश पोखेका छन । रक्षा मन्त्रालयले जंगी अड्डालाई पत्र पठाई तत्कालका लागि भर्ना सम्बन्धी कार्य स्थगन गर्न भनेको थियो । तर सैन्य अधिकारीहरूले भने भर्ना नियमित प्रक्रिया भएको र यसबाट शान्ति सम्झौता उल्लघन नभएको सार्वजनिक प्रतिक्रिया दिएपछि थप आक्रोशित भएका रक्षामन्त्री सेनाले सरकारको आदेश नमानेको भनेर कटुवाललाई हटाउन खोजेका हुन । उनी पहिलेदेखिनै माओवादी बिरुद्द लागेका र अहिलेपनि शान्तिवार्ता भाँड्न खोजेको भन्दै माओवादी ब्रित्तबाट उनलाई हटाउन रक्षामन्त्री समक्ष तिब्र दबाब परेको बताइन्छ । तर सरकार सञ्चालनका साझेदार एमाले र मधेशी जनअधिकार फोरम भने उनलाई हटाउन नहुने भन्ने पक्षमा रहेका छन ।
सरकार सञ्चालनका साझेदारबाटै बिरोध आएकालेपनि रक्षामन्त्री बादललाई कटुवाललाई हटाइहाल्न त्यति सहज भने देखिँदैन । नेपाली सेनासित आफ्नो निकटता देखाउनकै लागि फोरम र एमालेले प्रधानसेनापतीलाई ढाडस दिएकालेपनि उनले रक्षामन्त्रालयलाई नटेरेको बताइन्छ । उता माओवादीले कटुवाललाई हटाएर आफ्नै निकट ब्यक्तिल्याउलान र नेपाली सेनालाई आफ्नो पूर्णरुपमा आफ्नोहितमा प्रयोग गर्लान भन्ने भय पनि अन्य दललाई हुनुपर्छ ।
सैन्य प्रमुख भएर माओवादी पिडितहरुलाई जम्मा पार्ने र तिनका ज्ञापनपत्र कुनै मन्त्री र नेताले झैं बुझ्दै हिँड्ने गरेकालेपनि माओवादीहरुलाई आफुहरु बिरुद्द लागेको भन्ने आधार दिएको छ । सरकार र नेताले गर्नुपर्ने काम उनले गर्दै हिँड्ने र सरकार बिरोधी भाषण ठोक्दै हिँड्ने गरेकालेपनि रक्षा मन्त्रालयलाई आक्रोशित पारेको हो । रक्षा मन्त्रालय र अनमिनका अधिकारीहरुकोसमेत भावना बिपरित सार्वजनिक अभिब्यक्ति दिएकालेपनि नेपाली सेना र सरकार तथा माओवादीबिच झन अविश्वासको खाडल गहिरिँदै गएको छ । जसले शान्ति संझौताकोलागि शुभ संकेत गर्दैन नै ।




