माओवादी, तराई र विहारीहरु

 ● शिवराज पन्त

नेपालको स्वाधीनता र सार्वभौमसत्तामा पहिलोपटक यसरी कालो वादल मडारियो । अखण्ड नेपालमा थुप्रै लोभी पापीहरुले आँखा गाड्दै आएका भएपनि अहिले भने शरद सिंहहरु हाकाहाकी बोल्न थाले, नेपालबाट तराइका २२ जिल्ला छुट्टिने छन् भनेर ।  कांग्रेस र एमालेले यसको तत्काल विरोध गरेर शरद सिंहको भनाइ राष्ट्रघाती हो र उनलाई तुरुन्त पदबाट बर्खास्त गरी कारवाही गर्न माग पनि गरे ।  तर माओबादी चुप रह्यो ।  एउटा प्रेस बिज्ञप्ति निकालेर यो गलत हो सम्म भनेन । नेपाली जनताको माग छ, या त यो भनाइको विरोध गरी शरद सिंहलाई कारवाही गर या माओबादीकै मिलेमतोमा भएको हो भनेर स्वीकार गर ।

४ बुंदे सहमति राष्ट्रघाती भएको सबैले महशुश गरेकै हो । तर त्यो सहमतिको बलमा राष्ट्रघातिहरुले यस्तो टिप्पणी गर्लान भन्ने कसैले सोचेका थिएनन । बाबुराम भट्टराईले कुर्सिको ठुलो मूल्य चुकाएका रहेछन मधेशीलाई ।  यतिसम्म बोल्दा पनि उनी चुप छन्  । उनको पार्टी चुप छ ।  किन ?

नेपाली जनतामा ठुलो आश थियो, भट्टराई आएपछि देशले निकाश पाउलाकी भनेर । तर दुर्भाग्यवश ४ बुंदे सहमति नामको राष्ट्रघाती भर्यांग चढेर आएका रहेछन उनी । कुर्सिको लागि राष्ट्रको अखण्डता नै दाउमा राखेछन् । शान्ति प्रक्रिया पुरा गर्छु भनेका उनले मुस्तांग गाडी चढेर कन्टेनरको साँचो बुझाएपछी सबै काम पुरा भएको ठानेर अमेरिका भ्रमण तिर गए । शान्तिप्रक्रिया जहाँको त्यहिँ छ । समय कुदिरहेको छ  ।  उनको ध्यान अन्तै छ, शान्ति प्रक्रियामा छैन । नेपाली जनताले आशा र भरोसा गरे वापत बाबुरामको उपहार यहि भयो जनतालाई राष्ट्रियता र अखण्डता माथि आक्रमण ।

हुनत नेपाली जनतामा जातियता र क्षेत्रियाताको द्वेष फैलाउने काम माओबादीबाट जनयुद्दताका देखि नै भएको हो । नेपालीहरुले आजकाल आफूलाई पहिला कुनै जाति र पछी नेपाली पहिला भनेर चिनाउँछन् ।  बि बि सी नेपाली सेवाको साझा सवाल भन्ने कार्यक्रममा एउटा मधेशी नेतालाई तपाई नेपाली पहिला कि मधेशी पहिला भनेर सोध्दा उनले आफूलाई पहिला मधेशी भने । त्यस्तै गरी आज बिभिन्न जनजातीका मान्छेहरुले राष्ट्रियतालाइ पछी र जातीयतालाई  अघि सार्ने गरेका छन् ।

नेपालमा अहिले नेवा राज्य, लिम्बुवान, खुम्बुवान, ताम्सालिंग जस्ता राज्यहरुको नाम सुनिन्छ र नेपाल राज्य ओझेल परेको छ  ।  हामी नेपाली हुँदा एक थियौं । बलियों थियौं । तर जाति विशेष हुँदा हामी टुक्रिएका छौं ।  कमजोर भएका छौं । हामी फुटेको देखेरनै विहारीहरुले मुख खोल्न थालेका छन्  । उनीहरु धमिलो पानिमा माछा मार्ने दाउमा छन् ।

हामीलाई थाहा छ, १४ अंचल ७५ जिल्ला रहेको १,४७,१८१ बर्ग किमी भुमि अखण्ड नेपाल हो,  हाम्रो मातृभूमि । तराइको भुमि होस या जुनसुकै पहाड हिमाली क्षेत्र होस् त्यहाँ नेपाली छन् ।  बिभिन्न जात जाति र भाषा भाषी छन् । तर ति नेपाली छन् ।  तराइमा थारु, धिमाल, राजबंशी, मैथिल आदि नेपाली भूमिपुत्र छन् । तर तराइमा विहारबाट बसाइ सरेका विहारीहरु पनि छन् जो आफुलाई नेपाली मान्दैनन ।  तिनै विहारीहरु आजकाल तराई टुक्र्याउने कुरा गर्दैछन । ति मध्ये कति भारतको मतियार , भारतको इशारामा चलिरहेका छन् भने कति चाही तराई टुक्राएर त्यहाको राजा बन्ने सोचमा छन् ।

तर तिनीहरुको सपना पुरा हुनेवाला चाही छैन ।  १४ अंचल ७५ जिल्ला रहेको १,४७,१८१ बर्ग किमी भुमि अखण्ड नेपाल हो  ।   हाम्रो मातृभूमि हो  ।  शान्ति सौहार्द्रताको लागि हामीले धेरै भुमि सुगौली सन्धिमा गुमाएका छौं  ।   जुन ‘ग्रेटर नेपाल’ मा देखाइएको छ ।  तर अब भने एक इन्च पनि नेपाली भुमि कसैको हुन्न कसैलाई दिइन्न ।  यदि कोहि विहारीहरुलाई नेपालमा बस्न मन छैन र नेपाली हुन मन नलागेको हो भने ती भारत पस्न सक्छन । तर नेपालको कुनै जमीन तिनीहरुले स्वायत्तताका नाममा हडप्न र भोग चलन गर्न सक्दैनन् ।  मातृभूमिको रक्षा गर्नैपर्ने पर्ने स्थिति आएमा पृथ्वीनारायण शाहको एकीकरण अभियानमा जुटेका हामि नेपाली फेरी एकपटक जाग्ने छौँ । तराइका मातृभूमि प्रेमी सपूतहरु जागेर तराइका भूमिबाट विदेशी धोती र लोटा लिएर आएकालाई फेरी लखेट्ने छन् । जो १४ अंचल ७५ जिल्लानै आफ्नो मातृभूमि ठान्छ त्यो मात्र नेपाली हो । जो कुनै भूभाग ताकेर त्यसलाई टुक्राउने कुरा गर्छ त्यो देशद्रोही हो । गद्दार हो । नयाँ राजा बन्ने त्यसको चाललाइ सबै नेपाली जनताले बुझ्नु जरूरी छ ।

विहारीहरु आरोप लाउने गर्छन कि तराईलाई उपनिवेश बनाइयो ।  तर आफ्नै देशको भूभाग उपनिवेश हुँदैन र भएको छैन । विकाश र अवसर राज्यले नदिएको भन्ने दोष लाउन खोज्नेले बुझ्न जरुरि छ कि नेपालका कैयौ पहाडी र हिमाली जिल्लाहरु तराइ भन्दा धेरै पिछडिएका छन् | त्यसका बिभिन्न कारणहरु हामी सबलाई थाहा छ, यहाँ चर्चा गरिरहनु जरुरि छैन । बरु सत्य के हो भने तराइमा रहेका थारु, राजबंसी लगायत अन्य भूमिपुत्रहरु माथि साम्राज्य जमाउन केहि सामन्तीहरु तराइ टुक्राउने खेल खेलिरहेका छन् । यो कुरा तराईवासी नेपालीहरुले बुझ्न एकदमै आवश्यक छ ।

तपाइँको प्रतिक्रिया