माओबादी आत्मरन्जना
(म अहिले आफ्नो कार्यक्षेत्र बाहिर भएकोले आफ्नो कम्प्युटरमा नेट जोड्न सकिन। फ्रान्सेली मित्रको कम्प्युटरबाट नेपाली फन्ट को सुबिधा मिलेन । त्यसैले यो लेखको शुद्दासुद्दी हेर्न नसकेकोमा माफी चाहन्छु -ददि, नेपालप्लस)
– शिवराज पन्त
आजकाल माओबादी नेताहरुले भन्न थालेका छन् , कि छिट्टै कांग्रेस र एमाले सिद्धिन्छन रे | अहिले बाबुराम भट्टराइको सरकारले भनेको नमानेर माओबादीलाइ नसघाए अरु दलको अस्तित्व रहन्न रे | संबिधान सभा निर्वाचन पछी पहिलो सरकार माओबादीको नेतृत्वमा बन्यो , प्रचण्ड प्रधामन्त्री भए | माओबादीका शर्त सबै मानेर कांग्रेसलाई सरकारमा आउन भनियो | तर कांग्रेस आफ्ना माग र अडानहरु छाडेर सरकारमा जानुहुन्नथ्यो, गएन | त्यसपछि बाबुराम भट्टराई संसदबाट यसरि कुर्लिएका थिए ; ‘ इतिहासको गाडी छुट्यो , यसले कसैलाई पर्खदैन , जोजो यो गाडी चढ्दैन त्यो समाप्त हुन्छ , यो गाडी शान्ति र संविधानको गन्तव्य नभेटे सम्म रोकिन्न |
नेपाली सेनामा हस्ताक्षेप् गर्न असफल भएपछी त्यो गाडी गर्लम्म ढल्यो, एक बर्ष पनि कुदेन | अनि प्रचण्डले दोष थुपारे बिदेशी प्रभुलाई | देशी विदेशी सामन्ती र यथास्थिति बादी शक्तिको चलखेल का कारण आफु असफल भएको भन्दै निस्किए | त्यस क्रममा प्रचण्ड सकिए , सांसद किन्न चाइनिज तस्कर संग पैसा माग्दै गर्दा महरा सकिए | माओबादीका नेताहरु यसैगरी एक एक गर्दै सकिदै गैरहेका छन् | अब सकिने क्रममा छन बाबुराम भट्टराई |
त्यसपछि माकुने आए , उनले भने नेकपा एमाले शान्ति प्रक्रिया पुरा गरी संबिधान लेखेर जनताको मुक्ति गर्न प्रतिबद्द छ , जो जो यस सरकरमा आउछन र हामीलाई सहयोग गर्छन इतिहासमा तिनको नाम रहने छ तर हामीलाई असहयोग गर्ने हरु जनता समू स्खलित भएर जाने छन्, तिनीहरु समाप्त भएर जानेछन | त्यसो भन्दाभन्दै माकुने आफै उत्तानो परे |
त्यसपछि आए झलनाथ , अर्जुन दृष्टि लिएर आए उनि | आफ्नै पार्टीका माकुने ले गर्न नसकेको काम आफुले गर्न सक्छु भनेर उनले जनतालाई बाचा गरे , अब उपरांत नेपाल राज्यमा माओबादीका अध्यक्ष प्रचण्ड र एमालेका महासचिव ले पालैपालो सरकार चलाउने भन्ने प्रमुख बुंदा रहेको ७ बुंदे सहमति गरे | त्यो कालान्तरमा सहमति भन्दा पनि जाली तमसुक को नामले चिनियो | शान्ति प्रक्रियामा सिन्को भाँच्न नसकेपछि उनीपनि पदच्युत भए | उनि कांग्रेस र माओबादीले सहयोग नगरेका कारण आफ्नो अर्जुन दृष्टि असफल भएको भन्दै दोष पन्छाउने कोशिश गरे |
यी सबै प्रधानमन्त्रीहरु पदमुक्त भै निस्केपछि एउटा साझा बोलि बोल्थे त्यो थियो , ‘ बहुमतीय सरकारले शान्ति र संबिधान टुंगोमा पुग्दैन , यसको लागि सहमतीय सरकार बन्नु जरूरी छ |’ यो सत्यलाई अन्तिम पटक सरकार बनाउदा माओबादीले आत्मसात गर्न नसक्नु उसको गम्भीर भूल थियो | बहुमतीय सरकारले देशलाइ निकाश दिन नसक्ने कुरा आफु प्रधानमन्त्री नहुँदा भट्टराईले बारम्बार भन्ने गर्थे | तर जब आफु प्रधानमन्त्री बन्ने हावा जसै चल्यो भट्टराईले आफ्नै ति भनाइ र मान्यताहरुलाई तिलान्जली दिए | कुर्सिको लागी एक कदम अघि बढेर अहिलेसम्मकै अवसरवादी गठबन्धन बनाए मधेशी संग | राष्ट्रघाती र बिखण्डनकारी सोच बोकेका मधेशी दललाई अझ एक कदम अघि बढ्न मद्दत पुराए | अब शरदसिंह भण्डारीहरू भन्न थालेका मधेशका २२ जिल्ला नेपालबाट छुट्टीएर स्वतन्त्र भए कुनै कानुन ले छेक्न सक्दैन रे | हाकाहाकी मधेशीहरुले यस्तो भन्ने आँट भट्टराई कै कमजोरको कारणले गरेका हुन् | १०००० मधेशी को सेनामा प्रवेश , आत्म निर्णयको अधिकार सहितको सम्पूर्ण मधेश एक प्रदेश को मागमा बाबुराम त राजी भैसकेका छन् कुर्सिको लागि तर त्यो पुरा भए नेपालको लागि ठुलो दुर्भाग्य हुन्छ , देश बिखन्डन हुने पक्कापक्की छ |
माओबादीको ३ वटा गुट मध्ये प्रचण्डको गुट जनताको नजर बाट गिरिसकेको छ | चरम सत्तालिप्सा , उच्च जीवनशैली , भ्रष्टाचार अनि बेलाबेला सार्वजनिक भैरहेका गोप्य भिडिओ हरुले प्रचण्डको बोलि र व्यवहार बिल्कुल फरक छ भन्ने देखाइसक्यो | अहिले प्रचन्डले अकुत सम्पत्ति जोडिसकेका छन् | उनि स्वदेशमा बनेका कुनै पनि सामान प्रयोग गर्दैनन् , विदेश बाटै सबै मगाउछ्न | यसरि माओबादीको एउटा गुट समाप्त भैसकेको छ , जनताको आस्था र विस्वास गुमाएर | अर्को गुट बैद्द्य को हो , त्यो गुट अझै क्रान्ति र युद्दको कुरा गर्छ जुन जनताले कदापि चाहदैनन् | उनि कब्जा सम्पति फिर्ता गर्नु हुन्न भन्छन , कन्टेनरको साँचो बुझाउदा मशाल जुलुश निकाल्छन | जनताको सोचाइ र इच्छा विपारित, समय र परिस्थिति संग असान्दर्भिक ह यो गुट पनि सकिँदै गैरहेको छ | माओबादीको भट्टराई गुट जनताले रुचाएको गुट थियो | भट्टराइको व्यक्तित्व , बौद्दिकता छलकपट रहित छवीले उनलाई जनता सामु राम्रो देखाएको थियो | तर दुर्भाग्यवश यो गुट पनि मधेशीसंग गठबन्धन गरेर सरकारमा गएपछि दिनप्रति दिन ओरालो लाग्दै गैरहेको छ | ४ बुँदेको व्यापक बिरोध भैरहेको छ | शान्तिप्रक्रियामा जतिनै हल्ला मचाए पनि कुनै ठोस काम हुन सकेको छैन |
सबैभन्दा ठुलो कारण त भट्टराई अमेरिका बाट फर्केपछि बोलेको बोलीले भात्त्रिको व्यक्तित्व र राम्रो छविमा कालो पोतिएको छ | उनले प्रम हुँदा भनेका थिए ४५ दिन भित्र शान्तिप्रक्रिया पुरा नभए राजिनामा दिन्छु भनेर | तर अहिले उनले यसो भने , ४५ दिन भनेको अरु दलसंग सहमति भएपछिको ४५ दिन हो मैले कहाँ सरकार बनेको ४५ दिनभित्र भनेको हो र ? सारा नेपाली जनताको अघि बोलेका कुरा त यसरी लाजै नमानी फेरे पछी जनताको नजरमा भट्टराई प्रति वितृष्णा जागेको छ | उनले पनि केहि लछारपाटो नलाउने संकेत गरिसके | यसभन्दा अघिका असफल प्रधन्मंत्रिले झैं उनि पनि प्रतिपक्षी दलहरुलाइ दोष थोपर्न सुरु गरिसके | अब सरकारको आयु संगै भट्टराइको गुटको पनि साख गिरेको छ | उता माओबादीका कार्यकर्ताहरु अरु दल सकिने कुरा गर्दैछन भने यथार्थमा माओबादी आफै पतनको बाटोमा जादैछ |




