हिसिला भाउजूको चमचमनै चर्को
प्रधानमन्त्री चुनिए बाबुराम डा साप । उनी दैवी शक्तिले होइन चुनिएको । राजा महाराजाले नियुक्त गरेकापनि होइनन् । उनको सिंगै पार्टी लागिपर्यो । मधेशी दल र खिस्रा मिस्रा पार्टीलेसमेत समर्थन गरे । आखिर जनताको शक्तिले बनेका न हुन् । उनैको सिंगो पार्टी ले न स्थापित गराएको हो उनलाई राजनितिमा । त्यो अनुसार उनी सफलपनि भए । तर यतिखेर जनतालाई शंका छ, कतै उनी असफल हुन्छन् की भन्ने । उनी असफल भए भने अब सबै दल डुब्छन् त भनिसके माओवादी अध्यक्ष प्रचण्डले । उनी कसैका एक्ला प्रधानमन्त्री रहेनन् । सिंगो मुलुकका । उनीमाथि अधिकार लाग्छ भने सिंगै पार्टीको ।
पार्टीका सारा कार्यकर्ता समान हुनुपर्छ । ठूली आमा, काका, काकी, भतिजा, भतिजी, बाउ आमा, श्रीमती, छोरी, भान्जा भान्जी कसैको निकटताको संबन्ध स्विकार्य हुन्न प्रधानमन्त्री आफ्नो नातो पर्ने बन्यो भन्दैमा । निर्देशन र सुझाव उनको सिंगो पार्टीले दिने हो । तर डा सापकी मोडलप्रेमी पत्नी हिसिला भाजूको सक्रियता र प्रभावले यतिखेर माओवादी नेता कार्यकर्तानै जिब्रो टोक्न थालेका छन् ।
माओवादी कार्यकर्ताहरुनै भन्छन्, यतिखेर हिशिला भाउजूको चमचम र फूर्तीफार्ती हेर्न लायकको छ । डा सापका स्वकिय सचिव छन्, विश्वदिप पाण्डे । उनको नीजि काम गर्ने सायद उनैले होला । राजनितिक सहयोगी छन्, देवेन्द्र पौडेल । राजनितिक सुझाव दिनुपर्ने उनैले हो । तर त्यसलाई उछिनेर कूटनितिक भेटघाटदेखि अन्य गतिबिधीमापनि उनै हिसिला भाउजू चम्कने रहिछिन् ।
जुन जुन क्षेत्र र विषयकालागि सल्लाहकारको जरुरत पर्छ त्यसमा कि त पार्टीले नियुक्त गरिदिन्छ प्रधानमन्त्रीकालागि । कि त उनले सुझाव दिन्छन् वा इच्क्षा ब्यक्त गर्छन् । माओवादीले संविधान सभापछि सार्वजनिक गरेको प्रतिबद्दतामापनि आफ्ना मान्छे नराख्ने, सक्षम मान्छे नियुक्त गर्ने बताएको हो । पार्टीले त्यसमा सुझाव दिने बताएका हुन् । त्यसैले यदि बैदेशिक नीति र काममा कुनै सुझाव दिनुपर्ने भएमा बिज्ञ नियुक्त गर्नुपर्ने हो । कि त भएका स्वकिय सचिव, राजनितिक सल्लाहकारनै सक्रिय हुनुपर्ने हो । तर तिनलाई उछिनेर हिसिला भाउजू सक्रिय बन्ने गरेकोमा माओवादी कार्यकर्ताहरुनै रुष्ट बनेका छन् ।
अहिले प्रधानमन्त्रीलाई बिभिन्न देशका कूटनितिज्ञहरुले भेटिरहेका छन् । हरेक भेटमा उनैकी पत्नी हिशिला यमीको सक्रियता देखिन्छ । आफ्नो बुढोलाई आन्तरिक रुपमा सुझाव र सल्लाह दिनु त स्वभाविकै हो । पार्टीगत रुपमा दिएपनि अन्यथा होइन नै । तर बिदेश मामिला सल्लाहकार झैं उनै भाउजू ट्याक्क पुग्छिन् । अनि प्रधानमन्त्रीसित भेटेर कूटनितिज्ञहरु निस्किनासाथ बाहिर बसेर के के कुराकानी भयो भन्दै सोध्ने रहिछिन् । अधिकार सम्पन्न ब्यक्तिझैं सक्रियता उनैले देखाउने गर्छिन् ।
उनको हैसियत के हो ? प्रधानमन्त्रीकि पत्नी । त्यो त पारिवारिक सम्बन्ध न हो । नत्र पार्टीका सबै कार्यकर्ता समान । तर कति क्षमतावान छिन् त उनी प्रधानमन्त्रीलाई त्यस्तो सुझाव दिने ? उनै मन्त्री हुँदाको उनको बिगतले देखाउँछ । पर्यटन मन्त्री हुँदा दुई चारवटा रिबन काटिन् । बम्जी जम्पिङ गरेर साहसिक पर्यटनलाई माथि उचालिन् । मोडलका कला सेन्टर र महिलाका हजाम केन्द्र उद्घाटन गर्न गइन् । उल्लेखनिय, देखिने, महसूस गरिने एउटै गतिलो काम गरेर देखाउन सकिनन् । बरु माओवादीमा सबैभन्दा ठूलो नातावाद क्रिपावादका रुपमा नाम कमाइन् । युद्दकालमा बिदेश पलायन भएका ब्यक्तिलाई स्वकिय सचिव बनाइन् । नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिती सदस्यमा नियुक्त गरिन् । पछिल्लो पटक मन्त्री हुँदा फेरी राम कार्कीका काकाको छोरो खोजिन् स्वकिय सचिवमा । आफ्नी एउटी दिदी कयोदेवी यमीलाई राष्ट्रिय योजना आयोगको सदस्य बनाइन् । अर्की दिदी तिमीला यमीलाई काठमाडौं खानेपानी योजना आयोगको अध्यक्षनै बनाइदिइन् । उनकी अर्की दिदी चिरकिशोभालाई त्यही खानेपानी समितिको सदस्य बनाइन् । माओवादीले तिब्र बिरोध गरेपछि जे भन्दिएपनि भयो । उनले प्राविधिक रुपमा तगडा, क्षमतावानलाई बनाएको भनेर पन्छिइन् । नेपालमा उनका दिदी बहिनी, साथीका भाइभतिजा भन्दा अरु कोहि क्षमतावान ब्यतिनै जन्मेका रहेनछन् कि भाउजू यमीका आँखामा ।
अघिल्लो पटक माओवादी सरकारमा जाँदा सबैभन्दा आलोचित उनै थिईन् । अब आफ्ना पती डा सापको शक्ति र पहुँच प्रयोग गरेर भाउजूले फेरी कति नातापाता घुसाउने हुन् । उनको सक्रियता र नातापाता भर्तिगर्ने चिन्तनलाई पार गर्न सकेनन् भने डा सापलाई त कमजोर बनाउँछिन् नै भाउजूले । माओवादी र स्वच्छ छवीमा दरिएका डा सापको ईज्जतलाईपनि कता लगेर खसाल्ने हुन् ।




