भट्टराई बिरुद्द बखेडा झिक्न थालिसके कांग्रेस र एमालेले
एमाले सरकारबाट झरेको सातापनि भएको छैन । छटपटी शुरु भैसक्यो । सरकारमा हुँदा लूट्न बाहेक नजान्ने नेपाली कांग्रेस उसैगरि अत्तालिएझैं गरेको छ । भट्टराईले मुस्ताङ गाडी चढे । अरुलाई त्यस्तैमा चढ्ने बनाउन नसकेपनि कम्तिमा राम्रो कामको शुरुवात न हो । उनी एक जनाले सस्तो गाडी चढ्दापनि त देशको ८० लाख जोगियो । अरुमाथि नैतिक दबाब परिरहेको छ । सरकारी अनावश्यक खर्च कटौती गर्ने कोसिस गर्दै छन् भट्टराइले । योपनि सकारात्मक संकेत हो । तर कांग्रेस र एमाले यत्तिमै आत्तिएका छन् । छटपटी शुरु भएको छ कसरि असफल पार्ने भट्टराइ नेत्रित्वको सरकारलाई भनेर बखेडा झिक्न शुरु गरिसकेका छन् ।
प्रधानमन्त्रीमा उनी नियुक्त हुनासाथ शान्ति प्रक्रिया टुंगिने संकेत देखिँदै छ । लडाकूको कन्टेनरको चाबी बुझाए । अरु काम अगाडि बढाउँदै छ उनको सरकारले । तर एमालेका लूटेरा मन्त्री भिम रावललाई माओवादीपनि आफू जस्तै देश लूट्ने बन्दिएन भन्ने चिन्ता शुरु भैसक्यो । राष्ट्रिय सम्पत्तीको धुवाँ बालेर हिँडेनन् र लोकप्रिय हुने भए, देश उँभो लाग्छ कि भन्ने त्रास शुरु भैसक्यो । यीनको मक्किएको दिमाखमा प्रधानमन्त्रीको कुर्सीमा बल्ल चढेका ब्यक्तिलाई केहि गतिलो काम गरे पनि थोरै समय त चाहिन्छ, एकाध महिना त हेरौं भन्ने सम्म घुसेको छैन । त्यसैले केहि गर्न लागेका बेला भट्टराईको शुरुमै मनोबल गिराउने कुहिएको खेल खेल्न थालेका छन् ।
भट्टराईको सस्तो गाडी चढ्ने द्रिढतालाई सस्तो लोकप्रियता भनिसकेका छन् कांग्रेस र एमालेले । एमालेका पूर्व लूटेरा मन्त्री भिम रावलले मओवादी र मधेशी मिश्रित सरकारको जमेर बिरोध गरिसके । म यो ब्यक्तिलाई लूटेरा भन्छु । उसले चाइना साउथ वेस्ट कम्पनीको बिमान प्रक्रिया देखि हिमालमा सलामी चढाउने अनुमती दिँदासम्म देश लूट्यो । ग्रिहमन्त्री हुँदा पदको दूरुपयोग गर्यो । आफ्ना मान्छे मनपरी भर्ति गर्यो । चाकरीबाजहरुलाई राम्रा ठाउँमा सरुवा गर्यो । सुरक्षा अंगलाई कमजोर बनायो । सुरक्षाकर्मीको मनोबल गिरायो । भट्टराईले त्यस्तै काम गरेनन् भने जनताले अघिल्ला सरकारसित उनको सरकारको तुलना गरेर हेर्छन् । अनि आफू पत्तासाफ भइन्छ भन्ने त्रास हो यो लूटेराहरुको । पहिले कन्टेरनको साँचो विशेष समितीलाई बुझाएन माओवादीले भनेर बिरोधको राजनिति गरे । अहिले चाबी बुझाएपछि यीनै भिम रावलले त्यो चालबाजी हो भन्दै छन् ।
उता नेपाली कांग्रेसका हरुवा नेता, उपसभापती रामचन्द्र उसैगरि बम्किन थालेका छन् ‘मधेशीसित गरेको संझौता मान्य हुन्न, धोका हो’ भन्दै । बिरोधका नाममा बाबुरामलाई असफल बनाउने कुचेस्टा बाहेक केहि होइन यो । के रहेछ त्यो संझौता ? त्यसका कुन बुँदा मन परेनन् ? देश र जनताका लागि कुन कुन अहितकारी छन् संझौतामा ? अरु दललाई कसरि त्यसमा समाहित गराउन सकिन्छ ? नेपाली कांग्रेसले खोजेको कस्तो हो ? अँहँ केहि छैन । खाली आफू हारेको तुस पोख्ने, केहि गर्न खोजेका भट्टराईको खुट्टो तानेर खसाल्ने । आफ्नो पार्टीले पहिले चलाएका सरकार झैं गनौटे नहुने भो भन्ने चिन्ताले हो यो बिरोध ।
कांग्रेसलेपनि मधेशी मोर्चासित तिनका शर्त मानेरै टाउकाले टेकेर सरकारमा जान मरिहत्ते गरेकै थियो । आखिर मोर्चाले कांग्रेसलाई पत्याइदिएन र न हो खँगारिनु परेको । नत्र सरकारमा जान पाउँदा जेमा पनि ल्याप्चे हान्ने कांग्रेसको नियतीनै हो । यो अघि नेपाली कांग्रेसले मधेशी दलसित त्यस्तै शर्त गरेकै थियो र अहिलेसम्म ति माग पूरा भएका छैनन् । अनि आफूले सरकार बनाउन पाए जेमापनि ल्याप्चे धस्काइहाल्ने तर अर्को पार्टीले चाहिँ कुनै समझदारी गर्नै नहुने ? आखिर पर्टीहरु मिलेर जब सरकार बनाइन्छ भने केहि न केहि समझदारी र संझौता त हुनै पर्छ । र कांग्रेसले भनेजति शर्त मान्दै जानुपर्छ भन्ने के छ ? सबै दल कांग्रेसका पछि किन लाग्ने ?
यीनीहरुको सातो गएको अर्को कारण हो भ्रस्टाचार नियन्त्रण गर्छु भन्ने प्रधानमन्त्री भट्टराइको घोषणा । गर्न सक्लान् नसक्लान् त्यो आफ्नो ठाउँमा छ । तर भन्नासाथ कांग्रेस र एमालेका मुटुमा ढ्याङ्ग्रो ठोकिसक्यो। पटक पटक सरकारमा गएर तिनले लूट्न सम्म लूटेका छन् । अनेक अनेक शिर्षकमा, मरेका मान्छेका नाममा पनि फाइल बनाएर खाएका छन् । भ्रष्टाचारका जरा काट्ने भनेपछि ति खोतलिन्छन् कि ! लूटको पोल खुल्छ कि ? चिरन्जीबी वाग्लेझैं परिन्छ कि भन्ने त्राहिमाम शुरु भैसकेको छ । यो सरकारले भ्रस्टाचारका दुल्का टालिदियो भने भविष्यमा कुन दुल्का पसेर देशको सम्पत्ती लूट्ने ? तिनको हुटहुटी योपनि हो । त्यसैले बाबुराम भट्टराइ प्रधानमन्त्री भएको एक सातापनि नपुग्दै अनेक अनेक नाममा बखेडा झिक्न लागेका हुन् ।




