बोकाको आँखा हालेका ग्रिहमन्त्रीले कसरि लडाकूको खोट देखाउलान् ?
सूरक्षा निकायमा जागिर खान कस्तो ब्यक्ति चाहिन्छ ? शारिरिक रुपमा सक्षम, सबल । दश वर्ष युद्द लडेका माओवादीका करिब चार हजार लडाकूलाई त अनमिनले अयोग्य सावित गरिदियो । ति मध्ये केहि उमेर नपुगेका भएपनि धेरैलाई शारिरिक आधारमा अयोग्य भनियो । अब माओवादी लडाकूको समायोजन गरिंदै छ बिभिन्न सूरक्षा निकायमा । कोहि शसष्त्रमा जालान् । कोहि सेनामा । कोहि अन्य प्रहरी निकायमा । तर अब बाँकि लडाकूको कुनै अंगभंग नै भएको रहेछ भनेपनि कसरि, कुन नैतिकताले अयोग्य भन्ने ? देशको ग्रिहमन्त्रीनै आँखा फुटेको बनाएपछि कसरि माओवादी लडाकूलाई अयोग्य भन्न मिल्ला ?
सबैलाई जानकारी नहोला, ग्रिहमन्त्रीको एउटा आँखा मात्रै सद्दे छ । दाहिने आँखा सद्दे, देब्रे ? नियालेर हेर्नुस् त । सधैं चिम्से देखिन्छ । चिम्म गरे झैं । हो त्यो आँखा कलंकले गर्दा उडाइदिएको । भन्नेहरु बोकाको आँखा भन्छन् । तर प्लास्टिकको आँखा हो । प्रजातान्त्रिक योद्दाहरुमाथि अत्याचार गर्दा असह्य भएपछि फुटाइदिएका हुन् उनको देब्रे आँखो । थाह छ तपाइलाई कसरि, कसले र कहिले उडाइदिएका हुन् उनको आँखो ?
विसं २०३६ सालमा विध्यार्थीहरुको भिषण आन्दोलन भएको थियो । हो त्यो बेला विरगंजमापनि ब्यापक मारमुंग्री भयो । एकातिर प्रगतिशिल विध्यार्थी भए । अर्कातिर पञ्चायती शासनले पालेका मतियार, मण्डलेहरु थिए । त्यो बेलाको विध्यार्थी आन्दोलनलाई चर्काउनेमा भए नेविसंघ, अखिल र अन्य प्रगतिशिल संगठन । तिनको आन्दोलनलाई दबाउने, विध्यार्थी नेतामाथि आक्रमण गर्ने, सुरक्षा निकायलाई सुराकी लगाउने, पक्राउने, धम्काउनेमा थिए पञ्चायती ब्यवस्थाका मण्डले बिध्यार्थीहरु । ईश्वर पोख्रेल, लिलामणी, शेर बहादुर देउवा लगायतका अहिलेका नेता त्यो बेला बिध्यार्थी आन्दोलनमा थिए । अहिलेका यी टेडा ग्रिहमन्त्री गच्छदार चाहिँ मण्डले बिध्यार्थी । पञ्चेको मानो खाएर यी अखिल र नेविसंघलाई दबाउन, गुण्डा उतारेर मार्न, बेपत्ता पार्न, धम्काउन र २०३६ सालको आन्दोलन दबाउन सक्रिय थिए ।
उनी त्यो बेला बिरगंज क्याम्पसका बिध्यार्थी । मण्डलेका नेता । विरगंज क्याम्पसमापनि आन्दोलन चर्किने भयो । त्यो बेला पञ्चायती मण्डले बिध्यार्थी र आन्दोलनकारी विध्यार्थीबिच झडप र भिडन्त भए । गच्छदारले पञ्चायती आड र भरोसामा प्रगतिशिल विध्यार्थीहरुलाई कुटाउन, पिटाउन र गिरफ्तार गराउन लागे । सुरक्षाकर्मीको निशाना बनाए चुक्ली लगाएर । सुरक्षाकर्मीले उनैको निर्देशनमा एक जना विध्यार्थी मारिदियो । त्यसले उग्र रुक्पलियो । अनि त्यहि बेला भएको दोहोरो भिडन्तमा मौका पारेर उनको देब्री आँखो फुटाइदिएका हुन् अखिलका विध्यार्थीले । त्यसैले हो उनले सधैं चस्मा लगाउने । उनी रातीपनि चस्मा छोड्दैनन् समूहमा हुँदा । त्यो उनले देब्रे आँखो छोप्नकालागि लगाउने गरेका हुन् । कार्यक्रममा त झन उनले कहिल्यै झिक्दैनन् । घाम जस्तो रङको सिसा भएको लगाउँछन् चस्मा ।
त्यतिबेला उनले केहि विध्यार्थी नेताको हत्यापनि गराएका हुन् । त्यो मुद्दा सुरक्षा निकायमा लामो समयसम्म रहेको थियो । पछि के भयो थाह छैन । यीनी जन्मजातै पञ्चेका हिमायती हुन् । दरबारका कुरुवा । भारतको गोठालो । तर निकै वर्षसम्म उनले नेपाली कांग्रेसमा छद्मभेषमा प्राजतन्त्र जप्तै सत्ता र शक्तिको मोज गरे । पछि फेरी गणतन्त्र आएपछि उनले कांग्रेसका अन्य मधेशी नेतालाई समेत भड्काएर फोरममा हाम्फाले । पछि सत्ताको स्वाद चाख्न फोरमपनि फुटालेर हिँडे ।
उनको छबी अनैतिक काम गरेर पैसा कमाउने । सरकारमा सहभागी अरु दललाई असहयोग र बदनाम गराउने । पार्टी कार्यकर्ता पोस्ने । आसेपासेलाई मन परि बिभिन्न पदमा भर्ती गर्ने । यीनको काम यो सरकारमापनि प्रधानमन्त्री भट्टराईलाई कमजोर पार्ने नै हुनेछ । कुनै राम्रो काम गर्न खोज्यो कि भाँजो हाल्ने छन् । सुरक्षा निकायमा एउटा आँखा मात्रै देख्ने ब्यक्ति कहिल्यै मान्य हुँदैन । तर उनी मान्य भएका छन् । सायद एउटा आँखा फुटेको ब्यक्ति नेपालमा ग्रिहमन्त्री भएको यो पहिलो घटना हो । सायद दक्षिण एशियामै भएको छैन कि अन्यत्र ? भोली प्रहरी सेवामा भर्ति गर्दा, माओवादी लडाकूहरुलाई प्रहरीमा समायोजन गर्दा शारिरिक रुपमा कमजोर देखिए भने कसरि अस्विकार गर्ने ? कुन नैतिकताले गर्ने ग्रिहमन्त्रीनै एउटा आँखा मात्रै सद्दे, अर्को फूटेको भएपछि ?




