भारतीय शसस्त्र समूह नेपालमा हुल्ने मधेशी दलको योजना

आज बडो गज्जबको, बडो डरलाग्दो खबर थाह पाइयो । विशेष स्रोतबाट आज जानकारी भएको हो । अहिलेसम्मका मधेशीका तालमेल, शर्त र राजनितिक गतिबिधी हेर्दा खबर सत्य हो । माओवादीलाई केहि मधेशी दलले आँखा चिम्लेर समर्थन गर्न खोज्नुको कारण गम्भिर रहेछ । उनीहरुको गोप्य योजना अहिले कम्तिमा १० हजार भारतीय शसस्त्र समूहलाई नेपाल हुल्ने रहेछ । भन्नाले माओवादी जनसेनालाई नेपाली सेनामा समायोजन गराए झैं मधेशीलाईपनि नेपाली सेनामा बिना रोकतोक प्रवेश गराउनुपर्छ भन्दै घुसाउने ।

यो योजना निकै पहिलेदेखि गोप्य रुपमा मधेशी दलहरुले रचेका रहेछन् । उनीहरुले भारतीयको निर्देशनमा बडो चालाबजी गरेर यसलाई पूरा गराउन खोजेका छन् । स्रोतले के भन्छ भने तराइका जनतालाई बिना रोकतोक नागरिकता बाँड्दा नै उनीहरुले हजारौं भारतीयलाई घुसाउन सफल भएका छन् । यो सम्म त अड्कल गरिएकै हो । तर यी भारतीयहरु मध्ये थुप्रै चाहिँ शषस्त्र तालिम प्राप्त लडाकू छन् । तिनलाई नेपाली नागरिकता दिएर मधेशी बनाइएको छ ।

तराइमा करिब १० लाख भारतीयलाई नेपाली नागरिकता बाँडेको विश्वास गरिन्छ । पहिलेपनि अनेक नाममा भारतीयहरुले नेपाली नागरिकता लिइरहेकै थिए । तर अहिले भने तराइलाई फुटाउनको निम्ति विशेष योजनाकै साथ भारतीयलाई नेपाली सेनामा समायोजन गराउन खोजिएको हो । राजेन्द्र महतोले गठन गरेको मधेशी फोर्समापनि त्यस्तै समूहलाई समावेश गरिएको रहेछ । भारतीयहरुको योजना सकभर मधेशका सबै दलको यूवा लडाकू संगठन बनाउने भन्दै शषस्त्र समूह हुल्ने रहेछ ।

यो किन सत्य हो भने जबसम्म माओवादी जनसेनाको समायोजनको प्रसंग उठेको थिएन तबसम्म मधेशका कुनै पनि दलको यूवा दस्ता थिएन । नत उनीहरुले मधेशीलाई नेपाली सेनामा सहज तरिकाले पस्न दिनुपर्छ नै भनेका थिए । मधेशीहरुको सेनामा उति आकर्षणपनि थिएन । तर जब माओवादी जनसेना समायोजनको सहमती गरियो तब मधेशीहरुलेपनि मधेशीहरुलाई समूहगत रुपमै नेपाली सेनामा प्रवेश गराउन पाउनुपर्छ भन्दै अनेक शर्त तेर्साउन लागेका हुन् । विजयकुमार गच्छदारले त यदि माओवादी जनसेना नेपाली सेनामा समायोजन गर्ने भए १० हजार मधेशीलाईपनि तुरुन्त सामूहिक प्रवेश गराउनुपर्छ नेपाली सेनामा भन्दै शर्त राख्ने गरेका छन् । एक मधेश एक प्रदेश लगायतका माग पुरा गराउन मुस्किल पर्दै जाँदा उनीहरुले तराइलाई टुक्र्याउने षडयन्त्र स्वरुप यो माग राखेका हुन् । मधेशीका नाममा भारतीयहरुले आफ्ना शषस्त्र लडाकूलाई नेपाली सेनामा प्रवेश गराएर मधेश टुक्र्याउने हतियारका रुपमा प्रयोग गर्न खोजेका छन् नेपाली सेनामा बिग्रह ल्याएर । माओवादी जनसेना कति र कसरि समायोजन हुन्छन् त्यसैका आधारमा मधेशीहरुले भारतीयको निर्देशनमा रणनिति बनाउने योजनापनि तिनको छ ।

माओवादी जनसेनालाई नेपाली सेनामा समायोजन भनेपनि अवस्था सहजै समायोजन होला झैं देखिन्न । अहिले सरकारमा जानकै लागि मधेशी दलले यसलाई थाँती राखेपनि यसलाई पूरा गराउन उनीहरु फेरी अनेक बखेडा झिकेर पक्कै उफ्रिन थाल्छन् । जुन दललाई न्याकेर, गलाएर, थर्काएर, लोभ्याएर, छिर्की लाएर हुन्छ सरकारमा जान मत दिए बापत मधेशी सेना घुसाउन राजि बनाउन खोज्ने छन् । अहिले माओवादीलाईपनि यदि सरकारमा समर्थन दिए भनेपनि यस्तै केहि न केहि शर्त पक्कै राख्छन् । कि त ग्रिह, परराष्ट्र, सञ्चार लगायतका महत्वपूर्ण मन्त्रालय आफूले लिएर खोस्टाखास्टी माओवादीले पाउने शर्तमा मात्रै साथ दिनेछन् । यो षडयन्त्र के माओवादीले बुझ्ला ?

उनीहरुले मौका कुर्ने हुन् । धमिलो पानीमा मौका छोपेर जाल हान्न पर्खिबसेका छन् मधेशी दलहरु । त्यति सहज त नहोला नै । अर्कोतिर नेपाली सेनालेपनि यी चालबाजी बुझेकै हुनुपर्छ । तरपनि सत्ताको चास्नी र बिदेशी पैसोले गाँज्यो भने सबै दलको भर हुन्न । आखिर टनकपूर बेचेरै खाए । कोशी उहिल्यै बेचिएको हो । सिक्किम बेच्नेपनि त नेपालीनै हुन् । अहिले तराई फुटाउन धमर्धुस गर्नेपनि नेपाली नामकै भारतीय भाट न हुन् ।

तपाइँको प्रतिक्रिया