यस कारण संभावना भट्टराइकै बढि
अघिल्लो पटक प्रधानमन्त्रीको चुनावमा १७ पटक हरेका परे कांग्रेस संसदिय दलका प्रमुख रामचन्द्र पौडेल । यता माओवादीका डा बाबुराम भट्टराई धेरै पटक इछ्याइएका । यी दुई प्रधानमन्त्रीको कुर्सी दौडमा नारिएका छन् । जनताले भट्टराइलाई चाहेका छन् प्रधानमन्त्री भएको हेर्न । वैचारिक स्पष्ठता, यस अघिको उदाहरणिय कार्यकाल र ठूलो दलका नेताका हैसियतले पनि भट्टराईको लोकप्रियता र भरोसा गर्ने बढि छन् । तेस्रो शक्तिका रुपमा मानिने मधेशी दल मात्रै होइन एमालेकै पनि एकथरी नेताहरुले भट्टराइलाई चाहेका छन् ।
यद्दपी एमालेले भने माओवादीले अघि सारेको ‘डेढ महिनाभित्र लडाकूहरुको समायोजन तथा पुनःस्थापना सक्ने कार्यतालिकासहित शान्ति प्रक्रियासम्वन्धी अवधारणा’ लाई विश्वास गर्न नसकिने भन्दै अहिले माओवादी नेत्रित्व स्विकार गर्न नसकिने बताइसकेको छ। अहिले सम्मको अवस्था हेर्दा भट्टराइ प्रधानमन्त्री बन्ने संभावना बढि छ । तर भट्टराइको संभावना बढि हुनुमा जनताको चाहना मुख्य होइन । मूल त पार्टीगत स्वार्थनै मुख्य हो ।
एक त संविधान सभाको मुख्य दल माओवादीभित्र अहिले उनी विवादरहित उमेदवार छन् । अर्को कुरा तराइ र मधेशी मोर्चाका मागसित मात्रै होइन ससाना दलहरुले उठाएका जातिय, भाषिक, महिला र वालवालिका, अल्पसंख्यक समूदाय, किसान, मजदूर र अन्य मागमा माओवादीहरु बढि स्पष्ठ छन् । साना दलहरुले बाबुराम भट्टराइलाई समर्थन गर्नुको कारण यो पनि हो ।
तर मधेशी दलहरुको स्वार्थभने अलग हुन सक्छ । किनभने यीनले पहिलेपनि एमाले र नेपाली कांग्रेससित मिलेर सरकारमा गैसकेका छन् । जनताका अगाडी गरेका जातिय माग पूरा गर्न सकेनन् । फेरी तिनैसित मिलेर सरकारमा जाँदा थप अलोकप्रिय भइन्छ भन्ने भय उनीहरुमा छ । नेपाली कांग्रेस जातिय र मधेशका मागमा माओवादी भन्दा बढि अनुदार भन्दै तिनले बिगतमा आरोप लगाइसकेकालेपनि फेरी तिनैसित सरकारमा जाँदा जनताका अगाडि नांगिने संभावना बढि रहन्छ ।
यीनको सबैभन्दा ठूलो दाउ त के हो भने अहिले कांग्रेस र एमाले एकातिर मिलेका बेला मधेश र साना दलको समर्थन नभए माओवादीले सरकार बनाउन सक्दैन । एक्लिएको माओवादीलाई यतिबेला सरकारमा भागबण्डा र आफ्ना मागमा झुकाउन, गलाउन सजिलो हुन्छ ।
गणतन्त्र आउनु पहिले अधिकांश मधेशी दल नेपाली कांग्रेसमा थिए । एक मधेश एक प्रदेशको नारा बाहेक यीनको नीतिमा नेपाली कांग्रेससित खासै भिन्नता छैन । टुक्रा टुक्रामा बिभाजित यीनीहरुमा नेपाली कांग्रेससितै मिलेर सरकार बनाउँदा आफ्ना कार्यकर्ता चोरिन सक्छन् भन्ने मनशाय देखिन्छ । त्यसैलेपनि माओवादीसित सरकार बनाउनु बढि सुरक्षित देखेका छन् । माओवादी यसैपनि ठूलो दल भएकाले संसदको ठूलो दललाई समर्थन गर्नु जनभावनाको निकट हुन्छ । अझैपनि राष्ट्रिय नीति, अग्रगमनका एजेन्डा माओवादीकै बलिया छन् । जनताको समर्थन माओवादीसितै बढि छ । क्रान्तिकारी स्खलन त्रिब्र भएपनि जनजिविकाका मागमा माओवादीहरु अगाडि नै छन् । तुलनानै गर्दा भ्रस्टाचारका खाडलमा नेपाली कांग्रेस र एमालेका नेता जति धेरै यी भासिइसकेका छैनन् । त्यसैले माओवादीसित सरकार बनाउँदा लोकप्रिय हुन सकिन्छ भन्ने मनोभावना देखिन्छ । अर्को तथ्य, जनताले सबैभन्दा बढि चाहेका नेतालाई माओवादीले सर्वसम्मतरुपमा अगाडि सारेकाले पनि त्यस्ता नेताको समर्थन गरेर सरकारमा जाँदा जनताको मनोभावनाको कदर गरेको देखिने भयो ।
हुनत माओवादीलाई फसाउन सकिन्छ भन्ने मनशायलेपनि यीनले समर्थन गरेका हुन सक्छन् । माओवादीमा सबैभन्दा लोकप्रिय र जनताले चाहेका भट्टराई । यीनको प्रधानमन्त्रित्वमा गतिलो काम भए आफूपनि लोकप्रिय हुन पाइने भयो । आगामी निर्वाचनमा एमाले र नेपाली कांग्रेसलाई अझ बढार्न सकिने भयो । अलोकप्रिय भएमा माओवादी नेत्रित्वमा गएका हौं, मुख्य दोषी माओवादी हो । उसले काम गर्न दिएन । हाम्रा माग पूरा गरेन भनेर जनताका अगाडि भट्टराइ नंग्याउन पाइने भयो । भट्टराइलाई नंग्याउन पाए अब माओवादीमा कोहि छैन गतिलो नेता, सबै उस्तै हुन् भनेर माओवादीको साख गिराउन पाइने भयो । यसले गर्दापनि अहिले मधेशी र साना दलले भट्टराइलाई समर्थन गर्ने संभावना बढि छ ।
त्यसो त, भट्टराइको संभावना बढि हुनुमा नेपाली कंग्रेसस्वयंपनि हो । देउवालाई संसदिय दलको नेता बनाउने सहमती गरेर रामचन्द्र पौडेललाई उप सभापतीमा समर्थन गरेका देउवा पक्ष नेता यति खेर पौडेलसित बिच्किएका छन् । त्यसैले देउवा पक्षले पौडेल प्रधानमन्त्री भएको हेर्न नचाहने मात्रै होइन सकेसम्म मन्द हतकण्डा प्रयोग गरेरसमेत पौडेललाई रोक्ने पक्षमा रहेको बताइन्छ । देउवा पक्षको यो खेललेपनि भट्टराइलाईनै प्रधानमन्त्री बन्न थप सहयोग पुग्छ ।
त्यसैगरि, उता एमालेका यूवा नेताहरुमा नेपाली कांग्रेससित निकट भएर जाँदा कम्युनिस्टलाई पछारेर कांग्रेससित मिलेको भन्ने आरोप जनताका अगाडि लाग्नसक्छ भन्ने डर छ । अर्को कारण केपनि हो भने माओवादीले चाहिँ कम्युनिस्ट कम्युनिस्ट मिल्नुपर्छ भनेर एमालेलाई सरकारको नेत्रित्व गर्न दियो । तर माओवादीलाई समर्थन गर्ने बेलामा भने एमालेले धोका दियो भन्ने सन्देश जान्छ जनताका अगाडि । यूवा नेताहरुमा बिगतमा सफल देखिएका, स्पष्ठ द्रिष्टिकोण भएका, स्वच्छ छवी र भारतसितको संवन्ध सुधार्न सक्ने क्षमता मानिएका भट्टराइलाई समर्थन गरेर जाँदा बढि सफल भइने, शान्ति प्रक्रिया र संविधान निर्माणमा सहज हुने आशापनि उत्तिकै छ ।
त्यसैले यसरि हेर्दा अहिले डा भट्टराइको संभावना बढि छ । तर नेपालका दल र नेताहरु छिमेकि परस्त छन् । पद, पैसा र कुर्सीकालागि अन्तिम अवस्थासम्मपनि गरेका वाचा तोड्छन् । सरकारमा भागबण्डाका मामिलामा ति जतापनि ढल्किन सक्छन् । छिमेकिको दबाब र प्रभावमा ति अन्तिम अवस्थासम्म जोसितपनि मिल्न सक्छन् । जस्तो समिकरणपनि बन्न सक्छ ।




