भट्टराईलाई उचाल्दै थचार्दै
धेरै पटक प्रस्ताव गरिए बाबुराम भट्टराई । धेरै पटक प्रधानमन्त्री बने । धेरैका मनमा प्रधानमन्त्री बने । नेपाली जनताले त उनलाई चाहेकै थिए । तर जति बेला उनी त्यो कुर्सीमा पुग्न सक्थे त्यो बेला उनैको पार्टीले पुग्न दिएन । अहिले उनको पार्टीले सर्वसम्मत उमेदवार बनाएको छ । तर अरु दलले उनलाई प्रधानमन्त्री हुन रोक्ने अन्तिम बाण हानिरहेका छन् । त्यसैले यो पटकपनि उनी सिंहदरबारको कुर्सीमा भने पुग्ने छैनन् । बाबुराम भट्टराइलाई उचाल्ने र पछार्ने, लोभ्याउने र इस्…… गरेर हिस्स पार्ने गरिरहेका छन् ।
लोकप्रियताको हिसाबले नेपालमा अहिले सबैभन्दा बढि इछ्याइएका ब्यक्ति डा बाबुराम भट्टराइ नै हुन् । जनताले हेर्न चाहेको प्रधानमन्त्रीको नेत्रित्व उनैको हो । संसदमा सबैभन्दा ठूलो दलपनि उनैको । अहिले आफ्नो पार्टीमा पनि उनी सर्वसम्मत बन्न सकेका छन् । तर बिडम्बना, हाम्रो देशमा जनताले चाहेको ब्यक्ति सत्तामा पुग्दैन । जनताले जसलाई रुचाउँछन् ति बाहिर थन्क्याइन्छन् । जो जनताको मतले जितिन्छ उ जनताको सेवा गर्ने ठाउँमा पुग्दैन । जसलाई जनताले रुचाएनन्, जो जनमतको परिक्षणमा पटक पटक हारेको हुन्छ सरकार सञ्चालनको महत्वपूर्ण ठाउँमा उहि पुग्छ । बिदेशी स्वार्थ, छिमेकिको चाहना, राष्ट्रघातीहरुको चंगुल र चिन्तनहिनहरुको बहुमतले गर्दा जन चाहना अनुसारका ब्यक्ति लत्याइन्छन् । अहिले भएकोपनि त्यहि हो ।
मन्त्री बन्न हतार भएका उनैका पिछलग्गुहरुले उचाले । उनी मन्त्री बन्लान् र एउटा पद लिएर झण्डा हलाउँला भन्ने पदका लम्पटहरुले उचाले । भट्टराइलाई प्रयोग गरेर ठेक्कापट्टा च्याप्प पारौंला, कार्यकर्ता दुइ चार ठाउँ भर्ति गरौंला, आफन्तहरुलाई पोसौंला भन्ने लोभी र चाकरीबाजहरु हतारिए, ‘अबको प्रधानमन्त्री भट्टराइनै, उनको बिकल्पनै छैन’ भन्दै । भट्टराइको कोटको फेरो समातेर सत्तामा पुग्न भट्टराइलाई भन्दा तिनै लम्पटहरुलाई हतारो भयो र उचाले । अन्तिममा ल्याएर थचारे ।
भट्टराईलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर यस अघि कुर्लिनेमा नेपाली कांग्रेसपनि थियो । मधेशवादी दलहरुले ‘यदि बाबुराम भट्टराइको नेत्रित्वमा सरकार बनाउने भए हामी स्विकार गर्छौं’ भनेकै हुन् । एमालेका नेता त्यसैगरि कुर्लेका थिए ‘भट्टराइको नेत्रित्वमा सरकार बनाउने भए स्विकारिन्छ, प्रचण्डनै प्रधानमन्त्री बन्ने भए त संभावना छैन’ भन्दै । यी सबै भनाइ र प्रस्ताब तिनले स्वच्छ हिसाबले राखेका थिएनन् । तिनका भनाई कपटी, छलकपटपूर्ण र षडयन्त्रकारी थिए । त्यसैले जतिबेला भट्टराई प्रधानमन्त्री हुने अवस्था थिएन त्यो बेला उचाले, लोभ्याए र काइते पाराको उदारता देखाए । तिनले साँच्चिकै भट्टराइलाई प्रधानमन्त्री भएको हेर्न चाहेकाइ थिएनन् । तर जब साँच्चै उनको प्रधानमन्त्री बन्न सक्ने अवस्था देखियो तब तिनले आफ्नो कपट सिद्द गरे । त्यसैले अहिले उनलाई प्रधानमन्त्री हुन नदिने अन्तिम कसरत गरेका हुन् ।
नत्र सफल, तगडा, बुझक्कि र हिम्मतिलो, जनताले चाहेको ब्यक्ति कतिबेला चाहिन्छ ? जतिबेला देश अप्ठेरोमा हुन्छ । जुन बेला देश चुनौतिपूर्ण अवस्थामा पुग्छ । जतिबेला देशलाई अति सुझबुझपूर्ण नेताको खाँचो पर्छ । अहिलेको अवस्था भनेको त्यहि हो । देश अति चुनौतिपूर्ण अवस्थामा छ । देशले छलफल, बहस र चिन्तनमनन् गरेर नेत्रित्व दिन सक्ने नेताको खाँचो छ । यतिखेर सफल ब्यक्तिको नेत्रित्व चाहिएको छ । त्यस्ता ब्यक्ति भनेको अहिले देखिएका प्रधानमन्त्रीको उमेदवार मध्ये भट्टराइनै हुन् । तर बिगतमा उनलाई प्रधानमन्त्री बन्न उक्स्याएका तिनै दलले अहिले शान्ति प्रक्रिया पूरा ठोस र व्यवहारिक आधार तय नभई माओवादी नेतृत्वको सरकार कुनै हालतमा स्वीकार्य नहुने भन्न थालेका छन् । यो मुख्य त नेपाली कांगेसको शर्त हो र यसमा नेकपा एमालेको एउटा पक्षपनि शसक्त रुपमा अगाडि बढेको छ ।
त्यसको अर्थ के हो भने माओवादी लडाकूहरुलाई बाहिर निकालेर शिविर खाली गराउनुपर्छ । तिनका हतियार राज्यलाई बुझाउनुपर्छ । मओवादीले भने सेना समायोजनको ठोस काम नसकि शिविर खाली गराउनु भनेको आत्म समर्थन गराउनु हो भन्दै अस्विकार गर्दै आएको छ । यसबाट के बुझिन्छ भने यस्तो शर्तमा कुनैपनि हालतमा माओवादी राजि हुँदैन । शान्ति संझौताको एक मुख्य पक्ष, संसदको मुख्य दल नै सहमत नभै, उसलाई अल्ग्याएर अरु जो सुकै प्रधानमन्त्री भएपनि उ सफल हुँदैन ।
बाबुराम भट्टराइलाई उचाल्नु, पछार्नु र झन चुनौतिपूर्ण अवस्थामा उनको नेत्रित्व अस्विकार गरेर, माओवादीलाई बाहिर राखेर सरकार बनाउनु झन् संविधान नबनाउने मेसो हो । शान्ति संझौतालाई टुंगोमा पुर्याउने र संविधान बनाउने कामलाई गौण बनाएर फेरी कुर्सीकालागि मारामार गर्नु ।
भट्टराइसितै संवन्धित तलका लेखपनि हेर्नुस्-




