पाए जति सित्तैमा लिँदै जाने बाहुनको सन्तान
● सरोजदिलु विश्वकर्मा
करिव ४ वर्ष अगाडि मोरंग सोमवारे जानेक्रममा आँधीहुरी पछि बेजोड पानी पर्यो । बाटोहरु बाढीले जलमग्न भईसकेको थियो । वीच बाटोमा फसेँपछि म विचल्ली परेर एउटा घरको भुईंतल्लामा रहेको गोठमा ओत लिनपुगेँ । झुम्म परेको तराईको बस्तीमा ओहोरदोहोर गर्नेले मलाई धेरै चोटी देखे, धेरैपल्ट हेरे । तर मलाई कसैले पनि ‘निथ्रुक्क भिज्नुभएछ, ओत लाग्न आउनु’ भनेनन् नत कसैले ‘कहाँ जाने हो’ भनेर नै सोधे । करीव एकघन्टाको अविरल वर्षापछि छाता ओडेर एक महिला आईन्, त्यही बाटो । उनले मेरो अवस्थालाई हेर्दै गईन् । फेरी घरभित्र पसेर झ्यालबाट पटकपटक हेरिरहिन् । उनलाई म निथुक्क भिजेर गोठ्मा शरण लिईरहेको सह्य भएन । त्यसैले छाता ओढेर आईन् र सोधिन्– ‘भाई कहाँ हिड्नु भएको, धेरै भिज्नु भएछ, यतै घरमा आएर बस्नुभए हुन्थ्यो नि ।’ उनले आग्रह गरिन् ।
‘म सोमबारे पुग्ने हो । पानी रहेपछि जान्छु ।’ ‘ओ हो भाई ! रात परिसक्यो त । मधेशको ठाउं, नयाँ अनुहारका पहाडीलाई एक्लैदोक्लै देख्नै हुदैंन, देशीहरुले । सोमवारे पुग्न अझै ३ घन्टा लाग्छ होला ।’ ‘त्यसोभए यता होटल लज पाइन्छ होला ?’ मैले फेरि सोधे । ‘भाई यो त गाउं हो, पत्थरी पुगेमा त होला, तर त्यहाँ पुग्न पनि एकडेड् घन्टा त लागीहाल्छ । गरिवको घर हो, संकोच मान्नु हुन्न भने मिठोमसिनो यतै खाउँ, यतै बसौं ।’ उनको आग्रह पछि म उनको पछिपछि लागे ।
भाडामा लिएको सानो झुपडी, जहाँ उनका परिवार बस्दारहेछन् । श्रीमान चै दिनभरी रिक्सा चलाउछन् भने दिदी चैं गाउँका साग ठेकेर बेच्दिरैछन् । मलाई उनीहरुको गरिवी देखेर सित्तैमा खान मन लागेन । अनि आग्रह गरेँ– ‘दिदी मलाई पनि खाना पकाउनुस् । म लाग्ने पैसा दिन्छु ।’ त्यसोभन्दा दिदीले संकोच मान्दै भनिन्– ‘भाई ! राती बास बस्ने पाउनाले जीवनभरी पुग्ने आशिर्वाद दिएर जान्छन् ।’ अनि जेजस्तो थियो पकाइखुवाई् गरिन् र जस्तो ओढ्नाओछ्याउना थियो त्यसैमा बास दिईन् । पछि सोध्दैबुझ्दै जाँदा त्यो सार्की परिवार रहेछ । अनि मैले सम्झें– ‘यो गाउंमा क्षेत्री–वाहुन र अन्य गैरदलितका हुनेखाने परिवार पनि त थिए, तर दलितबाट नै मैले किन यस्तो आतिथ्यता पाएँ त? किन गैरदलितले म माथिको पीडालाई हेरीमात्र रहे, मानवताका मोटमोटा कविता र किताव रच्ने ती जातिलाई किन सानो मानव–संस्कार ब्यवहारमा देखाउनमै हिच्कीचाहट् ?
१० वर्ष अगाडि हुँदो हो– माओवादी जनयुद्ध काल थियो । सो ताका होटलमा विशेष खोजीनिधि गरेरमात्र बास बस्न दिइन्थ्यो । कति होटलले त युवालाई बास दिन मान्दैन थिए । प्रहरीको निगरानी पनि कडा थियो । म सिन्धुलीको वजारमाथि लालमाटा पुग्नेक्रममा थिएँ । होटल नपाईरहेकोमा स्थितीमा मैले एकजनालाई ‘होटल कता छ?’ भनि सोधेँ । तिनले केरकार गर्दै भने– ‘कहाँ जाने हो ? कहाँबाट आउनु भएको ?’ मैले ‘कटारी, विश्वकर्मा मेरो थर’ भन्नासाथ उनले मलाई आफ्नो घर लिएर जेजस्तो थियो, मिठै आतिथ्यता गरे । क्षेत्री–वाहुनको होटलमा पैसा तिर्छुभन्दा पनि बास नपाउँदा दलित भएकैले उनले मलाई आफ्नै घरमा सत्कार गरे । नभन्दै ती लालवहादुर परियार थिए, जो त्यस भेटको एक वर्षपछि माओवादी भएको आरोपमा प्रहरीबाट निर्दयीपुर्वक मारिए ।
अर्को प्रसंगः म सानो छँदा मेरो घरमा पनि वजार भर्न आउने जो–कोही चिनेजानेकोलाई घर फर्किन नभ्याउँदा बाबाले घरमै ल्याएर खुवाउनु–सुताउनु हुन्थ्यो । त्यसवेला बुवा भन्नुहुन्थ्यो– पाहुना भनेका देउता हुन्, तिनले एक छाक खाएर जान्छन् तर १० छाकको आशिर्वाद दिएर जान्छन् । त्यसैले हाम्रा द्धारदलानमा रातै २।३ जना आएपनि पाहुनालाई खुवाउन सक्ने क्षमतामा कमी हुँदैनथ्यो । अन्य दलितका घरमा पनि आजसम्मै सोही संस्कार देख्छु– दिनमा १।२ जोली पाहुना आएकै हुन्छन्, तिनलाई मिठोमसिनो गरी आदर सम्मानसहित खुवाए पियाएकै हुन्छन् । चाहे ती आफ्ना हुन् या अर्काका या क्षेत्री–वाहुन, नेवार वा अन्य जातिहरु नै किन नहुन् । तर, २०५२ सालमा एकजना वाहुन केटोलाई भाई बनाई काठमाडौं पढाउन ल्याइयो । ८ महिना मेरै मानाचामल र ओछ्याउना–बिछ्याउनामा मैले निसंकोच लडीवुढी खेलाएँ । उनी मेरै सहयोगले चलचित्रका निकै ओजिलो तहमा जानपहिचान पनि भए । आज उनी १।२ वटा ट्रकमा मालिक भएका छन् तर ‘एकघन्टा मेरो घरमा आईज, संगै चिया खाऔं’ भन्दैनन् ।
त्यस्तै प्रसंगः मेरी दिदीले गाउँकी क्षेत्रीनी केटीलाई काठमाडौं ल्याईन् । दिदीकैमा चार महिनासम्म खादै, लाउँदै र काम सिक्दै उसले विहा गरी । आज उसले कलंकीका घर बनाएकी छे, फेन्सी दोकान पनि रहेछ । तर एउटा टिसर्ट २।४ दिन उधारो माग्दै ‘साहुको माल’ भनेर पन्सिन्छे ।
अहिले म राजनीतिको काममा जिल्लाजिल्ला पुग्दा क्षेत्रीवाहुन नेतासंग हिडेको वेलामा होटलमा खुवाउने–पिउयाउने भिन्नै कुरा हो । एक्लो हुँदा भने गैरदलित साथीहरुले आफ्नो घरमा लगेर एकछाक खुवाउन र मलाई नांगो गुन्द्रीमै भएपनि बास बस्न दिएको रेकर्ड छैन । तर जहाँ दलित भेटिन्छन्, तिनले आफ्नो घरमा लगेर सकेसम्म कुख्रा काटेरै मेजमान गर्छन । एकछाक होईन, २।३ दिन नै बसौँ भन्छन् । सायद हिजो भूमिगत कालमा हाम्रा कामरेडहरु दलितका घरमा यसैकारणले महिनौ लुकेर बसी खान्थे । अनि अर्को दलितको घरमा खान पाउँदा, पहिलो दलितको मेजमानलाई त्यसैगरी बिर्सन्थे । तर आज, हामी दलितहरु कतिपय अवस्थामा क्षेत्रीवाहुन वा नेवार जनजाति बस्तीमा दलितले काम गर्न सकिन्न राजनीतिमा । तर तिनीहरु दलितको बस्तीमा सजिलै महिनौ बसी राजनीति गर्नसक्छन् । तसर्थमा दलित राजनीतिज्ञलाई खानकै अप्ठेरो र राती बास बस्नैका लागि साह्रोगाह्रो, साथीभाई सँगसँगै हिड्डुल गर्न पनि हिच्किचाहट । बोल्ने र सुन्ने संस्कारमा पनि फरकपना, स्वागत–सत्कारमै विभेद जहीँतहीँ ।
आज पनि दलितले सके मिष्ठान्न ज्युनारले नसके मद्यपानले, त्यो पनि नसके मिठो बोली र कलाले घरमा आउने पाहुनालाई खुशी पार्नसक्छन् । उसलाई कसैले हप्काईदप्काई गरिहाल्यो भने पहिलोपल्ट नै प्रतिकृया जनाउँदैन, वरु आफ्नो भुल कतै भयो कि भनेर आफ्नै समिक्षा गर्दछ । आफूसँग नभए ऋृणपान गरेरै भएपनि पाहुनापासा, साथीभाई, नातागोताको सम्वन्धलाई सुमधुर बनाइराखेको हुन्छ । तर वाहुनको सन्तान, जति सित्तैमा पाउँदै जान्छ, अझ अगाडि त्यति नै शोषण गरेर लिन खोजीरहेको हुन्छ । क्षेत्री सकभर लुटेर, कुटेर भएपनि अरुको सम्पति मेरै त हो भन्ने देख्दछ, नेवार दिनेवेलामा नौ ठाउँमा हात खुम्च्याउछ, लिनेवेला दिशामा परेको सुको जिव्रोले टिप्दछ । उनीहरुको घरमा तिर्खाएर पुग्दा आम्खोरा पनि आधामात्र पारेर पानी दिन्छन्, गाउंतिर बास बस्न पुगियो भने, कटेरो वा गोठ देखाइदिन्छन् । आतिथ्यताको संस्कारभन्दा सिलवरे वटुको हराउने पीर हुन्छ, उनीहरुलाई । एकछाक टार्नै पाईयो भने पनि आधापेट खाना वा छोक्राविनाको तरकारी अनि दही लुकाई ठेकी पखालेर दिने गर्दछन् ।
त्यसैले यो सावित हुन्छ– दलित समुदायका प्राय सवै जातिहरु श्रृजनाका श्रोत र संस्कृतिका सम्वाहक मात्र होईनन्, कि मानव सभ्यताका पालक र राष्ट्रकै सालीन जाति पनि हुन् । जसले समाजलाई विभिन्न सांस्कृतिक कृयाकलापले बाँधीरहेका हुन्छन् । कलाले मानव समाजका आवश्यकतालाई पुर्ति गरिरहेका हुन्छन् । यिनले प्रजातन्त्रका लागि योद्धा भनिनेहरुले जसोजसो भने, त्यसैत्यसै लडे, वलिदानी दिए, आफ्ना सम्पतीहरु कुर्वानी दिए । आजपनि अरुकै लागि लड्दैछन् अर्थात दलितहरुले मुद्दा उठाउँदा त्यसको फायदा अरुले लिइरहेका छन् । यो समुदायले आफूमाथिको उत्पीडनविरुद्ध वाहेक कतै आतंक मच्याएन नत समाजलाई भाड्ने अपराध नै गर्यो । वरु, साहु, महाजन, विष्ट, ख्वामितको सेवा पुर्याउन नसक्दा आर्थिक हैसियतले पनि लुटिन पुग्यो । यसले रात–विरात आफ्ना अाँगनमा आउने जोसुकै पाहुनालाई यसैगरी सत्कार गरिरह्यो । त्यसवापतको पारितोषिक केही लिएन, वरु आफ्नो मुक्तिको कुरा सुन्नासाथ जुक्ति लगाउने चुच्चे–हुक्केकै लागि भएपनि रगत पसिना सवै लुटाईदियो । उसले आजपनि साथीभाईलाई आफ्नै आत्माभित्र राखेर ब्यवहार गर्दछ, जोकोही होस् सत्कार गर्न पाउँनु अतिथि देवो भवः ठान्दछ । दलितको विशिष्ठ संस्कार र पहिचान यही नै हो ।




