चुनावको मुखैमा मारपिट गरेर बेल्जियम कांग्रेशको गाइजात्रा
● देशभक्त खनाल / बेल्जियम
स्थान: कमल पन्थि निवाश / ब्रुज
समय: रातको ९ देखि बिहानको ३ बजे सम्म गत सोमबार तदअनुसार ८ अगस्ट २०११
मुख्य कलाकारहरु: गंगाधर गौतम, कमल सिटौला र राधाकृण्ण अधिकारी
सहायक कलाकारहरु: प्रेम गुरुगं, सुवास जोसि, ओम शर्मा, चिनियालाल दुलाल, शालिकराम गौतम, इन्द्र क्षेत्री, कृण्ण श्रेण्ठ, अर्जुन थापाका साथमा कांग्रेशका कार्यकर्ताहरु जम्मा जम्मि १५ जना
सामाग्रिहरु: कुखुराको सपेटा, खसिको मासु, हवाइट र रेड हवाइन, वियर, स्यामपियन लगायत अन्य पेय पदार्थ
नेपाली पात्रो अनुसार गाइजात्रा आउन लगभग १५ दिन जति बाँकी छ । जनै पुर्णिमा र त्यसको भोलिपल्ट गाइजात्रा । अहिले जमाना सबै आधुनिक शैलिको रहेको छ । तिज गित त नयाँ नयाँ शैलिमा आउन थालेका छन । त्यस्तै गरेर गाइजात्रा पनि अत्याधुनिक शैलिमा मनाउन थालिएको छ । नेपालमा हुने विभिन्न दलहरुले गर्ने गरेका नेपाली जनताहरुले हेर्दाहेर्दा वाक्क बनिसकेका छन । तर प्रवाशमापनि यो सालदेखि नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमले पहिलो चरणको गाइजात्रा ब्रुज शहरमा सम्पन्न गरेको छ ।
पहिलो चरणको गाइजात्रा कार्यक्रम सफलतापुर्वक सम्मपन्न गरेको आयोजकहरुको ठहर रहेको छ । गाइजात्रामा सबैभन्दा सशत्त प्रस्तुति जन सम्पर्क समिति बेल्जियमका अध्यक्ष् गंगाधर गौतमले गरेका थिए । त्यसपछि लगत्तै कमल सिटौला र राधाकृण्ण अधिकारीले गरेका थिए । तिनै जना कलाकारहरुको गाइजात्रा कार्यक्रममा शरिरमा रहेका टिसर्ट, बनियन लगायतका पोशाक धुजा भएका थिए ।
कार्यक्रम सुरुमा युरोपियन देशका विभिन्न ब्राण्डका पेय पदार्थ र विभिन्न प्रकारका मासुका परिकारबाट शुरु भएको थियो । सबै पदार्थले शरिरमा तगडा करेन्ट उत्पन्न गराइदिएपछि अध्यक्ष् सुरुमा कमल सिटौला र लगत्तै अधिकारिमाथि झम्टिए । त्यस पछि सुरु भयो गाइजात्राको मुख्य भाग । जब बाघले सबैलाइ झम्टन लाग्यो तब उसका शत्रुहरुपनि उसलाई झम्टन सुरु गरिहाले । अनि मच्चियो शिवजिको ताण्डव नृत्य ।
रातको १ बजे भएको यो कार्यक्रमले अध्यक्ष् लगायतको चरित्रलाई प्रस्टाएको छ । उता गाइजात्रामा अलि सशत्त भुमिका खेल्न नहुने भन्दै गौतमलाइ रोक्न गएका अर्जुन थापालाई गौतमले एकै झवाकमा ढोकाबाट सिधै रोड बाटोमा हुत्याइदिए । तत्कालै सहायक कलाकारको रुपमा रहेका ओम शर्माले ढोका बन्द गरि गौतमलाई रोक्न पयास गरे । तर के सक्नु खारिएको बाघलाइ रोक्न । गौतमले बरु उल्टै शर्माको माथिल्लो भागको कपडा पुरै च्यातिदिय । उता कार्यक्रम आयोजक कमल पन्थिलाई निल्नु न ओकल्नु बनायो ।
विगतमा कांग्रेस फुटाउन सहयोग गरेका सिटौला र असनतुस्ट पक्षका अधिकारि प्रति गौतम निकै रुस्ट थिए । गत एनआरएन होस या भागवत महापुरण गर्ने क्रममा होस यीनै अधिकारिको विरोधमा लागेको आरोप खेप्दै आएका छन । एनआरएनमा अधिकारीलाई हराउनु र विगतको एनआरएनमा प्रेम गुरुङलाइ हराउनमा गौतमको ठुलो हात रहेको थियो ।
कसरि भयो गाइजात्रा
बेल्जीयम कांग्रेसको आगामी २३ अक्टोबरमा अधिवेशन तथा नयाँ कार्य समितिको लागि निवार्चन हुँदैछ । त्यसको लागि अध्यक्ष् पदमा उम्मेदवार प्रेम गुरुङ र वर्तमान अध्यक्ष् गंगाधर गौतम रहेका छन । प्रेम गुरुङलाई इन्द्र क्षेत्रीको समूहले समर्थन गरेको छ भने गौतमको पक्षलाइ सुवास जोसिको समुहले । यसैक्रममा गौतम ६ तारिख आइतबारनै ब्रुज आएका थिए । आफ्नो जितलाई सुनिस्चितता दिन मैदानमा उत्रिएका थिए ।
अर्कोतर्फ प्रेम गुरुङको समुह ७ तारिख सोमबार कांग्रेसको सदस्यता वितरणको बहानामा गुरुङलाई जिताउन भोट माग्ने सुरमा हिँडेको थियो । यसैक्रममा गौतमले गुरुङ टोलिलाई बस्नको लागि कमल पन्थि निवासमा निमन्त्रणा गरे र सबैजना पन्थि निवासमा भेला भए । त्यस पश्चात सुरु भयो गाइजात्रा ।
मुख्य दाषि को ?
शत्रु शत्रुलाई एकै ठाउँमा जम्मा गर्ने ब्यत्तिनै यो गाइजात्राको मुख्य दोषी देखिन आउँछ । अर्कोतर्फ कुनैपनि कुराको ख्याल नगरि लडने नेताहरु सबै यसका दोषी हुन । एक परिवार सहित बसेको ब्यत्तिको घरमा यसरि जाँड धोकेर लडने स्वतन्त्रता कसलाई छ ? कमसेकम आफ्नो इज्जतको त ख्याल भएन भएन अरुको त ख्याल गर्नुपर्छ । अध्यक्ष् भएकाको हैसियत त माटोमा मिल्यो मिल्यो अरुपनि उसैको पछि लाग्ने ? यो कहाँ सम्मको नैतिकता हो ।
कारवाहि कसलाई ?
गाइजात्रा सशत्त भएपनि यसका पात्रहरु सबैलाई नेपाली कांग्रेसले आगामि २ वर्षका लागि निस्कासित गर्नुपर्दछ । पार्टिको बदनाम गर्नेहरु, विदेशमा राजनिति गनैहरु र राजनितिको नाममा भाँडभैलो गर्नेहरु सबैलाई सिस्नो पानीले कटटुमा मुतिन्जेल सजाय दिनुपर्दछ । अनिबल्ल यिनिहरुको होष ठेगानमा आउँछ । तिमिहरुलाई यसरि छोराछोरि सहित बसेका पन्थिको घरमा होस या अरु कोसैको घरमा गएर गाइजात्रा गर्नको लागि कोसैले छुट दिएको छैन । तिमिहरु कांग्रेसको लागि मात्र होइन नेपाल देशकै लागि एउटा भार हौ । तिमिहरु डाडुमा पानी तताएर त्यसमै डुबेर मर्दा बेस हुन्छ ।
लेखक बेल्जियममा राजनिति शास्त्रमा स्नाकोत्तर गदैछन ।




