फेरी यहि राष्ट्रघातीलाई प्रधानमन्त्री ?
माओवादीलाई आफ्नो नेत्रित्वमा सरकार नबने अहिलेको सरकार बदल्नु थिएन । एमालेको संस्थापन पक्षलाई जसरिपनि पाएसम्म सरकारमा बस्नु थियो । नेपाली कांग्रेसलाई कुनै हालतमा सरकारको कुर्सी चाहिएको थियो । संविधान बनाउने चिन्ता कसैलाई थिएन । चाहिएको थियो, कुर्सी । त्यसैले सरकारको झिनाझप्टी सबैको मूल आकांक्षा हो । सरकार बनाउने भन्नासाथ सबै भन्दा ठूलो भाग प्रधानमन्त्री पद कसले अठ्याउने भन्ने हारालुछ भैहाल्छ । अब सरकार बदलिने झण्डै निश्चित जस्तै छ ।
यो निश्चितता सँगै प्रधानमन्त्रीकालागि माओवादीले एकमतले उपाध्यक्ष डा बाबुराम भट्टराइलाई अगाडि सारेको छ । उता नेपाली कांग्रेसले शेरबहादुर देउवालाई । शेरबहादुर देउवा जस्तो भ्रष्ट, नालायक, ढुलमुले, इतिहासमा गन्हाएको र सत्ताकालागि उस्तै परे देश नै बन्धक राख्न पछि नपर्ने ब्यक्तिलाई किन अगाडि सार्दै छ कांग्रेसले ?
माओवादीका तर्फबाट उम्मेदवर डा भट्टराइ सायद अहिले नेपाली जनताले सबैभन्दा बढि रुचाइएका ब्यक्ति हुन् प्रधानमन्त्रीका लागि । उनले छोटै समयमापनि अर्थमन्त्री हुँदा देशमा आर्थिक परिवर्तन गर्न संभव छ भन्ने देखाउन सफल भएका हुन् । उनीसित आर्थिक विकासको खाका छ । परिवर्तन गर्न सक्ने अठोट छ । राष्ट्र बनाउने चिन्तन छ । आर्थिक सामाजिक मामलामा स्वच्छ छन् । उनलाई प्रधानमन्त्रीमा अघि सार्नु जायज छ । तर कांग्रेसले किन शेरबहादुर देउवालाई अगाडि सार्दै छ ? देशलाई फेरी पजेरोमुखि संस्क्रितिमा धकेल्न ? अझै आर्थिक सामाजिक आधारहरु भत्काउन ? प्राजातान्त्रिक ब्यवस्थाका आधारहरु अझै कमजोर बनाउन ? भर्खरै जन्मिएको गणतन्त्रको घाँटी निमोठ्न ?
बहुदलिय ब्यवस्थालाई सबैभन्दा कमजोर बनाउने नेपाली कांग्रेस थियो । बहुदलिय व्यस्थाको परिधी भित्र ब्यक्तिगत रुपमा सबैभन्दा नालायक ब्यक्ति यीनै देउवा थिए । यीनले प्राजातान्त्रिक अधारका बलिया खम्बा मानिने आफ्नै पार्टी फुटाए । पार्टी फुटाएर संसदमा पजेरो संस्क्रिति हुले । सांसदहरुलाई सुरा र सुन्दरीमा लठ्ठ बनाए । देशलाई कंगाल पारे । भ्रष्टहरुलाई फूलका माला पहिराएर नेपाली जनतालाई महँगी, लूट, भ्रस्टाचारा, अनियमितता, अशान्ति, नातातन्त्रको उपहार दिए । देश कंगाल पारे, नेता र आफन्तलाई रातारात करोडपती बनाए । देशको राष्ट्रियता कमजोर पारे ।
अनेक अनेक काला कानुन बनाएर हजारौंलाई गुपचुप पारे। हजारौंलाई यातना दिए । प्रेसका आँखा छोपे । पत्रकारका कलम भाँचे । पत्रपत्रीकाका मुखमा ताला ठोके । पत्रकारहरुलाई मारे । आतंककारी भन्दै १० वर्षे वालकको हत्या गरेर रगत पिए । महिलाहरुका अस्मिता लुटे । ढुकुर मारेझैं मारेर जनताका शरिर खोलाका किनार, बारीका कान्ला र खेतका ढिस्कामा फेला पार्ने बनाए ।
देउवा भन्ने त्यहि नालायक पात्र हो जसले अमेरिकी, भारतीय र बेलायती सेनाका कर्मचारीलाई निर्वाध रुपमा हाम्रा सुरक्षा केन्द्रहरुमा पसेर निगरानी गर्न पाउने राष्ट्रघाती सुविधा र पहुँच दियो । यो त्यहि नालायक पात्र हो जसले राजा ज्ञानेन्द्रलाई प्रजातन्त्र विरुद्द उचालिने आधार दियो । प्रजातन्त्रको हत्या गर्ने प्रमाणपत्र दियो । यो त्यहि नालायक पात्र हो जसले नेपाललाई आजको ब्यथितीको एक प्रमुख भूमिका खेल्यो । अनि यहि पात्रलाई आज फेरी नेपाली कांग्रेसले प्रधानमन्त्रीमा अगाडि सार्नुको अर्थ के हो ? नेपाली कांग्रेस सिंगो पार्टीलाई के सरकार भए पुग्छ ? नेपाली कांग्रेसको ध्येय भनेकै सरकारमा जसरिपनि पुग्ने र अघिल्ला दश वर्ष भन्दा बढि देश लूटे झैं लुट्नु मात्रै छ ? के नेपाली कांग्रेसमा यो देउवा भन्दा अर्को पात्र नै छैन जो यो देशको प्रधानमन्त्री हुन लायक छ ? कि नेपाली कांग्रेसको साखलाई अझै विष्णुमतीमा लगेर बगाउनु छ यस्ता नालायकलाई प्रधानमन्त्री बनाएर ? किनभने यो पात्रले फेरीपनि गणतन्त्रलाई कमजोर बनाउने छ । नेपाली कांग्रेसलाई लुलो पार्ने काम गर्ने छ । देशको अर्थतन्त्रलाई उकास्ने काम गर्ने छैन । संविधानको पिर होइन सत्ता जोगाउनका लागि जे पनि गर्न उ तयार हुने छ ।
एकातिर माओवादीले डा बाबुराम भट्टराइ जस्ता लोकप्रिय, सक्षम र द्रिढ संकल्पित ब्यक्ति उभ्याउने । अर्कोतिर नेपाली कांग्रेसले देउवा जस्तो सधैं असफल, नायालय, भ्रस्ट, कुपात्रलाई उभ्याउने । कम्तिमा आफ्नो प्रतिद्वन्धीको उम्मेदवार हेरेर पनि सके उसलाई टक्करदिन सक्ने उम्मेदवार अगाडि सार्नु पर्ने होइन ? त्यति नभएपनि कम्तिमा एउटा स्वच्छ ब्यक्तिलाई अगाडि सार्न सके पार्टीको त इज्जत बच्दो हो । ईतिहासमा पटक पटक सत्तामा पुगेर गन्हाउन र देशलाई लुट्न, चिथोर्न, कोपर्न र कंगाल पार्न बाहेक नजानेको ब्यक्तिलाई राष्ट्रको नेत्रित्व सम्हाल्ने उम्मेदवार नेपाली कांग्रेसले किन बनाउन खोजेको हो ?




