भारतीय दलालहरुको संसदमा नांगो नाच
जसरिपनि अशान्ति मच्चाउनु, देश भाँड्नु, शान्ति संझौता भड्काउनु, लुट्नु, आफ्ना स्वार्थ मात्रै हेर्नु, भारतको दलाली गर्नु, देश बेच्नुनै उद्देश्य भएपछि जे गरेपनि हुन्छ । जुनसुकै परिस्थितिमा कोलाहल मच्चाए भयो । संयुक्त मधेशी मोर्चा नामका दलालहरुले हिजो त्यसै गरे संसद भवनभित्र । प्रतिपक्षी दलहरुको काम सत्ता पक्षको बिरोध गर्नु हो । रचनात्मक बिरोध । यस अर्थमा सरकारले बजेट ल्याउन खोज्दा संयुक्त मधेशी मोर्चाले गरेको बिरोध जायज हुनसक्थ्यो । मैले त्यसको बिरोध गर्न खोजेको होइन । तर तिनले राखेका माग र बिरोधको शैली भने पुरै भारती दलाली गर्ने थियो ।
दशौं पार्टी मिल्दापनि कांग्रेस वा एमाले जत्रो छैन संयुक्त मधेशी मोर्चा नामको गठबन्दन । अनि तिनका माग चाहिँ सबै संवोधन हुनुपर्ने रे । माग फेरी यस्ता छन् जुन अहिलेको अवस्थामा कुनैपनि कसैकोपनि सरकार बनोस् पूरा हुन संभव छैन ।
पूर्वपश्चिम रेलमार्ग बनाइदिनु पर्ने रे । चुरे संरक्षण कार्यक्रम । यो त सबै दलको चिन्ता हो । राष्ट्रपतीपनि चिन्तित नै छन् । मधेस आन्दोलनका सहिदहरुको नाममा विद्यालय खेल्नु पर्ने र प्रत्येक विद्यालयलाई ५० लाख रुपैयाँ दिनुपर्ने माग गरेको छ । के यो संभव छ ? मधेश आन्दोलनका सहिदका नाममा बिध्यालय खोले देशका सबै भागमा खोल्नु परेन ? के मधेशी जनताले मात्रै ज्यान दिएका हुन् र अहिलेको परिवर्तनकालागि ? जाति पिच्छे, क्षेत्र पिच्छे, शहरै पिच्छे, दलका मागै पिच्छे सरकारले यस्तो पुरा गर्न सक्छ ? अनि पैसो बाँड्नु रे मधेशका स्कूल पिच्छे ५० लाख । नेपाल भन्ने देशमा अरु नागरिकको हक लाग्दैन ? मधेशी बस्ने ठाउँमा मात्रै पैसो बाँड्नु सालको पात टिपेर बाँडे झै ?
त्यति मात्रै हुन् र माग ? कति हुन् कति । कृषकले वित्तीय संस्थाबाट लिएको एक लाख रुपैयाँसम्मको ऋण तथा ब्याज मिनाहा गर्नु पर्ने र त्यसमाथिको ऋण तथा ब्याजमा सहुलियतपूर्ण व्यवस्था अपनाइनुपर्ने । यसलाई त नाजायज भन्न मिलेन नै । किसान र गरिब मुखि भो । तर सीमा क्षेत्रमा सय रुपैयाँसम्मका सामान ल्याउँदा कर तिर्नु पर्ने व्यवस्था खारेज गर्नु पर्ने ? हो यसले देखाउँछ यी भारतीय दलाल हुन् भनेर । अरु देशले आफ्नो मुद्रा बिदेश जान्छ भनेर बिदेशबाट भित्रिने चिजमा कडाइ गर्छन् । अनि आफ्नै देशमा उत्पादन गर्नकालागि उध्योग, कलकारखाना बनाउन जोड दिन्छन् । सहुलियत माग्छन् । यीनको माग स्थानिय स्तरमा केहि उत्पादन गर्ने, देशमा कलकारखाना बनाउने भन्ने नै छैन । उल्टो सिधै भारतबाट सामान ल्याउनु पर्यो रे बिना भन्सार । देशको सम्पती टाट पारेर भारतीयको गोडा मोल्ने माग हैन त यो ? कति प्यारो यीनलाई भारत । देशको चिन्ता छैन कति चिन्ता भारतीय सामानको ?
यीनले कहिल्यै नेपालमा साना उध्योग, कलकारखाना खडा गर्न सहयोग दिनु पर्यो, ऋण सुलभ हुनु पर्यो, तालिम दिनु पर्यो, कच्चा सामान उत्पादन गर्नुपर्यो भनेका छन् ? आत्म निर्भर बनाउनु पर्यो देशलाई, मधेशमा रोजगारीको समस्या हल कसरि गर्न सकिन्छ भनेर कहिल्यै माग उठाएको छ ?
यीनले पुरै देशको चिन्ता गर्ने भए मनाङ मुस्ताङ, बाजुरा, बझाङ, कालिकोट जस्ता ठाउँमा सडक लैजाउ, अस्पत्ताल बनाउ, खानेपानी देउ भन्न सक्थेनन् ? बिकट हिमाली भागका चिसो ठण्डीमा कुर्सी टेबल बिना चिसो ठाउँमा बसेर पढ्छन् लाखौं वालवालिका । यीनको मन पग्लिएको छ कहिल्यै ? यीनको अर्को माग राजबिराज, बिरगञ्ज र नेपालगञ्जमा विश्व बिध्यालय खोल्न अहिलेनै बजेट बिनियोजन गर्नुपर्ने रे । विश्व बिध्यालय भन्ने चिज पैसोले मात्रै चल्छ ? कतै बालबालिकालाइ बस्ने कुर्सी छैन कतै भने तिन ठाउँमा विश्व विध्यालय । देश त मधेशीको बिर्ता हो कि के हो ?
अहिले सम्म दुनियाँ पार्टी चहार्दै कति पटक गए यी मधेशी मोर्चाका नेता सरकारमा ? तिनले राखेका माग मध्ये आफू सरकारमा हुँदा पहल गरे त पूरा गर्न ? तिनलाई देश लूट्नमै फूर्सद रहेन । जनता चुस्दै ठिक्क भयो । अनि सरकार बाहिर हुनासाथ चर्का चर्का मागका ठेली तेसार्ने ? यो खाली भाँड भैलो गर्न, भारतको टाङमुनी छिर्न बाहेक केकालागि हो ?
नियत गतिलो भए पो पूरा गर्न सक्ने खालका माग राक्नु । स्वच्छ हिसावले देशको चिन्ता गरेर, जनताको माया गरेर, राष्ट्र र जनता प्रति चिन्तित भएर उचित बिरोध गरेको भए पो उचित माग राख्थे । पूरा हुनेखालका माग राख्यो भने त सरकारले सहमती जनाइहाल्छ । अनि तिनको उद्देश्य पूरा हुन्न । भाँडभैलो मच्चाउन पाइँदैन । त्यसैले यस्ता माग राखे कि जुन कुनै हालतमा पूरा गर्नै नसकोस सरकारले ।




