गूटबन्दि गर्ने अध्यक्षलाई दुइतिरबाट पेलान
पार्टीमा अध्यक्ष भनेको मूली हो । संरक्षक हो । भान्छे र अभिभावक भन्नुपनि उहि हो । परिवारको किचलो मिलाउने काम उसैको हो । परिवारका कोहि सदस्य फुटे, बटारिए मिलाउने काम र सिप उसैमा हुनुपर्छ । तर जब मूलीनै सबै लत्याएर आफ्नै दूनो सोझ्याउँछ, पारिवारिक मान सान र मर्यादा भुल्छ तब के हुन्छ ? सबै सदस्य मिलेर घोक्रेठ्याक लाउँछन् । चुनौती दिन्छन् । उसको मान र सम्मान गर्दैनन् । अहिले संसदको प्रमुख दल एकिक्रित माओवादीका अध्यक्ष प्रचण्डको हालत यस्तै देखिँदै छ ।
खासगरि पालुङटार बैठकपछि प्रचण्ड आफैं आफ्ना निकट, आफ्ना समर्थक, जे गर्दापनि हँ हँ भनेर जिउ हजुरी गर्नेहरुलाई लिएर गोप्य भेला, बैठक र जमघट गर्न थालेपछि उनीमाथि विश्वासको वातावरण घट्दै गएको देखिएको छ । अहिले त्यो चरमोत्कर्षमा पुगेको छ । पार्टीमा एकले अर्कोलाई लगाउने आरोप, सर्कुलर, गोप्य भेला, कार्यकर्ताबिच पोल हालहालको अवस्था अहिले झांगिँदै गएर संसदमा पुगेको छ । जनसेना समायोजनमा नेपाली सेनाले राकेको प्रस्ताव पार्टीले गरेको निर्णय नभै प्रचण्डको एक्लो भएको र त्यसमा पार्टीले मान्नै पर्छ भन्ने नभएको भनेर प्रचण्डलाई संसदमै चुनौती दिए बैध्य पक्षका भनिएका देव गुरुङले ।
प्रचण्ड सितका असहमती, टकराव र गूटबन्धि आआफ्ना प्रकाशन मार्फत छरपस्ट भएका छन् । सकेसम्म एकले अर्कोलाई खुइल्याउने मेसो र प्रतिस्पर्धानै चलेको छ । पालुङटार बैठकमा जनबिद्रोहको लाइनमा सहमती गरेका प्रचण्डले संविधान सभाको म्याद थप्ने बेला त्यसलाई त्यागेर शान्ति संविधानको बाटो रोजे । प्रचण्डलाई साथ दिएको बैध्य पक्षले त्यसैबेला देखि प्रचण्डमा विश्वास गर्न छोडेको छ । जनसेनालाई अझ हतियारबाट अलग्याएर नेपाली कांग्रेस, एमाले लगायतका दलको शर्तमा समायोजन गर्नपनि प्रचण्ड कस्सिएको देखेपछि बैध्य पक्षले प्रचण्डलाइ क्रान्ति बिरोधी, जनयुद्दका उपलब्धि वैरीका सामू त्याग्न लागेको आरोप लगाउँदै प्रचण्ड बिरुद्द सकेसम्म आक्रमण तिब्र पारेका छन् ।
प्रचण्डमाथि पार्टीले निर्णय नगरेकै विषयमापनि आफूखुशि निर्णय गर्ने र पार्टीनिति बिरुद्द गएको आरोप लाग्न थालेको छ । बैध्य पक्षका पार्टी सचिव सिपी गजुरेलले त यस्तै मनोमानी गरे अध्यक्षलाई संददिय दलको नेताबाट हटाउने चेतावनी सम्म दिए । जसरी हुन्छ बैध्य पक्ष प्रचण्डलाई कमजोर बनाउन चाहन्छ ।
तर बैध्य पक्षको एक्लो प्रयासबाट त संभव छैन । त्यसैले प्रचण्डबाट सताइने गरेका डा बाबुराम भट्टराइ र बैध्य पक्षले अहिले गठबन्दन गरेका छन् । हुनपनि प्रचण्डको मनपरी र दादागिरी कतिसम्म चल्यो भने उनीहरुले एमाले र अन्य पार्टीमा चुनाव हार्नेहरु मन्त्री हुँदा हरुवाहरुको सरकार भनेर आलोचना गरे । माओवादी पार्टीले हार्नेहरुलाई सरकारमा नलैजाने नीति बनायो । तर प्रचण्डले त्यसलाई धोती लगाएर सरकारमा लगे । उनीहरुले संविधान सभाको चुनावमा हारेकालाई सरकारमा पठाएर जनादेशको गम्भीर उल्लघंन गरेको आरोप लगाएका छन् ।
प्रचण्ड बिरुद्द देखिने गरि गठबन्दन बनाउन बलियो आधार यहि बन्यो बैध्य र भट्टराई पक्षलाई । उनीहरु मिलेर भटाभट त्यसबिरुद्द हस्ताक्षर संकलन गरे । हस्ताक्षर बहुमत पुग्यो । त्यो प्रचण्डलाई दिएर बढि भए बहुमतका आधारमा हटाउन सकिने चेतावनी दिए । पार्टीका नीतिहरु पारित गर्दा प्रचण्ड पक्षले पहिले पहिले त्यसैगरि बहुमतक आधारमा पास गर्ने धाक लाउँथे । अहिले प्रचण्डले झैं बैध्य पक्षका सीपी गजुरेलले हाकै भने- अध्यक्षले मनपरी ढंगले निर्णय गर्दै गए बहुमतका आधारमा हटाइन्छ ।
शुक्रबारको केन्द्रीय समिति बैठकमा उपाध्यक्षद्वय मोहन वैद्य किरण र डाक्टर बाबुराम भट्टराई पक्षधर सभासदले सरकारमा सहभागी मन्त्रीहरु समानुपातिक स्वरुपको बनाउन माग गर्दै १ सय ५९ सभासदको हस्ताक्षर बुझाए प्रचण्डलाई । यो भनेको बहुमतको संख्या हो । प्रचण्ड यसबाट त तिल्मिलाउनेनै भए । प्रचण्डले बहुमतका आधारमा निर्णय गर्दै आए झैं यदि सहमतीका आधारमा निर्णय नगरे, पार्टीका नीतिहरु आफूहरु ब्याख्या गरे हटाउन सकिने चेतावनी हो यो । प्रचण्डलाई अल्पमतमा परेको र मनपरी निर्णय गर्न नपाउने संकेत दिएका हुन् ।




