महरालाई गृहमन्त्री बनाउनासाथ एमाले नेता असुरक्षित

सरोजदिलु विश्वकर्मा

लोकतान्त्रिक गणतन्त्रमा जनता सार्वभौम हुन्छन् । र, प्रहरी, सेना र कर्मचारी जनताका सेवक, नेताहरु निर्देशक हुन्छन् । त्यस वापत जनताले कर तिरीरहेका हुन्छन् । तर सरकारका सुरक्षाकर्मीले दानवीय शैलीमा उत्रिएर शंकरदेवभित्र विना अनुमति छिरि जुन काण्ड मच्याए, त्यसले सिंगो सुरक्षा निकायको बेईज्जत गरेको छ । क. झलनाथ खनालको सरकारमाथि प्रश्नचिन्ह तेर्स्याएको छ । यो संयुक्त सरकारमा कृष्णवहादुरलाई गृहमन्त्री बनाउनासाथ एमालेको सवै युवा तथा विद्यार्थी नेताहरु असुरक्षित बन्न थालेको कुरा प्रमाणित भएको छ । परिणामतः प्रहरीले शंकरदेव कलेजभित्र जुन बर्बरतापुर्ण ताण्डव देखाए यो कुनै पनि हालतमा कुनै नेपाली जनताका लागि सह्य हुने विषय होईन । जवकि अध्ययन गरिरहेका विद्यार्थी, कर्णधार नागरिक जन्माउने अध्यापन गराईरहेका लेक्चरर, माथि दानवीय शैलीमा प्रहरी गुण्डाहरुले वाईसाईकल किक् हान्दै वाहिर निकाले ।

आफ्नो कार्यलयमा काम गरीरहेका महिला कर्मचरीहरुलाई पुरुष वर्दीवालाहरुले जगल्ट्याउँदै र लात्तले भर्कुर्दै टाउकोमा लाठी बर्षाएको दृश्य कुनै पनि महिलामाथि हुने हिंसाको पराकाष्ठा नै हो । छोरी–चेलीजस्ता निर्दोष छात्रालाई चुल्ठो समाउँदै बाहिर पछारिएको छ । प्रहरीहरुले तिनको हातखुट्टा भाचिने गरि गरेको दमन कुनै पनि राणा शासक वा शाही गृहमन्त्री कमल थापाले पनि गरेनन् । तर कृष्णवहादुर महराले माओवादीले भविश्यमा कस्तो प्रशासन चलाउनेछ भन्ने काष्टिङ् देखाएका छन् ।

शंकरदेव घट्ना हाम्रा अध्यक्ष महेश बस्नेतले परशुरामलाई बुझाउँदिन भन्नु र परशुराम बस्नेतले खिलानाथ ढकाललाई कुटपिट गरेको भन्नुभन्दा पनि हजार गुणा अपराधिक छ । जवकि खिलानाथमाथि त ३, ४ पल्ट चेतावनी दिएपछि मात्र कुटपिट् भयो । तर शंकरदेवभित्र अनुमति लिएरमात्र पस्नुपर्ने कानुनी प्रावधान हुँदाहुँदै प्रहरीले शिक्षालयमा जवर्जस्त गुण्डा शैलीमा प्रवेश गरेर अन्दाधुन्द लाठी बर्सायो । नेपाल सरकारका सुरक्षाकर्मी भनिने प्रहरीले त बर्दी लगाएरै एउटा मात्र खिलानाथ होईन, सयौ खिलानाथहरुलाई मरणासन्न हुनेगरी कुटेका छन् । तिनका हातपाऊ भाँचिदिएका छन् । तिनका वारेमा नारायण वाग्ले र शिव गाउंलेहरु किन चुप ? तिनको कलम किन केवल एउटा खिलानाथका लागि मात्र चल्छन् ? एउटा पत्रकारको चोट नै शंकरदेवका सयौं नागरिकको दुखाईभन्दा ठूलो हो त ? अनि दाताको पैसामा डमरु बजाएर विदेशी विष्टहरुलाई खुशी पार्ने मानवअधिकारवादी निलाकोटेहरु सयौंजना निर्दोष वालवालिका, महिला र लेक्चरर, प्रोफेसरहरुमाथि दमन भइरहँदा किन तै चुप मै चुप ? के शंकरदेवको गुण्डागर्दी तिनका लागि के मोमोका लागि काटिने भैंसीअधिकार भयो ?

गणतन्त्रका वास्तविक पक्षधरहरुले बुझे हुन्छ : राज्यले कुनै एक नागरिकलाई न्याय दिन सक्दैन ।  प्रहरी प्रशासन संयन्त्र निकम्मा छन् भने जनताको प्रतिनिधि संस्था भएको हैसियतले पार्टी र संगठनले पीडित जनताको हितमा कारवाही उठाउने, यस्ता कामका लागि प्रहरी प्रशासनलाई खवरदारी गर्ने र सुतेको राज्यलाई बिउँझाउने दायित्व राजनीतिक संगठनको हो । तिनै काला कानुन र निकम्मा वुर्जुवाहरुको अन्त्यका लागि नै हो, युवा संगठनहरुको औचित्य । नत्र भने संगठनहरुले हातमा मेहन्दी लगाएर घाममा सेकाउदैं बसे हुन्छ । राजनीतिक संगठन भनेको तलव भत्ता खाएर नुनको सोझो गर्नेहरुको भीड पनि होईन नत राज्यको मानो खाने बर्दिवाला जस्तो लुतो कन्याएर बस्छन् । संगठन र दलहरुले जनताको प्रतिनिधित्व गर्छन् । यथास्थितीबादी कानुनविरुद्ध बोल्छन् । नयाँ कानुनको माग गर्दछन् । त्यसका लागि महेश बस्नेत वा अन्य कोही नेताले बोल्नु वा संगठनलाई परिचालन गर्नु अस्वभाविक होईन । त्यसो बोल्यो भन्दैमा अपहरणको शैलीमा एउटा राष्ट्रिय नेतालाई प्रहरीले पक्राऊ गर्नु यो गृहप्रशासनको दुस्साहस वाहेक केही होईन । र, लोकतान्त्रिक गणतन्त्रमा समेत यस्तो खालको दुस्साहस प्रहरी वा अन्य कर्मचारीले गरीरहनु भनेको पञ्चायत वा ज्ञानेन्द्रको हुकुम धङधङी यथावत् रहेको मान्नु पर्दछ ।

अन्तर्राष्ट्रिय कानुन हो– आफैंमाथि गोली हान्ने अपराधीलाई पनि नियन्त्रणमा आईसकेपछि गालीसम्म पनि गर्न पाईदैंन । तर नेपालमा भने गणतन्त्र आईसक्दासमेत दलको राजभन्दा प्रहरीको पञ्चायती राज अझै सकिएको छैन । प्रहरीहरु जनतालाई अझपनि आफनो रिस पोख्ने र दादागिरीको रियलसर्ल गर्ने साधन ठान्छन् । त्यसै हो भने र ती प्रहरीहरु आफ्नो दायित्वलाई बिर्सेर साच्चै कुख्रे दादागिरी नै देखाउन चाहन्छन् भने बर्दी खोलेर आउन् हामी युवासंघका प्रत्येक तहका सदस्यहरु भिड्न तयार छौं । वरु हामी एकजना वरावर तिनीहरु दुई जना आउन् । होईन, जनताको जिऊधनको सुरक्षाको लागि खटिएका हुन् भने जनता तिनका भुकण्डा होईनन् मालिक हुन् र मालिक कै ब्यवहार गरुन्, सत्य र न्यायका लागि प्रहरीलाई युवासंघको सधै साथ रहने छ । होईन, सुरक्षाकवच लगाएर निहत्था, निशस्त्र जनतामाथि भकुण्डो खेल्ने परम्परावादी संस्कार बदल्दैनन् भने त्यस्ता प्रहरीविरुद्ध भविश्यमा जो कोही नागरिकले मुक्काको वदला पत्थर, लाठीको वदला भाला र खुकुरी र अश्रुग्यासको वदला हतियारसमेत उठाउन बाध्य हुनेछन् । तसर्थ कि त यसको जिम्मेवारी प्रधानमन्त्री स्वयंले जिम्मा लिइ गृहमन्त्रीको राजीनामा माग्नुपर्दछ । होईन भने वर्दी लगाएर जनताकै कर खाँदै जनतामाथि बाइसाईकल किक्को रियलसल् गर्ने ती प्रहरी गुण्डाहरुलाई तत्काल कारवाही गरी सेवाबाट बर्खास्त गर्नसक्नु पर्दछ । प्रधानमन्त्रीले शंकरदेवको पीँडिमा बसेर रगताम्मे रोईरहेका वालवालिकाको आँशु पुछ्न सक्दैनन् भने क. झलनाथ जनताका प्रधानमन्त्री नभइ तिनै गुण्डाराज प्रहरीका मात्र मालिक हुन् भनेर जनताले भन्नेछन् । अतः सम्माननीय प्रधानमन्त्रीज्यू ! तपाईको कार्यकालमा कमसेकम बर्दीवाला गुण्डागर्दीको अन्त्य होस् ।

रह्यो पत्रकार आन्दोलन । हामी सरल तरिकाबाट बुझौंन : करिव दश वजे राती खिलानाथ मनोज राईलाई भेट्न किन गए ? थ्रिटेनिङ आउँदाआउँदै प्रहरीलाई सूचनासम्म नदिइ उनले किन एक्लै जानुपर्यो ? रिपोर्टिङ गर्न हो ? होईन, भागवण्डा माग्न हो । अनि २, ४ प्याक संगै मिलेर दन्काएपछि भागवण्डाको साटो गतिलो मुक्का भेट्टाए । त्यसपछि उनले पत्रकार महासंघ र नारायण वाग्लेलाई उल्टा पोल लगाए । यही हो– पत्रकारको आन्दोलनको जड । अव, प्रचण्ड थैवको हत्या हुँदा एउटै पार्टीका वामदेव गौतमविरुद्ध तथानाम लेखी पार्टीलाई कमजोर बनाउने, माधव नेपाल प्रधानमन्त्री हुँदा वारम्वार विशेष सम्पादकीय लेखेर खेद्ने, भरतमोहनको सानो गल्तीलाई पहाड बनाई रामेश्वर खनाललाई उचालेर जनता भड्काउने अनि युवा शक्तिले जनताकै हितमा केही नयाँ काम गर्न लाग्यो की अराजकता भनेर आरोपित गर्ने, ब्यापारीलाई आतंकित हुन प्रेरित गर्ने नारायण वाग्लेको कलमा केकति शुद्धता छ ? यसको हेक्का शीव गाउँलेले राखे हुन्छ । आज परशु बस्नेतलाई आतङ्कको विल्ला लगाई अभिशेक गिरी, जो दाउद इब्राहिम ग्रुपका मतिहार हुन् तिनलाई चैं साधु देख्ने वाग्लेको आखाँ राज्यले अपरेशन गर्नसक्दैन भने अव युथफोर्सका कार्यकर्ताले नै अपरेशन गर्ने कि नगर्ने ? जवकि पत्रकारिताको दलाली गर्नेलाई राज्य वा त्यसको कानुनले तह लगाउन सक्दैन भने त्यसलाई दण्डित गर्ने युथफोर्स वा वार्यसियल नै हुन्, तरुण दल नै हुन् । यस्ता पित्त–पत्रकारिताको समूल अन्त्यका लागि पनि यी युवा संगठनहरु परिचालित हुन्छन् । यसको नेतृत्व आज युवा संघले गरेको छ ।

एमाले वा युवासंघले गुण्डाहरुलाई लुकाएको होईन । बरु पार्टीभित्रका समस्यालाई सार्वजनिक विषय बनाएर आफ्नै साथीहरुलाई एकोहोरो खेदीरहने पत्रकारको यो स्वैत आतङ्कबाट आफ्ना कार्यकर्तालाई जोगाईएको हो । जवकि युवासंघले वारम्वार भनिरहेको थियो– हामी एउटै राजनीतिक आस्थाभित्रका हौं, कसैबाट गल्ती भएको छ भने आत्मआलोचना गरौं र जो दोषी देखिन्छन् भने हामी दुवै मिलेर पार्टीभित्रै कारवाही चलाऔं । त्यसै मुताविक संघले खिलानाथमाथि हातपात गर्ने रोहित कोईराला र मनोज राईलाई प्रहरीसमक्ष हस्तान्तरण गरिसकेको छ । स्वयं अस्पताल शैयामा पुगेर खिलानाथसंग क्षमा मागिएको छ । परशुराम बस्नेत स्वयं भनिरहेका छन्– म दोषी छैन, सहज वातावरण बने आफू पत्रकार महासंघ र शिव गाउंलेसंग बसेर छलफल गर्न तयार छु । तर शीव गाउंलेले यी आग्रहलाई सुन्दै नसुनीकन जाँड पसलमा कुरा नमिल्दाको झगडालाई राजनीतिककरण गरी विदेशी डलर ल्याउने मेसोमा पत्रकारहरुको यो आन्दोलन अघि बढाइरहेका छन् । तसर्थ पार्टीको तर्फबाट महासंघको चुनाव जितेर डलरको लोभमा पार्टीकै नेताविरुद्ध नै सार्वजनिकरुपमा लाग्ने शीव गाउँलेलाई अव पार्टीले कार्वाही गर्ने की नगर्ने ? पार्टीले पनि ध्यान देओस् ।

तपाइँको प्रतिक्रिया