माओवादी नेतालाई दिए जनसेनाले चेतावनी
जनताका छोरा छोरीलाइ पढ्नबाट बञ्चित गर्ने नेता तिनै हुन् । ‘यस्तो जाबो शामान्ति शिक्षा के लिने ? कामरेड हो हाम्रो राज्य सत्ता ल्याएर जनवादी शिक्षा लिनुपर्छ । बुर्जुवा शामान्ति शिक्षालाई बहिस्कार गर्नुपर्छ ‘ भन्दै कलम र कापी बोक्ने बेला बन्दूक र बारुद बोक्न लगाए । तिनले स्कूल जाने झोला फाले । कलमको निब कुच्याए र मिल्काए । मसीका डिब्बा पोखे । अनि लागे जनवाद ल्याउन भन्दै माओवादी पार्टीमा ।
शान्ति संझौता हुँदासम्म सबै जनसेना सलल राष्ट्रिय सेनामा समायोजन हुन्छ भन्दै फुर्क्याए । अहिले न घर न घाटको बनाउन लागेपछि तिनले यसै छोड्छन् ? माओवादी नेताहरुलाई जनसेनाले संयुक्त रुपमा चेतावनी दिएका छन् । चेतावनी दिएका रहेछ, जनसेनालाई धोका दिइए, अपमान गरे कुनै हालतमा तिमीहरुलाईपनि छोडिन्न ।
सेना भन्नासाथ हतियार सँगै आउँछ । हतियार नभएको शक्तिलाई सेना भन्नै मिल्दैन । त्यसैले सेना समायोजन भन्नासाथ हतियार तिनै सेना समायोजन हुँदा बुझाउने हो । तर अहिले जनसेनाका हतियार पहिले बुझाएर तिनलाई दाह्रा बीनाको बाघ झैं बनाउने, अपमानगर्ने निर्णय पार्टीले गरेको भन्दै जनसेना क्रुद्द बनेका छन् । हतियार अलग्ग्याउन लगाएपछि जनसेनाले यिनै तार्किक प्रश्न माओवादी नेतासित राखेका रहेछन् । नेपाली सेनाले भर्तीका लागि राखेका न्युनतम मापदण्ड पूरा भएकालाई मात्र लिने भन्ने निर्णयमा सहमती गरेको भन्दै जनसेना क्रुद्द बनेको र तिनले त्यस्तो निर्णय नमान्ने चेतावनी दिएको माओवादी स्रोतको दाबी छ । “देश, जनता र जनसेनामाथि अपमान र गद्दारी भए हतियार बुझाइन्न् बरु फेरी लडिन्छ” जनसेनाले हाकै भनेका रहेछन् ।
समायोजन भनेको के हो ? हामीलाई पार्टीले के भनेको थियो ? देश र जनतामाथि धोका हुँदैन भनेको होइन ? अहिले प्रतिक्रियावादी सेनाको शर्तमा पार्टी झुक्ने ? हात, पाखुरा, छाती र पेट नापेर नेपाली सेनामा भर्ती हुन पार्टी चाहिन्छ ? दश वर्ष देश र जनताको मुक्तिकालागि लडेको जनसेनामाथि अहिले अपमान गर्ने ? जनतामाथि धोका दिने ? देश र जनताका यावत समस्या जहाँको त्यहिँ राखेर जनसेना भंग गर्ने ? के पायो अहिले देशले शान्ति संझौता पछि ? जनताले के पाए अहिले ? हाम्रै टाउकाको मोल तोक्नेहरुका अगाडि लम्पसार पर्ने ? जनसेनाले माओवादी नेताहरुलाई यी प्रश्नहरु राखेका रहेछन् ।
छलफलमा प्रचण्डले जनसेनाको सम्मानजनक तरिकाले समायोजन गर्ने, नेपाली सेनाले तोकेको, तिसित झुकेको नभै पार्टीले नै आधार तयार पारेको भन्दै आश्वस्त पारेका थिए । तर वरिष्ठ उपाध्यक्ष मोहन बैद्द भने अलि कडा रुपमा प्रस्तुत भएछन् । उनले जनसेना समायोजनमा पार्टीको हात माथि पर्न नसकेको, जनसेनाको अपमान हुन सक्ने अवस्था रहेकाले आफूहरु सन्तुस्ट हुन नसकेको भन्दै प्रस्तुत भएका रहेछन् । प्रचण्डले भने जनसेनाको पार्टी, देश र जनताले उच्च मूल्यांकन गरेको र त्यसमा यता उति हुन नदिने भन्दै पटक पटक आश्वस्त पार्ने कोसिस गरेका रहेछन् । देश र जनताको मुक्ति नभएसम्म लडिरहने र विश्वसामु नेपालको माओवादी जनयुद्दलाई उदाहरण र प्रेरणाका रुपमा देखाउने कसम खाएपनि अहिले केहि प्राप्त नभै पार्टी झुकेको भन्दै जनसेनाले यस्तै अवस्था रहे आफूहरु हतियार लिएर फेरी शिविरबाट निस्कन्छौं भन्दै अन्तिमसम्मपनि चेतावनी दिएका रहेछन् ।




