ढाँटछल र गाली गलौजमै सिमित कांग्रेसको जागरण अभियान

विनोद केसी / काठमाडौं

हामी देशको आगामी नीति सार्वजनिक गर्छौं भनेको कांग्रेसले फेरी जनतालाई निराश पारेको छ । नेपाली कांग्रेसको जनजागरण नामको अभियान ढाँट छल र गाली गलौजमै सिमित रह्यो । उसले गाली गलौज अभियान भन्दा फरक रहेन । देशको सबै भन्दा पुरानो पार्टी । प्रमुख प्रतिपक्षी दल संसदको । सरकार चलाएको सबैभन्दा लामो अनुभव पनि उसैसित छ प्रजातान्त्रिक दल मध्ये । यस्तो संकटपूर्ण अवस्थामा नेपाली कांग्रेसले केहि स्पष्ठ नीति, सरकार सञ्चालन दललाई केहि ठोस मार्ग निर्देशन र नयाँ बाटो देखाउनुपर्ने हो । तर कांग्रेसको अभियान सरकार बनाउन पाउनुपर्ने शर्त र माओवादी, सरकारलाई गाली गर्न मात्रै आयोजना गरेझैं भएको छ । उसको अभियान देखेर जनता कांग्रेस देखेर झन आजित हुँदै फर्केका छन्

नाम थियो जनजागरण अभियान । तर नेपाली कांग्रेसका नेताले त्यो कत्ति हेक्का राखेनन् । बरु जनतालाई जागरण गर्ने भनेका नेता र नेपाली कांग्रेस पार्टी नै जागरित हुनुपर्ने देखियो । जनजागरण अभियान के का लागि थियो त ? के जनता माओवादीप्रति बढि आकर्षित भए भनेर तिनको ध्यान कांग्रेसतिर तानेर जागरण गर्नु थियो ? किनभने नेपाली कांग्रेसको अभियानका बक्ताहरुले अधिकांश बक्तब्य माओवादीलाई गाली गर्नमै बिताए । जनतालाई जागरण गर्ने कुनै वास्तबिक पक्ष औंल्याएनन् । धेरैले आशा र विश्वास गरेका युवा नेता गगन थापापनि अन्य बुढा कांग्रेसको स्वरमै लागेर माओवादीलाई गाली गर्नमै समय बिताए । पशुपती कब्जा गर्न नसक्ने माओवादीले देश कब्जा गर्ने धम्की नदिन चितावनी दिँदै उनले सरकार र माओवादीलाई नेपाली कांग्रेसले अघि सारेका शर्त मान्न आव्हान गरेका थिए ।

अर्का नेता कांग्रेसका महामन्त्री क्रिष्ण पसाद सिटौलाको मन्तब्य त झन पुरै गाइजात्रे पाराको थियो । लामो समयसम्म सरकारमा बसेको रस नपाएर होला, उनले यो सरकार तुरुन्त बिघटन गरेर नेपाली कांग्रेसको नेत्रित्वमा राष्ट्रिय सरकार गठन गर्नुपर्ने माग गरे। उनको भाषणपनि पुरै माओवादीलाई गाली गर्न र कांग्रेसले राष्ट्रिय सरकारको नेत्रित्व गर्न पाउनुपर्ने शर्त राख्दै सकियो । उनले अब कांग्रेसले के गर्छ ? के गर्नुपर्ने हो ? अब संविधान बनाउनकालागि नेपाली कांग्रेसको के कस्तो भूमिका हुन्छ । देशलाई कसरि अगाडि बढाउन सकिन्छ ? कुनै रचनात्मक टिप्पणीसम्म गर्न सकेनन् । कांग्रेसका शर्त नमानेसम्म संविधान सभाको म्याद नथप्ने जिकिर त उनले गरे, तर त्यो म्याद नपथिएर संविधान सभा भंग भए त्यसपछिको परिणाम के हुने ? संवैधानिक संकट कसरि टार्ने र त्यसमा नेपाली कांग्रेसको के भूमिका हुने केहि बोल्न सकेनन् ।

पूर्व प्रधानमन्त्री र कांग्रेसका वरिष्ठ भनिएका नेता शेर बहादुर देउवाले त झन जनतालाई सिधै ढाँटे । कांग्रेसले शान्ति र संविधानकालागि अघि सारेको दश बुँदे शर्त तयार पार्ने नै देउवा थिए । उनको अवधारणा पत्रमा लडाकूलाई सुरक्षा संयन्त्रमा समायोजन गर्नको लागि नेपाली सेनाको मापदण्ड पूरा गर्नुपर्ने भन्ने छ । त्यसको अर्थ नेपाली सेनाले भर्ति लिँदा ब्यक्तिगत रुपमा पूरा हुनुपर्ने भन्ने मापदण्ड हो । त्यसकलागि कुनैपनि ब्यक्ति सिधै गएर भर्ति हुन सक्छ । तर देउवाले आफ्नो मन्तब्यमा नेपाली सेनाले लडाकू समायोजनकालगि अघि सारेको शर्त मान्न कांग्रेस तयार रहेको भन्दा जनताका अगाडि सार्वजनिक रुपमै ढाँटे । किनभने नेपाली सेनाले छुट्टै निर्देशनालय खोलेर केहि समायोजन गर्न सकिने बताएको छ जसमा नेपाली कांग्रेसले असहमती जाहेर गरिसकेको थियो ।

जागरण अभियानमा नेपाली काग्रेसका सभापती शुसिल कोइराला लगायत नेताले नेपाली कांग्रेसका संस्थापक नेताको माल्यार्पण गरेका थिए । तर थुप्रै सर्वसाधारणहरुले भने ‘बाचुन्जेल गिरिजासित मिलेर गणेशमानलाई रुवायो, क्रिष्ण प्रसादलाई दुख दियो, मरेपछि कसलाई देखाउन होला माल्यार्पण गरेको?’ भन्दै कटाक्ष गरेका सुनिन्थ्यो । कांग्रेसको नेत्रित्वमा राष्ट्रिय सरकार बनाउपर्ने शर्त राख्दा ‘तिन महिना सरकारबाट बाहिरिएको छटपटियो कांग्रेस’ सडकमा थुप्रैको टिप्पणी सुनिन्थ्यो ।

हुनपनि, निकै वर्ष नेपाली कांग्रेसले सरकार चलायो । जनतालाई केहि दिएन । पार्टी र नेता मोटए । सरकार आर्थिक रुपमा झन जर्जर बनायो । कांग्रेसकै कमजोरीले देश त्यत्रो युद्दमा भासियो । माओवादी र एमालेमात्रै दोषी छैनन्,संविधान सभाको निर्वाचनपछिपनि शान्ति र संविधानकालागि नेपाली कांग्रेसले केहि गर्न सकेन । अब त नेपाली कांग्रेसले केहि निकास दिने योजना ल्याउला । बिगतका गल्ति र कमजोरी महसुस गर्ला । जनतासित प्रायस्चित गर्दै, माफी माग्दै शान्ति र संविधानलाई सफल पार्न केहि क्स्पष्ठ नीति सार्वजनिक गर्ला भन्ने आशा गरेका थिए जनताले ।

तर उसको जन जागरण अभियानले त कांग्रेसले न चेतेको देखियो । न उसमा कुनै नयाँपन देखियो । नेपाली कांग्रेस त झन नितिहिन पो देखियो । उनै बासी कुरा । तिनै सरकारमा पुग्ने दाबी । केहि नयाँ कार्ययोजना, राष्ट्रिय नीति, पार्टी  सुधार, कार्यकर्ता परिचालन, शान्ति र संविधानलाई कसरि पूरा गर्ने भन्ने पिरलो खासै केहि नयाँपन देखिएन नेपाली कांग्रेसको जागरण अभियानले । यसले त जनतालाई जागरण गर्ने होइन बरु नेपाली कांग्रेसलाई नीतिहिन देखाएको छ । (फोटो- नागरिक न्युज अनलाइन)

तपाइँको प्रतिक्रिया