बीन लादेन भन्दा ठूलो आतंककारी अमेरिका
विश्वभरि आतंक मच्चाउने र हत्या गर्न कुख्याती कमाएको अल्काइदाका मुख्य नाइके ओसामा बीन लादेन । यीनको प्रशंसा गर्ने कुरै भएन । विश्वभरी जे जति नागरिकको हत्यामा यी संलग्न भए त्यसको जति बिरोध गर्दापनि कमै हुन्छ । तर अहिले यिनै बीन लादेन मारिएकोमा अमेरिकी सरकार र अमेरिकि जनताले जति हर्ष बढाइ गरेका छन्, त्योपनि भर्त्सनायोग्य नै छ ।
किनभने पहिलो त अमेरिका स्वयं ओसामा बीन लादेन जन्माउने आतंककारी हो र उसले त्यस्ता आतंककारी विश्वभरिनै जन्माइरहेको छ । अमेरिकाको जो पिछलग्गु हुँदैन त्यहाँका जनताको कत्लेआम गरिरहेको छ ।
अमेरिकाका राष्ट्रपती बाराक ओबामाले सैन्य अपरेशनमा लादेनको हत्या गरिएको सार्वजनिक त गरे । तर सार्वजनिक तस्विर र रिपोर्टहरुले उनको हत्या भएको हो वा होइन भन्नेमा शंकाहरु जारी छन् । लादेन मारिउन् वा नमारिउन्, आखिर उनलाई जन्माउने, अल्काइदाको जालो फैलाउने काम अमेरिकाले नै गरेको हो । अफगानिस्तानमा तत्कालीन सोभियत रुसले आक्रमण गर्दा सोभियत फौजविरुद्ध लड्न अमेरिकालेनै उचालेको थियो बीन अलदेनलाई। अमेरिकाले आर्थिक सहयोग गर्यो । आधुनिक हात हतियार दियो । कार्यकर्ता र लडाकू जन्मायो । त्यतिबेला सारा सहयोग गरेर सोभियत बिरुद्द लड्ने मुजाहिद्दीनहरुलाई उचाल्यो । सोभियत संगसित लड्ने बेला अमेरिकि पैसोमै लादेनले अल काइदा संगठन खोले । हजारौंलाई आतंककारी तालिम दिए । लडाकू जन्माए । यसरि सोभियत संघ विरुद्द अमेरिकाले आतंक मच्चायो लादेनालाई प्रयोग गरेर ।
आखिरमा भैदियो के भने अन्तत लादेन अमेरिकाकै बिरुद्द उत्रिए जब अमेरिकाले सोभियत संघ सित मात्रै लड्न नखोजेर सम्पूर्ण सउदी अरब भरिनै दादागिरे देखाउन थाल्यो । सारा अरब मूलुक फुटाएर फाइदा लिन थाल्यो । त्यहाँको तेल खानीमा आँखा गाड्न र आतंक मच्चाएर अरब मुलुकमा भाँडभैलो मच्चाउन थाल्यो । त्यहि कुरा लादेनले रुचाएनन् । लादेनले अमेरिकि सेना मध्यपूर्वमा तैनाथ नगर्न पटक पटक आग्रह गरे, चेतावनी दिए अमेरिकालाइ । नटेरेपछि सन् १९९८ मा लादेनले अमेरिका बिरुद्दनै युद्दको घोषणा गरेर अरब मुलुकलाई अमेरिकासित लड्न आव्हान गरे । आखिर अरब मुलुकमा सेना राख्ने, त्यहाँको तेल खानी र प्राक्रितिक स्रोतमा लुट्न मच्चाउँदा लादेनले आँखा चिम्लिएको भए अमेरिकाको प्रिय भैरहन्थे लादेन । अरु देशमा जति ज्यान लिएपनि, आतंक मच्चाएपनि अमेरिकाको परिभाषामा त्यो आतंक हुने थिएनन् यदि अमेरिकाले भनेका सारा शर्त लादेनले मानिदिएको भए । त्यसैले आतंककारीको हत्या भन्दै अहिले खुशि मनाउने अमेरिकानै लादेनको स्रिष्टिकर्ता हो, अझ ठूलो आतंककारी हो ।
प्रसंग बीन लादेनको मात्रै होइन । अमेरिकाले कहाँ मच्चाएको छैन आतंक ? ईराकका तानाशाह सद्दाम हुसेनलाई अपदस्त गर्ने नाममा अहिलेसम्म अमेरिकी सेनाले हज्जारौं सर्वसाधारणको हत्या गरिसकेका छन् । लाखौं वालवालिकालाई आतंकित पार्ने, मार्ने, लखट्ने गरिरहेकै छ । अफ्गानिस्तान र ईराकमा बिरोधीहरुलाई ग्याँसको च्यामबरमा हालेर अमेरिकी सेनाले जिउँदै आगो लगाएका दर्दनाक द्रिष्यले अमेरिकाको प्रजातन्त्र र मानव अधिकारको मुकुण्डो उदांगो पारिरहेकै छ । जापानको हिरोसिमा, नागाशाकि देखि वर्मा र भियतनाम युद्दमा अमेरिकाले गरेको हत्या र आतंकले अमेरिका विश्वकै सबैभन्दा ब्यवस्थित, कुशल आतंककारी हो भन्ने छर्लङ्गै छ ।
अरु देशको सुन, चाँदी, फलाम लगायतका खानी, तेल भण्डारलगायत अन्य प्राक्रितिक स्रोत र साधनहरुमा अमेरिकाले गिद्दका जस्ता आँखा गाड्छ । ब्यापारका शर्तहरु लाद्छ । आफ्नो पिछलग्गु बनाउन खोज्छ । जब स्वतन्त्रप्रेमी नागरिक र राष्ट्रले त्यसको समर्थन गर्दैनन् उसले तत्कालै आतंककारी देख्न थाल्छ । विश्वलाई लुटेर जम्मा पारेको उसको सैन्य सामाग्रिको उन्माद देखाएर बमबारी शुरु गरिहल्छ ।
अहिलेपनि इरान, ईराक, सिरिया, अफ्गानिस्तान लगायत सम्पूर्ण मध्ये पूर्वमा अमेरिकाकै आतंक जारी छ । उत्तर कोरिया, चिलीमा अमेरिकी धम्कि र आतंक उस्तै छ । प्यालेस्टिनिहरुलाई दबाउने र इजरायललाई उचाल्ने काम अमेरिकाकै निति र निर्देशनमा चलिरहेकै छ । त्यतिले नपुगेर दक्षिण अमेरिकासम्म तेलको भण्डारमाथि कब्जा जमाउन अमेरिकाले भेनेजुयलासित निहुँ खोजिरहेकै छ। उता ईरानमाथि आक्रमण गर्नुपर्छ भनेर चम्किरहेकै छ । लिबियामाथि आक्रमण गरेर आतंक मच्चाइरहेकै छ । त्यसैले विश्वमा जहाँ अशान्ति र आतंक छ त्यहाँ अमेरिकाको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता छ ।
अमेरिकी जनताले एउटा बीन लादेन मारिँदैमा हर्ष बढाइँ गर्नुको कुनै तुक छैन । किनभने जबसम्म आकंका मूल कारण, मूलभूत स्रोतहरु निमिट्यान्न पारिँदैनन् तबसम्म आतंकवाद निर्मूल हुन सक्दैन । आतंकवादलाई निर्मूल गर्न त पहिले अमेरिका स्वयंले आतंक स्रिजना गर्न बन्द गर्नु आवश्यक छ । आफ्नो स्वार्थ पर्दा प्रजातन्त्रको पहरेदार ठान्ने र आफ्नो स्वार्थमा धक्का पर्नासाथ आतंकवाद देख्ने कुद्रिष्टी बन्द गरिनु जरुरी छ । आफ्ना स्वार्थका लागि आतंकवादीहरुलाई पालनपोषण गर्ने अमेरिकि स्वार्थ बन्द गरिनु आवश्यक छ । आतंकवादीहरुले उठाएका जायज मागहरुलाई सम्बोधन गरिनुपनि उत्तिकै महत्वपूर्ण छ । नत्र आतंकवादका नाममा चमेरे निति कायम राख्दै आफ्ना स्वार्थका लागि विश्वभरि आतंक मच्चाउँदै गरेर आतंकवादको निर्मूल कहिल्यै हुन सक्दैन । एउटा बीन लादेनको हत्या भएपनि सयौं बीन लादेन जन्मिरहन्छन् ।




