भारतीय नेतासित कड्किए प्रचण्ड

● विनोद केसी / काठमाडौं

नेपाललाई भारतले हेर्प्नु, चुस्नु, हकार्नु, ललकार्नु, दबाउनु, निमोठ्नु, अँचेट्नु र घचेट्नुका कारण भारतीय नेताको मानसिकता जति छ, त्यो भन्दा बढि हाम्रै दास मनोब्रित्तिका नेताको मानसिकता बढि जिमेवार । हाम्रा नेता आफ्ना नागरिकमा भन्दा भारतीय नेतामा बढि विश्वास गर्छन् । तिनको चाकरी नगरि सत्ताको भर्‍याङ चढ्न र ओर्लिन सकिन्न भन्ने ठान्छन् । टाउको दुख्दासम्म भारतीय नेताको हातबाटै थाप्न पुग्छन् सिटामिलको चक्कीपनि ।

तर नेकपा माओवादीका अध्यक्ष प्रचण्डले भने आफ्नो देशको लागि दह्रो अडान राखे आज । उनले नेपाल र नेपालीमाथि भारतले गर्दै आएको हस्तक्षेप, थिचोमिचोको प्रतिवाद गरे । र समानताका आधारमा नयाँ सम्बन्ध सुधार्नुपर्ने भन्दै कडिकडाउ गरे ।

भारतले नेपालमाथि गरेको अत्याचार र हस्तक्षेपको स्रिङ्खला लामो छ । सिमा क्षेत्रमा  नेपालीलाई सताउनेदेखि सिमाको अतिक्रमण र सरकार निर्माणसम्म उसको हस्तक्षेप चल्छ । तर त्यसलाई रोक्नुपर्छ भनेर स्पष्ठसित भारतसमक्ष राख्नु भन्दा त्यसलाई उल्टै बैधानिकता दिने मेसो गरे हाम्रा नेताहरुले । त्यसैले गर्दा भारतले झन थिचोमिचो र मनपरी गर्दै आएको हो । अघिल्लो सरकारकी परराष्ट्र मन्त्री सुजाता कोइरालाले त भारतले कहिँकतै हस्तक्षेप गरेको छैन भनेर भारतीय हस्तक्षेपलाई बैधानिकता दिने काम गरिन् । त्यस अघिका सरकारको हालतपनि फरक रहेन ।

तर संविधान सभाको निर्वाचनपछि पहिलो प्रधानमन्त्रीका हैसियतले भरतको भ्रमण गर्दापनि प्रचण्डले भने भारतसित स्पष्ठ कुरा राखेका थिए- नेपालमा भारतले हस्तक्षेप गरिरहेको छ । सिमा मिचिएका छन् । गैह्र कानुनीरुपमा बाँध बनाएर नेपाली भूमी डुबाउने काम भएको छ । सन् १९५० को सन्धि समय सापेक्ष नभएकोले त्यसलाई खारेज गर्नुपर्छ । पार्टीगत रुपमा गरिँदै आएको बिरोधलाई प्रचण्डले सरकारको प्रमुखका रुपमापनि जारी राखेका हुन् ।

भारतीय विदेशमन्त्री एसएम कृष्णा सित नेकपा एमालेका नेता, मधेसी दल र नेपाली कांग्रेसका सबैले वार्ता गरे । स्वयं प्रधानमन्त्रीले आफ्नो देशको हितका पक्षमा स्पष्ठ कुरा राख्न सकेनन् । तर माओवादीका अध्यक्ष प्रचण्डले भने स्पष्ठ कुरा राखे । नेपालमा माओवादीले भारतबिरोधी मानसिकतालाई मलजल गरिरहेको आरोप क्रिष्णाले लगाउँदा उनले त्यसको प्रतिवाद गर्दै त्यसो हुनुको कारण नेपालमाथि भारतले हस्तक्षेप गर्नुको परिणाम हो भनिदिए । भारतले नेपालमाथि असल ब्यवहार गरे, द्विदेशको हित अनूकुल असल छिमेकिको ब्यवहार गरे नेपालीहरुले भारको बिरोधी नहुने भनेर भारतलाई हस्तक्षेप नगर्न अडान राखे ।

नेपालमा प्रधानमन्त्री चुनिनासाथ भरतको चाहना अनुसार बिदेश भ्रमण गर्नु पर्ने, प्रधान सेनापती फेर्न भारतसितै सोध्नु पर्ने, प्रधानमन्त्री को हुने भारतले नै निधो गर्ने । सिमा क्षेत्रका पिल्लर उखल्ने, गाड्ने, फाल्ने वा अरु देशसित कस्तो सन्धि गर्ने, कस्तो निति बनाउने साह्रा भारतकै स्वार्थ अनुसार चल्नुपर्ने । यो सब भारतीय हस्तक्षेप नभएर के हुन सक्छ ? भारतले हस्तक्षेप गरिरहेको यथार्थता प्रचण्डले भारतीय नेता सामू नराखेपनि हरेक नेपालीले भोगिरहेका छन् । प्रचण्ड त त्यसको माध्यम मात्रै बनेका हुन् । त्यसैले होला उनले हाकै भारतीय विदेश मन्त्री एसएम कृष्णासामू राखे- न नेपालमा भारतले लामो समयदेखि हस्तक्षेप गरिरहेको छ र त्यसलाई अभिलम्ब रोक्नुपर्छ । दुई देशको संवन्ध सुधार्नकालागि नयाँ आधारमा आपसी समझदारी विकास गरेर अघि बढ्नुको विकल्प छैन।

हुनपनि प्रचण्डले भनेझैं कुनैपनि नेपाली भारत बिरोधी होइन । कोहि भरतीय जनता बिरोधी छैन । नेपालीमाथि भरतीय शासक वर्गले सधैं हरेक क्षेत्रमा थिचोमिचो र दबाउँदै, दुख दिँदै आएकैले नेपालीले त्यसको बिरोध गरेका हुन् । अर्काले गरेको थिचोमिचो र अत्याचारको बिरोध गर्ने अधिकार हरेक देशका नागरिकलाई रहन्छ । कम्तिमा माओवादी अध्यक्ष प्रचण्डले त्यसको भारतीय नेतालाई हेक्का गराएर आफ्नो देशको पक्षमा दरिलोसित अडान राखेका छन् । नेपाली जनता सधैं भारतसित झुक्न तयार छैनन् भन्नेपनि उनले देखाए। प्रचण्डले झैं सबै राजनितिक पार्टीका नेताले यसैगरि आफ्नो देशको पक्षमा अडान राख्ने र राष्ट्रिय विषयमा एकमत हुने हो भने भारतसितका समस्या हल गर्न, भारतीय हस्तक्षेप रोक्न किन नसकिने ?

तपाइँको प्रतिक्रिया