भट्टराईलाइ उचाल्नुका पछाडि साम्राज्यवादी स्वार्थ

(अघिल्लो ब्लगको दोस्रो भाग)

भट्टराईका बारेमा उठेका तर्क बितर्क, शंका उपशंका र भट्टराईका अभिब्यक्तिले स्रिजना गरेका तथ्यबारे अर्को ब्लग लेखौंला । तर यहाँ भने भट्टराइबारे उनले जे भने त्यत्ति उल्लेख गरौं है त ? नयाँ दिल्लीमा एउटा प्रवचन कार्यक्रममा भाग लिन बाबुराम भट्टराई र शान्ति मन्त्री वर्षमान पुन गएका थिए । सायद दुई महिना अगाडिको घटना हो यो । दिल्लीमा उनी भारतीय बिभिन्न नेता भेट्न पुगे । फर्किनासाथ बिमानस्थलमै भट्टराईले भनेका थिए- अब मैले बुझे अनुसार भारतले नेपालमाथि हस्तक्षेप गर्दैन । पुनले त्यतिखेरै भट्टराइको भनाइको प्रतिवाद गरेका थिए ।

उनले बाबुराम भट्टराई पुरै भारतीय गोटी हुन् भनेर सिधा बताए । भट्टराइको त्यो भनाई कोबाट आउनुपर्ने हो ? त्यो त हामीले हस्तक्षेप गर्दैनौं भनेर भारतले भन्नुपर्ने कुरो होइन र ? भारतीय नेताको बोली कसरि भट्टराईको मुखबाट आयो भारतीय गोटी नभएको भए ? खास्टोले छोपेको बिरालो यो पटक म्याउ गर्‍यो । भट्टराई भारतीय स्वार्थका ब्यक्ति हुन् भन्ने अलि तल्लो तहमा जहाँ जहाँ भ्रम थियो तिनले पनि चिने । कार्यकर्ताको तल्लो तहसम्मै प्रष्ट भयो । त्यो भनाईले भट्टराईलाई खत्तमै पार्यो । उनले सुनाए ।

मेडियाहरुमा किन त्यति बिघ्न प्रशंसा हुन्छ त भट्टराईको ? उनको जवाफ थियो- साम्राज्यवादीहरुलाई जसरिपनि माओवादीलाई बोदो बनाउनु छ । जनबिद्रोहलाई असफल बनाउनु छ । माओवादीलाई पुरै सिध्याउनु छ । क्रान्तिकारी स्पिरिट खत्तम पारेर एमाले बनाउनु छ । त्यसो गर्दा मात्रै न सामाज्यवादीहरुको स्वार्थ पुरा हुन्छ । त्यसैले जसलाई उचाल्दा, जसलाई पार्टीमा स्थापित गराउँदा फाइदा हुन्छ उसैलाई उचाल्छन् । पार्टीमा कहिँ जनाधार छैन, साम्राज्यवादीहरुले मेडियामा त आफ्नो स्वार्थकालागि उचाल्नेनै भए’नी ” उनले सिधै भने ।

भट्टराईले ‘अब भारतले नेपालमा हस्तक्षेप गर्दैन’ भन्ने अभिब्यक्ति दिएका बेला कान्तिपुर दैनिकले त त्यस विषयमा सम्पादकियनै लेखेको प्रसंगसमेत कोट्याए उनले । कान्तिपुरले त्यति बेला आफ्नो सम्पादकियमै भट्टराईलाई अलि बढि राट्रवादी हुनुपर्‍यो भनेर उल्लेख गरेको थियो रे । ‘भारतको त्यत्रो चाकरी गरेर बोल्नुपर्छ ? भारतको चाकरी गरेर नबोलेको भए कान्तिपुर जस्तो पत्रिका (उनले कान्तिपुर जस्तो पत्रीका भन्नुको तात्पर्य नव धनाढ्य, प्रतिक्रियावादी खेमाको भन्ने अर्थ थियो) ले समेत अलि राष्ट्रवादी हुनुपर्‍यो भनेर लेख्थ्यो र ?

जनसेना: आधा बाहिर, आधा बिग्रिए

माओवादी जनसेनाहरुको समायोजनको प्रसंग जोडतोडका साथ उठिरहेको छ । शान्ति संझौताले पूर्ण रुप पाउने कि नपाउने, संविधान बन्ने कि नबन्ने भन्नेमा यो प्रमुख मुद्दा झैं देखिन्छ । माओवादीहरुलेपनि यसलाई बडो प्राथमिकता दिँदै अभिब्यक्ति दिन्छन् । बाहिर त्यस्तो देखिए, देखाएपनि हाल शिविरमा रहेका जनसेना प्रतिको मोह भने माओवादीमा त्यतिबिघ्न रहेनछ ।

कुराकानीका क्रममा थाह भयो- जनयुद्दमा लडेका जनसेना मध्ये आधा त माओवादीले बाहिरै राखेका रहेछन् । अर्थात वाइसियलमा । हुन त यो सुन्दै आएको कुरो हो नै । बाँकि आधा मध्येपनि कोहि अनमिनको परिक्षणमा असफल भएर फर्के । ति माओवादीमै संगठित छन् । अहिले बाँकि रहेका जति छन् ति अब क्रान्तिको लागि खासै काम नलाग्ने मूल्यांकन उनीहरुको रहेछ । केहि बाँकि रहेकाहरुको मनशाय पनि सुधारवादी भैसकेको, बिग्रिएको र बचेखुचेकापनि बिभिन्न समूहमा बिभाजित हुनाले नयाँ जनसेना निर्माण गर्नुपर्छ भन्ने पक्षमा रहेछन् ।

क्रान्तिकारी स्पिरिट भएकाहरु बैद्दतिरै !

बैद्द समूहसित निकट रहेका भनिएका प्रचण्ड । त्यत्रा वर्ष पार्टीको नेत्रित्व सम्हालेका । प्रचण्डनै नहुँदा बैद्द समूहतिर कति लाग्लान् ? नेकपा मसाल (मोहन बिक्रमसित छुट्टिएर आएका नवराज सुवेदी, डिलाराम शर्मा लगायत), मालेबाट आएका कट्टेल, नेकपा एकताकेन्द्रबाट आएका नारायणकाजी लगायत पछि पार्टी एकिकरण गरेर आएकाहरु अधिकांश प्रचण्डकै समर्थक रहेछन् । ति सबै मध्ये माथिल्लो तहका जम्मा चार जना नेता मात्रै जनबिद्रोहका पक्षमा रहेछन् । जनसेनामा कमाण्डिङ गरेका वर्षमान पुन ‘अनन्त’, नन्दकिशोर पुन: ‘पासाङ’ र बलदेव शर्माहरु प्रचण्डकै पछाडि छन् । तर जनसेनाका मुख्य हस्ती मानिने रामबहादुर थापा ‘बादल’ भने क्रान्तिकै पक्षमा लाग्छन् भन्ने रहेछ ।

त्यहि कारणले होला शुरुदेखिनै नेत्रविक्रम चन्द, सिपी गजुरेल लगायतका हार्ड लाइनर मानिनेहरु सरकारमा जान अस्विकार गरेका । पछिल्लो पटक प्रचण्डले बादललाई समेत सरकारमा लान खोज्दा उनले अस्विकार गरेका थिए । क्रान्तिकारी स्पिरिट भएका, क्रान्तिबाट आएका, जनयुद्दका मागहरु संवोधन नभै, जनताको वास्तबिकता मुक्तिबिना क्रान्ति छोड्नुहुन्न भन्ने मानसिकता भएकाहरु सबै बैद्द समूहतिरै भएको र त्यस्ता नेता कार्यकर्ता जति जनबिद्रोहमै सामेल हुन्छन् भन्ने आँकलन रहेछ । भल र बाढीमा मिसिन आएका, पद र पैसाकालागि आउने, माओवादी एउटा शक्ति देखेर पसेका, संशोधनबादी धारका भुत्तेजति अर्कोतिर लाग्छन् भन्ने सुनाए । भने- माओवादी शक्तिशाली देखेर पछि विविध स्वार्थले हाम्फालेकाहरुको त क्रान्तिकालागि खासै योगदानपनि हुन्न । प्रचण्डनै अर्कोतिर लाग्दा भने सहज त हुन्न तरपनि जनबिद्रोह चाहिँ जसरिपनि सूचारु गरेर जनताको वास्तविक मुक्तिकालागि फेरी लडिन्छ’।

प्रचण्ड बन्छन् केशरजंग रायमाझी

जनताको मुक्तिको लागि भन्दै दशौं हजार मानिसको ज्यान गयो । कतिको ज्यान लिए । कति धन सम्पत्ती नासियो । मुलुकले कति क्षती ब्यहोर्‍यो । गरिखाने, दुखि पिडित जनताको सत्ता नल्याएसम्म क्रान्ति रोकिन्न भन्दै जनयुद्द हाँकेका प्रचण्ड । टालटुले संविधानमै लागेर सामान्य सुधारको काम गर्न खोजेपनि प्रतिक्रियवादीहरुले असफल बनाउने बताए उनले । जनताको शक्तिले आमूल परिवर्तन नगरेसम्म जनताको पक्षमा सामान्य सुधारवादी कार्यक्रमसम्म लागू हुन नदिएर असफल् पर्ने बताए । क्रान्तिकारीहरु गोलबन्द हुँदै जाने, जनबिद्रोहले बिस्तारै आफ्नो गती लिने र प्रचण्डमाथि जनता, राष्ट्रियता, सहिद र राष्ट्रप्रति गद्दारी गरेको आरोप लागेर केशजंग रायमाझीमा परिणत हुने तर्क गरे ।

तपाइँको प्रतिक्रिया