देश लुट्न पो रैछ सभासद बनेको
पोर्चुगल भ्रमण गर्दा मलाई अन्तर्राष्ट्रिय ख्याती कमाएका जोआओ गार्सियासित छलफल गर्ने मेरो मिलेको थियो । त्यो भेटमा उनले मलाई सिधै भनेका थिए- नेपालका खेतान लगायतका ब्यापारीहरु लुट्न मात्रै नेपाल बसेका हुन् । माटोमा ति नेपालको धरती उभिन्छन्, तर माया ईन्डियाको छ । तिनले नेपाल उँभो लागोस् भन्ने नै सोच्दैनन् । जसरि हुन्छ तिनले लुट्छन् । कालो धन कमाउँछन् ।
उनले त्यसो भन्दा पोर्चुगलका केहि नेपाली मित्रपनि मसँगै थिए। म उनले देखे भोगेको नेपालबारे अन्तर्वार्ता गर्दै थिएँ । पोर्चुगल निवासी मित्रहरु एकटकले सुनिरहेका थिए । साँच्चै उनले कसरि जानेका ? यी पश्चिमेलीहरुले कसरि बुझेका नेपाल ? कसरि पहिचान गरेका नेपालीका मित्र को हुन् ? शत्रु को हुन् ? ठग को हो ? नभन्दै उनले भने जस्तै अहिले नक्कली भ्याट बिल बनाएर नेपाललाई कंगाल बनाउनेमा यिनै भारतीय मूलका ब्यापारी पो रहेछन् ।
अहिले थाह भयो, यीनले आफ्नो लूटको राज्य फैलाउन नेपालका राजनितिक पार्टीसम्म बलियो पहुँच बनाए । नेता किने । पार्टी खरिद गरे । चौधरीलाई नेपाल कम्युनिष्ट पार्टी एमालेले संविधानसभा सदस्य बनायो। उता गोल्छालाई नेपाली कांग्रेसले आफ्नो कोटाबाट मनोनित गरेर सभासद बनायो । खेतान नेकपा मालेबाट सभासद छन् । यीनीहरु सभासद किन बनेका रहेछन् ? सरकार भित्रै बसेर लूटेको धन खर्च गरेर नेता किन्ने । मन्त्री खरिद गर्ने । नेपालको प्रशासन लाई किनेर आफ्नो बनाउने । जुन प्रशासक ले भाँजो हाल्छ त्यसलाई गल्हत्याएर लखेट्ने, धपाउने र एकलौटी गरेर आफ्नो राज फैलाउने ।
नत्रका मूल ब्यापारिक घरानालाई राजनितिमा किन छिर्नु पर्ने ? के यिनले ब्यापारिक निति नियम बनाउन सहयोग सभासद नबनि सक्दैनन् दिन सक्दैनन् ? के राजनितिमा नछिरि सरकारलाई बाहिरैबाट सहयोग गर्न सकिन्न ? यीनालाइ त भित्रै पसेर नेता भुट्नु थियो, असल कर्मचारीलाई लखेट्नु थियो, देश कंगाल बनाउने निति बनाउनु थियो र पो राजनितिमा छिरेका त ।
नेपालीले देशकालागि तिरेको कर छलेर देश लुट्ने करिब ४५० कम्पनी रहेछन् आन्तरिक राजस्व बिभागले छानबिन गर्नुपर्ने । यी मध्ये अधिकांशले त्यसरि नक्कली बिल बानएर देशको राजस्व ठगेको अनुमान छ । अहिलेसम्म छानविन गरिएका ५२ कम्पनीमध्ये ३१ कम्पनीले ठगी गरेको पत्ता लागिसकेको । ती कम्पनीबाट तीन अर्ब ५४ करोड रुपैयाँको नक्कली भ्याट बिल फेला परेछ । सार्वजनिक नगरिएपनि यी मध्ये अधिकांशले ठगेको प्रमाण फेला परिसकेको छ । त्यसरि भ्याट छली गर्ने कम्पनी कसका रहेछन् ? झण्डै ९० प्रतिशत मारवाडी समुदायका रहेछन् । त्यसैका आधारमा छानविनका लागि छानिएका अन्य अधिकांश कम्पनी पनि मारवाडी समुदायकै । नक्कली भ्याट बिल अपराधमा संलग्न हुनेहरुमा औद्योगिक घराना चौधरी, गोल्छा, विशाल, शंकर, वरुण डेभलपर्स सबैभन्दा अगाडि ।
यी मारवाडी भन्ने को हुन् ? सबै भारतीय मूलका । यिको टेक्ने ठाउँ नेपाल । लुट्ने ठाउँ नेपाल । सास लिने र फाल्ने हावा नेपाली । धन सोहोर्ने ठाउँ नेपालको माटो । तर थुपार्ने थलो भारत । यता कमाउँछन् उता थुपार्छन् । यता लुट्छन् उता थन्क्याउँछन् । नेपालीबाट सोहोरेर भारततिर थुप्रो लगाउँछन् । बिहेबारी उतै चल्छ । उठबस उतै हुन्छ । नेपाल त यीनकालागि लुट्ने स्वर्ग हो ।
यिनको मन उतैकासित रमाउँछ । भावना उतैकासित साटिन्छ । किनभने नेपालसितको नातो के नै छ र यीनको ? आउँदा लगौंटी वा एउटा लोटा लिएर आएका थिए । थुप्रै बैंक खडा गरे । लिएर आएका चाँदीका लोटा सुनमा बदले । च्यादरमा लुट्पुटिएर रात गुजार्नेको हैसियत नेपालले दरबारमा बस्ने बनायो । राष्ट्रिय स्तरका ब्यापारी र उद्दोगपतीको स्तरमा बदलिदियो । अन्तर्राष्ट्रिय स्तरमा चिनायो । त्यसको गुन कसरि तिर्दै छन् यीनले ? नेपाललाई ठगेर । आफैं अंकुराएको धरतीलाई मासेर । आफुले उब्जाएको ठाउँलाई कंगाल पारेर । आफुलाई गुन लाउने देशमाथि अपराध गरेर । गरिबीमा छट्पटिएकाले गास काटेर आफ्नो देशलाई तिरेको करमाथि बलात्कार गरेर ।
यीनको योजना जसरिपनि यो धरतीलाइ चुस्ने, लुट्ने, धसाउने, गलाउने, कंगाल बनाउने बाहेक केहि छैन । यीनालाई केको माया ? यी लुट्न आए रित्तो लोटा बोकेर । जुन दिन लुट्न पाउँदैनन् यी लाग्छन् धोती पाटा कसेर उतै भारततिर ।




