अन्तत: मिले प्रचण्ड र बैद्द !
नरम र कडा लाईनका दुइ बिच समझदारी हुने भएको छ । तत्कालकालागि लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ भन्ने पार्टी अध्यक्ष प्रचण्ड र तत्कालै बिद्रोह गरेर जनगणतन्त्रतिर जानुपर्छ भन्ने बैद्द दुबैबिच एकै दस्ताबेज बनाउने सहमती भएको हो । नरमपन्थि लाईनका प्रचण्डले कडा लाईनका बैद्दको कार्यपत्रका मुख्य र महत्वपूर्ण मुद्दाहरुलाई समेट्ने भएपछि यो समझदारी बनेको हो । उनीहरु तत्कालकालागि अहिलेको गणतन्त्रलाई संस्थागत गर्दै जनगणतन्त्रतिर अगाडि बढ्ने भन्नेमा सहमत भएका छन । यदि एउटै राजनितिक प्रस्ताब बनाउन बिचैमा असहमत भए दुबै प्रस्ताबहरु भेलामा छलफलका लागि लगिने छ ।प्रचण्डको यहि सहमतीले बैद्द समूह एउटै दस्ताबेज बनाउन सहमत भएको हो । उनीहरुबिच माओवादीले बिगतमा सात पार्टी र सरकारसँग गरिएका सात बुँदे र चौध बुँदे सहमतीलाई पालना गर्दै अगाडि बढ्नुपर्छ भन्ने सहमतीपनि भएको छ । कुन कुन विषयमा सहमती गरेर कुन कुन बुँदाहरु समेट्ने भन्ने विषयमा अहिले दुइ पक्षबिच छलफल गर्ने भएका छन । त्यसपछि उनीहरुले आआफ्ना तर्कहरु राष्ट्रिय भेलामा राख्नेछन ।
माओवादीको अहिले चलिरहेको केन्द्रिय बैठकले टुंगो लगाएपछि ति सहमतीका बुँदाहरुलाई आजै शुरु हुने राष्ट्रिय कार्यकर्ता भेलामा राखिनेछ । त्यहि भेलाले पार्टीको आगामी कार्यदिशा पारित गर्ने छ । त्यसो त प्रचण्ड र बैद्दले बनाएको कार्यपत्रलाई राष्ट्रिय भेलाले पूर्णरुपमा पास नगर्नपनि सक्छ । उनीहरुको दस्ताबेजलाई भेलाले सुधार गरेर पासगर्नपनि सक्नेछ । अथवा त्यस्तो प्रस्ताब आगामी महाधिवेशनसम्मकालागि पार्टीभित्र छलफल गर्न दिने र महाधिवेशनबाट टुंगो लगाउनुपर्ने पनि हुनसक्छ । जेहोस, तत्कालकालागि नेत्रित्व र पार्टीको आगामी कार्यदिशामा कसको पकड हुने भन्ने विवाद हल भएको छ । यसले माओवादीका आम कार्यकर्तालाई राहत दिएको छ ।




