वाग्ले काण्डमा कांग्रेस पार्टी जिम्मेवार छैन ?

करिब सात  पटक मन्त्री भएका चिरिन्जीबी वाग्ले अब भ्रष्टाचारीका नाममा जेल बस्दै छन् । जनताको सेवा गर्न भनेर सार्वजनिक पदमा बसेका । तर उनको काम देश लुट्ने भन्दा केहि भएन । जनतालाई ढाँटेर देश कंगाल बनाउनमै सिमित रह्यो । नेपालमा २०४७ सालमा बहुदलिय ब्यवस्था आएपछि हो देश धेरै कंगाल बनेको । नेपाल बाहिरि जगत सामु भ्रष्टचारमा सबैभन्दा बदनाम भएको समयपनि यहि हो । नेपालको गरिवी सबैभन्दा चुलिएको बेलापनि हो यहि ।

यो बहुदलिय कालमा करिब अधिकांश समयशासन सत्तामा नेपाली कांग्रेस थियो । केहि समय एमालेले चलायो सरकार । भ्रष्टाचारमा वाग्ले पटक पटक आरोपित थिए । खुर्सानी बेचेर गुजारा गर्नेको हैसियत रातारात खरोडौपतीमा बदलिएकै थियो । त्यस्तरी देश लुटेर सोहोर्दापनि नेपाली कांग्रेसले उनलाई संरक्षण गरिराख्यो । कारवाही परै जाओस् पार्टीले सचेतसम्म पार्न सकेन । त्यसैले वाग्लेको काण्डमा सिंगो नेपाली कांग्रेस जिम्मेवार छ कि छैन ?

प्रश्न उठाउन सक्ला नेपाली कांग्रेसले, उनलाई कानुनले भ्रष्टाचार सिद्द गरेको थिएन । त्यसो भनेर कांग्रेस पन्छिन मिल्ला ? उनलाई अदालतले पटक पटक बयान लिएको थियो । भ्रष्टाचारका आरोपमा दर्जनौं मुद्दा परेका थिए वाग्ले बिरुद्द । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारी सिद्द गर्दापनि उनलाई कानुनी कठघरामा लैजानुको साटो नेपाली कांग्रेसले बचाउ गर्‍यो । सिंगो पार्टीले उनलाई मन्त्री बनाएर, नेपाली कांग्रेसको केन्द्रिय समिति सदस्यमा राखेर संरक्षण गरिराख्यो ।

वाग्ले सात पटक मन्त्री भएछन् । उनी मन्त्री बन्नु अघि उनको हैसियत गोरखाका डाँडा पाखामा पुरेत्याइँ र खुर्सानी बेचेर सामान्य तरिकाले बितेको थियो । सामान्य जिवनशैली, लर्खरिएर चलेको हैसियत । तर मन्त्री हुनासाथ कसरि अरबौंको सम्पत्ती थुप्रियो ? कसरि राजधानीका महँगा ठाउँमा उनले घर र घडेरी जोडे ? दर्जनौं बैंक र कम्पनीमा शेयर हाल्ने करोडौं रकम कहाँबाट आयो ? उनको छोरोलाई राज्य शक्तिको दूरुपयोग गर्ने हैसियत, ठाउँ र वातावरण कसले दियो ? सारा जगतका अगाडि उनी एक भ्रष्टाचारी हुन्, ठ्ग हुन्, राज्य चुसाहा हुन्, र हुन् जनतामारा भन्ने बुझ्दा बुझ्दै उनलाई पटक पटक किन शक्तिशाली सार्वजनिक पदमा पुर्‍याइयो ? नेपाली कांग्रेसले किन आँखा चिम्लिराख्यो ?

नेपाली कांग्रेसमा वाग्ले एक्ला होइन यसरि राज्य लुट्ने । भ्रष्टाचार गर्नेको संख्या लामो छ । बरु नेपाली कांग्रेसमा शक्ति र सरकारमा रहँदा राज्यशक्तिको दूरुपयोग कसले गरेन ? कसले भ्रष्टाचार गरेन भनेर खोज्नुपर्ने हुन्छ । अधिकांश भ्रष्टचारी छन् । खुमबहादुर खड्का, गोबिन्दराज जोशी त कान्लाको सिनो भन्दा बढि गन्हाएकै छन् । अर्जुन नरसिंग केसी, पूर्ण बहादुर खड्का, शेरबहादुर देउवा, सुजाता कोइराला कसको हैसियत स्वच्छ छ ? हिजो नेपाली कांग्रेसमा रहँदा बिजय कुमार गच्छदार,  जे पी गुप्ता, शरदसिं भण्डारीलगायतको नीजि हैसियत करोडौंपती बनाउन सघाउने नेपाली कांग्रेस नै हैन र ?

यसरि भ्रष्टाचार गर्ने नेपाली कांग्रेसमा मात्रै छन् भन्न खोजिएको होइन । एमालेमा प्रदीप नेपाल, केपी ओली, इश्वर पोखरेल, भिम बहादुर रावल, बामदेब गौतम, मोदनाथ प्रश्रितलगायतका धेरै नेता चप्पल बजाउँदै राजधानी छिरेका थिए । तर आज तिनको हैसियत करोडपती भएको छ । यिनले जनताको नामको तेल र पिठो देखि महाकालीसम्म बेचेर खाएका छन् । खोजबीन र जाँचबुझ यीनकोपनि हुनुपर्छ । चिनको जस्तो अवस्था हुन्थ्यो भने देश र जनताका नाममा यसरि भ्रष्टाचार गर्नेहरुलाइ तत्कालै म्रित्युदण्ड दिइन्थ्यो । तर नेपालमा भने भ्रष्टाचारीहरुलेनै पार्टी हाँकेका छन् । नेता र प्रमुख पार्टीनै भ्रष्टाचारलाइ संस्थागत गरिरहेका छन् । 

छानबीन एमाले र कांग्रेसका नेताको मात्रै नभएर चिनिया अधिकारीसित नेपालका सभासद किन्न भन्दै पैसा माग्ने माओवादी नेताकोपनि हुनै पर्छ । चन्दालिएर काला बजारिया, भ्रष्टाचारी र तस्करहरुसित मिलोमतो गर्ने, घुमाउरो बाटोबाट त्यसलाई संस्थागत गर्ने सबै पार्टीको आम्दानीको स्रोतको छानबीन हुनु जरुरी छ ।

फोटो- अनलाइन खबर डट कम

तपाइँको प्रतिक्रिया