गुरु-चेला भिडन्त, जित्ला कसले ?
कुन कुन नेता कसका पक्षमा ?
माओवादीभित्र अहिले दुइ धारको अन्तरपार्टी संघर्ष चुलिएको छ । जनगणतन्त्र पक्षधर मोहन बैद्द समूह र लोकतान्त्रिक गणतन्त्र पक्षधर पार्टी अध्यक्ष प्रचण्डबिच । लोकतान्त्रिक गणतन्त्र भनेको अहिलेकै गणतन्त्र भयो। भलै थुप्रै रङ बुट्टा थप्न सकिन्छ बिभिन्न सुधारका नाममा । तर जनगणतन्त्र भनेको जनवादमा पुग्नु अगाडि कसरत गरिने गणतन्त्र हो । अथवा यसलाई जनवादमा पुग्न थालिने पाइलाको शुरुवाद भनेपनि हुन्छ । माओवादीको चुनवाङ बैठकले संबिधान सभाको चुनाव गर्ने, राजतन्त्र हटाउने, गणतन्त्र स्थापना गर्ने। त्यसकालागि गणतन्त्र पक्षधरसित मिलेर जाने मुख्य नीति पास गरेको थियो । ति सबै पुरा भए । अनि त्यसपछिको नीति वा मार्ग के त ? झण्डै डेढ वर्षसम्म पार्टी कुनैपनि नयाँ ठोस नीति बिना चलिरह्यो । अहिले पार्टीको आगामी राजनितिक कार्यदिशा तयार गर्न जुटेका छन । अहिलेको केन्द्रिय समितीको बैठकमा दुई भिन्न दस्तावेज तयार छन । यसै बिषयमा मैले दुई जना माओवादी नेतासित सम्पर्क गरेको थिएँ । संभवत एक जना बैद्दको नीति मन पराउने थिए । अर्का थिए प्रचण्ड भनेपछि हुरुक्कै हुने । बैद्द निकट जस्ता लाग्नेको भनाई के थियो भने प्रचण्डको दस्तावेज ढुल्मुले पाराको छ । एमालेको नीति जस्तो ।
प्रचण्डले अहिले नेपाली कांग्रेस, एमाले लगायतका सबै पार्टीलाई मिलाएर लैजानु पर्ने, अन्य कम्युनिष्ट घटकहरुसित एकता गरेर अझ मजबुद एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्ने, संक्रमणकालिन अवस्था भएकोले एक्लै जान नहुने लगायतका तर्क गरेका छन । ति सबैलाई विश्वासमा लिएर जनगणतान्त्रिक संबिधान लेख्ने र बिस्तारै जनगणतन्त्रमा जाने उनको मत हो । उनले त्यहि “ढुलमुले” पाराले सबैलाई चित बुझाएर लैजाने मध्यमार्गी भनिने धार समातेका छन । उनको मस्यौदाले जनगणतन्त्रकालागि अहिले उपयुक्त आधार तयार गरिनसकेको देखाएको उनका पक्षधरले बताए ।
बैद्दले अहिले “बुर्जुवा गणतन्त्र” लाई आवश्यक भन्दा बढि महत्व दिएर जनताको अन्तिम जित नै यहि भन्ने भ्रम छरिएको, अहिले राष्ट्रियताको लडाई लड्नुपर्ने आवश्यकता रहेपनि राष्ट्रियताको प्रश्नलाई ओझेलमा पार्न खोजिएको, नेत्रित्व तहमा मोजमस्ति र बिलासिता बढेको, आम कार्यकर्ता पार्टी संशोधनवादमा जान्छकि भन्ने चिन्तामा रहेको, जनसेनालाई समायोजनलाई सहि ढंगले उठाउन नसकिएको, पार्टीका लागि मरिमेटेर लागेका र दुख पाएका कार्यकर्ताको सहि मुल्यांकन हुन नसकेको, सरकारले जनताका पक्षमा क्रान्तिकारि काम गर्न नसकेको, नेताहरुमा पदको लोभ बढेको, पार्टी संशोधनवादीहरुका अगाडि झुक्कै गएको, पार्टीभित्र आम सुद्दिकरण चलाउनुपर्ने खाँचो रहेको लगायतका पक्षहरु समेटिएका छन ।
उनको दस्ताबेजमा घरेलु साम्राज्यवाद (दरबार) कमजोर भएकोले अहिले संशोधनवाद तथा राट्रियताको लडाई लड्न उपयुक्त समय भएको उल्लेख छ। त्यसैले उनले जनगणतन्त्रको लागि तत्कालै पहल गर्नुपर्ने कार्यदिशा पार्टीले लिनुपर्ने दाबी गरेका छन । अध्यक्ष प्रचण्ड स्वयं बैद्दका चेला हुन। त्यसैले पार्टीको उच्च स्थानमा अधिकांश बैद्दकै सांगठनिक प्रशिक्षणबाट आएका नेता छन । पार्टीमा यस अघि प्राय: प्रचण्डलाई सहयोग गर्दै आएका बैद्द माओवादीको नीति, बैचारिक दिशा तय र दर्शनशास्त्रमा सबैभन्दा प्रभावशाली मानिन्छन ।
कुन नेता कसका पक्षमा ?
अहिले पार्टीभित्र प्रचण्डका पक्षमा डा बाबुराम भट्टराई, उनैकि पत्नी हिसिला यमी, बलदेव शर्मा, जनार्दन शर्मा, हितमान शाक्य, देवेन्द्र पौडेल (सुनील), टोप बहादुर रायमाझी, दिनानाथ शर्मा,वर्षमान पुन, राम बहादुर थापा बादल लगायतका छन ।
उता बैद्दका पक्षमा भने पम्फा भूसाल, क्रिष्ण बहादुर महरा, सिपी गजुरेल, नेत्रबिक्रम चन्द, हरिभक्त कँडेल, देव गुरुङ लगातयका छन । पार्टीभित्र प्राभकारिताको हिसाबले डा बाबुराम भट्टराई र हिसिला यमीको नगण्य छ । यता बैद्द पक्षका सिपी गजुरेल, नेत्रबिक्रम चन्द, महरा, देव गुरुङको निकै ठुलो प्रभाव रहेको छ । नेत्रबिक्रम चन्द जनयुद्दकालभरि सुदूरपश्चिममा रहेर नेत्रित्व लिएकाले पार्टीमा सुदूर पश्चिम क्षेत्रमा सबै भन्दा बलियो पकड उनैको रहेको बताईन्छ ।
यता डा भट्टराईको निकट रहेका दिनानाथ शर्मापनि भट्टराईसित नेत्रित्वका पक्षमा खुशि नरहेको बताइएको छ । त्यसैगरि हितमान शाक्य र देवेन्द्र पौडेलेसमेत भट्टराईको साथ छोड्न सक्ने संभावना रहेको छ । उता सैन्य क्षेत्रका हस्ति पासाङ अहिलेसम्म कुनै पक्षमा लागेका छैनन । पार्टीले सही कार्यदिशा पारित गर्नुपर्ने भन्दै कुनैपनि गूटमा नलागि बसेका छन । अन्तत उनी बैद्द पक्षतिरै लाग्न सक्ने बढि संभावना रहेको छ । सर्सर्ती हेर्दा अहिले पार्टीभित्र बैद्द पक्षकै बहुमत रहेको मैले सम्पर्क गरेका दुबै पक्षका नेताले बताए । ति दुई नेता मध्ये एक जना जिलास्तरिय र एक जना क्षेत्रियस्तरका हुन । तर दुबै पक्ष केमा पनि झण्डै सहमत थिए भने पार्टीको कार्यदिशा मोहन बैद्दको र नेत्रित्व प्रचण्डको हुनुपर्छ । प्रचण्ड र बैद्द ति दुई भिन्न विषयमा कुशल छन ।




