संविधान ? बन्दैन / बनेपनि भारतीय स्वार्थको

हिजो सुत्ने बेलामा एकजना दाइको म्यासेज पाएँ फेसबूकमा । उत्तर दिएको त्यसको तुरुन्तै जवाफ फर्काए । यस्सो गफ्फिन पर्‍यो भन्दै फेसबुक च्याट खोलें । अन्य प्रगति, कामकुरोको सोधनी पछि लागियो नेपालकै अवस्थाको कुरा गर्न । उनी मेडिया क्षेत्रमा राम्रो प्रसिद्दि कमाएका, साहित्यकारका रुपमा चिनिएका ब्यक्ति हुन् । दाजू भाइबिचझैं अनौपचारिक कुराकानी भएकाले उनको नाम सार्वजनिक नगरौं । योपनि भनिहालौं, वामपन्थी सोचका । संविधान बनाउन दबाब दिने उद्देश्यले नेताका घर घरमा गएर प्रगतिशिल कविता वाचन गर्ने टोलीमा उनीपनि थिए । तर कुनै पार्टीको झोला भिरेर अन्ध समर्थक भने नबनेका । अहिलेको अवस्थालाई सहज बनाउन सकिन्छ कि भन्दै एमाले र माओवादी बिचको झैझमेला मिलाउन कुदेका । तर हार खाएका रहेछन् । कारण ? अब देशनै भारतलाई सुम्पिनेसम्मको चलखेल देखेर । संविधान नबन्ने । बनेपनि भारतीय हात माथि पर्नेगरि बन्ने अवस्था देखेर ।

दाइ अवस्था के छ ? सोध्नासाथ उनले जवाफ फर्काए- के हुने संविधान नबन्ने भयो । अहिले सरकार बनाउन जति मारमुंग्री भइरहेको छ त्यो सबै नेपाल स्वतन्त्र रहने कि नरहने ? नेपाललाई भारतको पञ्जामुनी राख्न चाहने र नचाहने । नेपाललाई स्वतन्त्र मुलुक, सम्ब्रिद्द मुलुक बनाउने कि भारतको आशे बनाउने भन्ने बिचको लडाइ रहेछ ।

हामीले बाहिर देख्दा कुर्सीकालागि मारामार गरेको लाग्छ । तर अवस्था भित्रभित्रै त्यो भन्दा गम्भिर रहेछ । भारतको मुख्य उद्देश्य नेपाली कांग्रेस वा माधव नेपालकै नेत्रित्वको सरकार बनाएर आफू अनुकूलको संविधान जारी गर्ने । त्यसैकालागि यो चलखेल र रडाको मच्चिएको । त्यहि भएर त्यति लामो समयसम्म राजिनामा दिएपछिपनि माधव नेपाल टिकेका रहेछन् ।

अब संविधान बन्ने कुनै गुञ्जाइस रहेन छ । संविधान बनिहालेपनि नेपाललाई अघोषित रुपमा भारतको राज्य बनाउने गरि बन्ने संभावना मात्रै देखिएको रहेछ । भारतले त्यसकालागि धेरै पैसा खर्च गरिरहेको रहेछ । स्थिति यति गम्भिर र  सुरक्षा यति डरलाग्दो बनिसकेको रहेछ कि भारतको बिरोध बिरोध गर्नेलाई हत्या गर्न बेर लाग्दैन अब भन्दै सुनाए उनले । यो सबै अवस्था स्रिजना हुनुमा धेरैजसो नेता दलाल बनेको बताए । बाहिर जनतालाई झुक्याउन मिठा कुरा गरेपनि धेरैलाई भारतले किनिसकेको ।

यतिखेर मुलुकनै बच्ने कि नबन्ने भन्ने अवस्था देखिएको छ । मुलुक बचाउने हो भने सबै राजनीतिक पार्टी र नेता मिल्नुको बिकल्प छैन । संसदको प्रमुख दल माओवादीलाई सबैले लखेटिरहेको उनले बताए । तर माओवादीलाई लखेटेर कुनै हालतमा संभव नभएको सुनाए । किनभने त्यसो गर्दा बाहिर अझ बढि चलखेल हुन्छ ।

मेरो जिज्ञासा थियो- माओवादीमा भट्टराई भारत प्रति बढि नरम देखिएका छन् । कारण के होला ? कि उनीपनि बिकिसके ? उनले स्पष्ठ पार्न त सकेनन् तर भने – त्यस्तै लाग्छ । नत्र मेरो बुझाईमा अबदेखि भारतले हस्तक्षेप गर्दैन भनेर भट्टराईले भारतका तर्फबाट बोल्नुको कारण के ? भारतका कुरा भट्टराईले कसरि भन्न सकेका ? माओवादीमापनि धेरै नेता खाओवादी भैसकेको सुनाए ।

मेडियाको क्षेत्रमा गतिला पारदर्शी मानिसहरु टिक्न झन संभव नभएको अनुभव उनको रहेछ । नेपालको मेडिया क्षेत्र राम्रोसँग बुझ्ने उनी त झन अब्बल दर्जाकै पर्छन् । यसैले सबै मेडियाका देखाउने र चपाउने दाँत चिन्दछन् उनी । नेपालमा कर छल्ने, अपराधिक क्रियाकलापमा सहभागी हुने, बैंक डुबाउनेहरुले कामाउने हो मेडियामा । कर तिरेर ईमान्दारिताका साथ लगानी गर्नेहरुलागि स्थान छैन । घाटामा जान्छ भन्दै थिए उनी ।

(बाबुराम भट्टराईको भूमिका, भारतसितको उनको मोह, अब मुलुक कता जाला ? के हुन्छ ? माओवादीले के कस्तो योजना बनाएका छन् ? के गर्लान् ? म आज वा भोलीसम्ममा सकेसम्म माओवादीका एक पोलिटब्युरो सदस्य सित नसके केन्द्रिय समिति सदस्यसित कुरा गर्न खोज्दै छु । प्रवक्ता मार्फत जानुपर्ने भएकोले उनको नाम उल्लेख गर्न त नसकिएला । तर के भन्छन् उनले ? टेलिफोनमा कुराकानी गरेर त्यो चाहिँ ल्याउने कोसिस गर्ने छु । हेर्दै गर्नु होला )

तपाइँको प्रतिक्रिया