भारतको एक छाक भातमै बिके मधेशी दल

साँच्चै नेपालका मधेशी दलहरू लाई कति हेपेको ? कति कम आँकेको भारतले ।  कति पिछलग्गु रहेछन् भारतको । कति सस्ता ! सरकार निर्माणको एक खाले साँचो बोकेर बसेका त्यत्रा सभासद भएका मधेशी दलहरूलाई भारतले एक्कै छाक भातमा बिकाइदिने । आरोप होइन, भारतीय दूतावासमै गएर मधेशी दलले त्यसैमा चित्त बुझाए । हें मा हें गरेर पठाए नेपालको तिन दिने भ्रमणमा आएकी  भारतीय विदेश सचिव निरुपमा रावसँग ।

नेपालमा अहिले नयाँ सरकार बन्ने चर्चा छ । प्रयास जारी छन् । यहि बेला नेपाली दललाइ भड्काउन, उचाल्न र नेपालका बिकाउ नेताका दिमाख चाट्न भारतले ट्याक्क पठायो, विदेश सचिव रावलाई । राष्ट्रपतिदेखि प्रधानमन्त्री माउ नेता सम्मलाई भेटेर अनेक मन्त्रणा गरिन् । भरत शान्ति चाहन्छ नेपालमा भनेर बाहिर कुर्लेझैं गरिन् । तर खासमा अशान्ति छर्ने काम गरिन् । यसलाई सहयोग गर । उ सित नमिल । फलानोको पक्षमा मिल । यस्तै नानाभाँती मन्त्राएर । उचालेर ।

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, कांग्रेस नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष झलनाथ खनाल, राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा सम्मलाई भेटिन् । चाखलाग्दो के छ भने उनले सबैजसो मुख्य दलका नेता भेटिन् । निवास निवासमै पुगेर । अनि मधेशी दलका मुख्य नेतालाई भने खाना खुवाउन डाकिन् । भारतीय निवासमै ।

उनीहरू मुन्टाले टेकेर गए । भारतका कारिन्दा जस्ता तिनले दूतावासमा नाइँनास्ति गरेनन् । बिके भारतले दिएको भातमा । भारतीय दूतावासले रात्रि भोज भन्दै मधेशी दललाई मात्रै बोलायो । खुवायो । पियायो र आफ्ना भरौटे ती दललाई मन्त्रणा गरायो । भारतको भात खाएका तिनले रावसित के के कुरो भयो अँ हँ खोलेनन् । जनतालाई जानकारी दिनुपर्छ भन्ने हेक्का राखेनन् । आखिर ती भारतको नाथे भातैमा बिकेका पार्टी न थिए के भनुन् ?

तपाइँको प्रतिक्रिया