नेपालका “आतंककारी” र जर्ज बुशबिच भेटघाट
अमेरिकाले जे गर्दापनि हुने रहेछ । उसले मान्छे मार्दापनि प्रजातन्त्र भएकै छ । आफुलाई जो
मनपर्दैन र चाकरि गर्दैन उसलाई आतंककारीको बिल्ला भिराएर दमन गर्न थालिहाल्छ । मौका पर्यो भने खुसुखुसु भेट्छ पनि । हिजो उसले त्यसैगर्यो एक जना “आतंककारी”लाई । उ स्वयंले नेपालका प्रधानमन्त्री पुष्पकमल दहाल “प्रचण्ड”लाई अझै आतंककारीको को समूहबाट हटाएको छैन । माओवादी पार्टीलाई नै उसले त्यो सूचिमा अझै राखिरहेको छ । तर जर्ज बुश स्वयंले हिजो साँझ प्रचण्डलाई भेटे । त्यहाँ बुश र दहाल पत्नी दुबै सहभागि थिए । प्रचण्डलाई र बुशबिच नेपालको पछिल्लो घटनक्रमबारे छोटो छलफलपनि भएको थियो । प्रचण्डले बुशसँग अमेरिकाले नेपाललाई अब आर्थिक बिकासको लागि सहयोग गर्नु पर्ने प्रस्ताब राखेका थिए । साथै उनले अब अमेरिका र नेपालबिचको संबन्ध अझ नयाँ ढंगले बलियो बनाउनुपर्ने बताएको बिभिन्न रिपोर्टहरुमा उल्लेख गरिएको छ ।
भेट संयुक्त राष्ट्र संघको साधारण सभामा भागलिन आएका बिभिन्न देशका प्रमुखहरुलाई बुशद्वारा दिइएको रात्री भोजका क्रममा भएको हो । सो भोजमा केहिबेर छुट्टै भेटवार्ता भएको थियो बुश र प्रचण्डबिच । नेपालको राजनीतिक घटनाका बारेमा आफु जानकार रहेको र नेपालको पुनर्निर्माणकालागि अमेरिकाले नेपाललाई सहयोग गर्ने बचन दिएको कान्तिपुर अनलाइनले उल्लेख गरेको छ । प्रचण्ड नेपालका करिब १४ सदस्यियको नेत्रित्व गर्दै अ मेरिका पुगेका हुन र उनले संयुक्त राष्ट्र संघको उक्त साधारण सभालाई यहि सेप्टेम्बर २६ मा संबोधन गर्ने कार्यक्रम छ। प्रचण्ड अमेरिकाका नेपालीले आयोजना गर्ने बिभिन्न कार्यक्रममापनि सहभागि हुने छन । तस्बिर साभार-नेपाल साप्ताहिक
(प्रचण्ड र नेपाली भ्रमण दलले उपस्थित हुने कार्यक्रमबारे अमेरिकाका साथिहरुलाई तस्बिर र समाचार पठाउन नेपालप्लसको अनुरोध) ।




