राम्रो गर्दापनि जस नदिने ?

प्रधानमन्त्री प्रचण्ड अझै स्वदेश फर्किसकेका छैनन । तर उनको भ्रमणको महत्वपूर्ण पाटो भने सकियो नै । उनले साहसिकपूर्वक सन १९५० को सुगौली सन्धि समय सापेक्ष पुनरावलोकन गरिनुपर्ने अडान राखे । भारत सरकारलाई त्यसमा राजि गराए । दुई देशको परराष्ट्र मन्त्रालयका विशेषज्ञहरुले ग्रिहकार्य गर्ने भए । दुनियाँलाई थाह छ नेपाली कांग्रेसले बहुदलिय ब्यवस्थाको झण्डै १४ वर्ष सरकार चलायो । देशको आर्थिक, सामाजिक अवस्था सारा चौपट पार्‍यो । बेथिति, बेरोजगारी, भ्रष्टाचार, मनपरितन्त्र, नातावाद, क्रिपावाद , कानुनी लुट बाहेक देशलाई केहि दिएन । त्यस्ता सन्धिहरु आफ्नो देशको पक्षमा गर्न त परै जाओस बरु देश र जनतालाई ढाँटेर टनकपुर संझौता भन्दै सन्धि गरेर भारतलाई आफ्नो हित सुम्प्यो ।

अहिले बडो अचम्म लाग्छ । यो सरकार न त्यो बेलाको नेपाली कांग्रेसको जस्तो एकमना छ । यो त बिभिन्न पार्टी मिलेर बनेको छ । संबिधान निर्माणको मुल उद्देश्य र जिम्मेवारी भएको अहिलेको सरकारका आफ्नै सिमा, घेरा र बाध्यता छन त्यस्ता काम गर्न । तैपनि आफ्नो भारत भ्रमणका क्रममा देश बिरुद्द भएका सन १९५० को सन्धि, कोशी संझौता, सिमा मिचाई लगायतका विषयमा दह्रोसँग अडान राखेर आए प्रचण्ड र उनको दलले । नेपाली कांग्रेसले भए सुटुक्क रातारात सहि गरेर आउने थियो । अनि अदालतमा रिट हाल्नुपर्ने अवस्था आउने थियो सन्धि र संझौताबारे जनताले जानकारि पाउनपनि।


तर अहिलेको भ्रमण दलले राष्ट्रिय हित जुटाएरै पुनरावलोकन गर्छौ, एक्लै गर्दैनौ भनिरहेकै छन । के यो सकारात्मक कुरा होइन ? वास्तबिक कुरालाई पचाउन हामीलाई किन यति मुस्किल ? अहिले बिगतमा आफुले केहि गर्न नसकेको, देश लुटेको, बिदेशीले माग्नु भन्दा सरकारमा टाँस्सिइरहन पाइन्छ भन्ने लोभले आफैंले यो दिन्छौ भन्दै भारतलाई बुझाउन लम्पसार परेकोमा सायद नेपाली कांग्रेसलाई भतभति पोलिरहेको छ । त्यसैले उ जसरिपनि बिरोध बिरोध र बिरोध मात्रै गरिरहेको छ ।

थाहै छ, प्रचण्ड भारतको भ्रमणमा जानुपूर्व यो सरकारको को काम कुनैपनि सन्धि संझौता गर्ने अधिकार छैन भन्दै कुर्लेको थियो नेपाली कांग्रेसले । तर अहिले सुगौली सन्धि पुनरावलोकन गर्ने लगायतका बिभिन्न सहमति भएपछि फेरि त्यहि नेपाली कांग्रेस यो प्रचण्ड टोलीले कुनै ठोस उपलब्धि हाँसिल गर्न सकेन भन्दै उफ्रिरहेको छ । सन्धि संझौता गर्ने अधिकार नै छैन भनिसकेपछि फेरि केहि गरेन भन्नु नेपाली कांग्रेसले बिरोधकालागि बिरोध मात्रै गरेको हो भनेर बुझिँदैन र ?

कम्सेकम अहिले सुगौली सन्धिको पुनरावलोकन लगायत अन्य थुप्रै महत्वपूर्ण विषयलाई प्रचण्डको भारत भ्रमण टोलीले साहसका साथ उठाएको छ भनेर हिच्किचाउनु पर्ने अवस्था छैन । कुनै नेता र पार्टीले राम्रो काम गर्छ भने कसैले लेबल लगाउलान भनेर डराउनुपनि हुँदैन । त्यसका साक्षि बिश्व प्रसिद्द बीबीसी वर्ल्ड, सिएनएन लगायत नेपालकै संचार माध्यमलेपनि उठाएबाट बुझ्न सकिन्छ । माओवादीको प्राय आलोचना गर्ने नेपालका सञ्चार माध्यमलेपनि सकारात्मक भएको उल्लेख गरेका छन । अझ कतिपय बिदेशी संचार माध्यमले त प्रचण्डलाई निकै सुझबुझपूर्ण र चलाख नेता भनेर टिप्पणीसमेत गरेका छन । मेरो बिचारमा त्यसकोलागि त अझै कुर्नै पर्छ ।

तरपनि के सम्म भन्नलाई आँट भने गर्नै पर्छ भने अहिलेसम्म जति भारत भ्रमण भए ति मध्ये सबैभन्दा महत्वपूर्ण, स्पष्ठ र नेपालको हितमा डटेर आफ्ना शर्त राख्ने काम यहि पटक भएको छ । भएका सहमतिलाई आगामि सरकारले त्यसैगरि डटेर अगाडि बढायो भने नेपालको हितमा धेरै काम हुनसक्छ । त्यसो त, सरकार, पार्टी र नेताका नराम्रा कामको आलोचनापनि गर्नै पर्छ । त्यसो गरेमात्रै सचेत गराउन सकिन्छ सरकारलाई । तर सरकारमा गएको दुइ महिनापनि नहुँदै केहि गरेन भन्नुचाहिँ नेपाली कांग्रेसको सय प्रतिशतनै खराब नियत हो । तपाइहरुलाई जेसुकै लागोस अहिलेकालागि मेरो धारणा भने यहि हो ।

 (सुगौली सन्धिमा के के छ हेर्नकालागि यहाँ क्लिक गर्नुहोस)

तलका समाचार हेर्नुस त अझ धेरै प्रष्ट हुन्छ—

सन्धिहरू पुनरावलोकन र अद्यावधिक गरिने

माओवादीको विरोध गर्न दबाब

नेपाल भारतबीचका सन्धि सम्झौताहरू पुनरावलोकन हुने

नेपाललाई सहयोग जारी राख्‍ने भारतीय भनाइ

भारतसंग चुलिंदो व्यापार घाटाबारे कुरा हुने

‘कोसी बांध टूटने के लिए भारत ज़िम्मेदार’

प्रचंड के एजेंडा में कोसी सबसे ऊपर

नए सिरे से परिभाषित हों रिश्ते: प्रचंड

भारत के साथ अतुलनीय रिश्ता: प्रचंड

प्रचंड की मनमोहन सिंह से मुलाक़ात

भारत दौरे पर दिल्ली पहुँचे प्रचंड

बहुदलीय व्यवस्था का कठिन गणित  

तपाइँको प्रतिक्रिया