के के विषयमा कुरा उठाउँदैछन प्रचण्डले भारतसँग ?

nepal-india-flag.jpgप्रधानमन्त्री प्रचण्डको भारत भ्रमण भोलीबाट हुँदैछ । भ्रमणबारे बिभिन्न टिका टिप्पणी उठ्नु स्वभाविक छ । बरु यो सरकार काम चलाउ मात्रै भएकोले कुनैपनि सन्धि संझौता नगर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायत केहि झिना मसिना दल र केहि बिज्ञहरुले जोड दिएका छन । तर माओवादीकै एक शक्तिशाली नेता मोहन बैद्द (किरण) ले भने जननिर्वाचित सरकार भएकाले यो सरकारलाई सन्धि संझौता गर्ने अधिकार छैन भन्नु हाँस्यास्पद भएको प्रतिक्रिया दिएका छन । बरु उनले बिगतको सरकारले झैं हचुवाका भरमा कुनै सन्धि संझौता नगर्ने र सन १९५० को सुगौली सन्धि खारेजीको कुरा जोडदाररुपमा प्रचण्डले उठाउने बताए । प्रधानमन्त्री स्वयंले भने अहिलेको भ्रमण सद्भावना मात्रै भएकोले आफुले कुनै सन्धि संझौता नगर्ने बताइसकेका छन । यद्दपि प्रधानमन्त्रीले द्विपक्षिय व्यापार र बिगतमा भएका बिभिन्न सन्धि संझौताको खारेजी र पुनरावलोकनबारे कुरा उठाइने तयारि भइरहेको श्रोतहरुले उल्लेख गरेका छन ।

प्रधानमन्त्रीले भारतसितके के कुरा उठाउँदैछन त बुँदागत रुपमै हेर्नुस   

कोशी संझौताको पुनरावलोकन गर्ने (यो सन्धिको म्याद ९९ वर्षका लागि तोकिएको छ)

कोशी तटबन्ध निर्माण र फुटेर बिस्थापित भएकाहरुकोलागि भारतसँग राहत माग्ने

सन १९५० को सुगौलिसन्धि पुनरावलोकन वा खारेजीको माग गर्ने ।

गण्डक सम्झौताको खारेजी

महाकाली सन्धिको पुनरावलोकन

नेपालभारत पारवहन सन्धि र वाणिज्य सन्धिको पुनरावलोकन ( यि सन्धिबाट नेपाल ठगिने गरेको बताइने गरिएको छ)

सुस्तादेखि कालापानीसम्म भारतले मिचेका जमिन फिर्ता र सिमा ब्यवस्थापन

पूर्वी नेपालमा वर्षौदेखि बसिरहेका भूटानी शरणार्थीहरुको स्वदेशफिर्ताबारे (यसमा भारतीतहरुले भारतको बाटो हुँदै भूटान फर्कन अवरोध गर्दै आएका छन) ।

नेपाली सामानहरु भारतिय बजारमा प्रवेश 

भएका असमान सन्धि संझौताबारे भारतिय सरकार समक्ष खारेजी वा पुनरावलोकनको प्रधानमन्त्री प्रचण्डले जोडदार रुपले माग उठाउनुपर्ने आफ्नै पार्टीले निर्णय गरेको छ ।  

तर के सक्लान त प्रचण्डले यि विषयहरु जोडदाररुपमा उठाउन ? तपाइहरुलाई कस्तो लाग्छ ? राय के ? प्रचण्ड भारतकालागि नेपालबाट हिँड्नुपूर्व आफ्ना सुझावहरु राखिहाल्नुस

तपाइँको प्रतिक्रिया