नेपाल टुक्र्याउने शर्त मानेर को बन्ला प्रधानमन्त्री ?

प्रधानमन्त्री पदका लागि त्रिपक्षिय दौड चलिरहेको छ । तिन वटै प्रमुख पार्टीका तिन नेता प्रचण्ड, झलनाथ खनाल र रामचन्द्र पौडेल मैदानमा छन् । अहिलेसम्मको स्थिति हेर्दा कांग्रेसलाई एमालेले, एमालेलाई माओवादीले, माओवादीलाई तराईका पार्टीले समर्थन गर्ने आशा छ । स्थिति यही हुन्छ भन्ने देखिएको छैन । तर अन्तिम अवस्थामा यी तिन पार्टी मध्ये मधेशी पार्टीहरूले जसलाई समर्थन गर्‍यो उसैले जित्ने अवस्था देखिएको छ । तर स्पष्ट छ- मधेशवादी दलहरूको मुख्य माग सम्पूर्ण मधेशलाई एक स्वायत्त प्रदेश स्विकार्नु पर्ने । त्यो भनेको हाम्रो मात्रिभूमीलाई टुक्र्याउनु । नेपाल आमाको शिरमाथि विखण्डनको छुरी धस्नु हो ।

अहिले राजनीतिक पार्टी फुटेका बेला ती मधेशवादी दलले त्यही शर्त राखेका छन्- हाम्रो मधेश मुद्दा जुन दलले समर्थन गर्छ त्यही दललाई समर्थ गर्छौं । त्यसो भए के प्रधानमन्त्री बन्नका लागि आफ्नै नेपाल आमामाथि छुरी धस्छौ त कांग्रेस, एमाले र माओवादीले ?

माओवादीले सम्पूर्ण मधेश एक प्रदेशको मुद्दा लाई स्विकार गरेन । तैपनि विगतमा माओवादी मधेश मुद्दामा बढि नरम देखिएको हो । एमाले अझ बढि अडिग रहेको हो । नेपाली कांग्रेसले समर्थन र बिरोध दुबै गरेन स्पष्ट सित । अझ भन्दा कुनै स्पष्ट धारणा दिएन । तैपनि स्वर्गीय नेता प्रधानमन्त्री गिरिजा प्रसाद त्यसको विरुद्धमा थिए नै सिंगो नेपाले कांग्रेसले निर्णय नगरेपनि । त्यसैले यी तिन वटै दल समग्र मधेश एक प्रदेशको मुद्दामा सहमत थिएनन् ।

तर अहिले प्रधानमन्त्री पदको दौडाहामा तिन वटै दल मरिमेटेर , ज्यान फालेर लागेका छन् मधेशी दललाई फकाउन । मधेशवादी दलले यही मौकाको फाइदा उठाउँदै शर्त राखेका छन्- मधेशको मुद्दा समर्थन गर्ने दललाई भोट हाल्छौं भन्दै । यिनको मुद्दामा समर्थन जनाउनु भनेको नेपाललाई टुक्र्याउनु हो । आफ्नो पार्टीको सरकार बनाउने, प्रधानमन्त्री पद पड्काउने नाममा कुन दलले देश टुक्र्याउने मुद्दा समर्थन गर्ने रहेछ । कुन दल राष्ट्रियतावादी रहेछ । कुन बिखण्डनवादी रहेछ । सम्भवतः भोलि हुने प्रधानमन्त्री पदको निर्वाचनबाट थाह हुने छ ।

तर हामी भन्छौं-खबरदार नेता हो नेपाल आमामाथि छुरी धस्ने मागलाई संबोधन नगर ।  नेपाली नेपाली फुटाउने, देश टुक्र्याउने, राष्ट्रियतालाई विदेशीको इशारामा बेच्नेहरुको मागलाई संबोधन गरेर कुर्सीमा नबस । यदि नेपाल आमामाथि छुरी धस्ने निर्णयको समर्थन गर्छौ भने ढिलो चाँडो तिम्रा छाती, तिम्रो पार्टीको शिरमाथि छुरी धस्ने छन् ।

तपाइँको प्रतिक्रिया