नयाँ सरकारकालागि फेरी सुदको दबाब

अहिले नयाँ सरकार गठनको प्रक्रिया तिब्र छ । सबै दल आआफ्नै नेत्रित्वमा सरकार बनाउने कसरतमा छन् । तर कुन दलको अगुवाइमा, कसको नेत्रित्वमा सरकार बन्छ भन्ने चाहिँ हाम्रा दलहरूलाई नै पत्तो छैन । कारण स्पष्ट छ, दलहरू फुटेका छन् । फुटाइएका छ । एक अर्कामा विश्वास छैन । तिनले आम नेपालीका भन्दा विदेशीका कुरा सुन्छन् । नयाँ सरकार गठन गर्ने कसरत के भइरहेको छ यही बेला आजै भारतीय प्रधानमन्त्री राकेश सुद आज बिहानै प्रधानमन्त्री माधव नेपालसित खासखुस गर्न प्रधानमन्त्री निवास वालुवाटारनै पुगेका थिए ।

आफ्ना गुरुले के भने ? के सन्देश दिए ? के पढाए ? के सिकाए ? ती कुरा प्रधानमन्त्रीले किन सार्वजनिक गर्थे ? प्रधानमन्त्री नेपाललाई भेट्न सुद बालुवाटार छिरेका बेला नेपाली कांग्रेसका नेता क्रिष्ण सिटौला र बिमलेन्द्र निधिपनि प्रधानमन्त्री निवास पुगेका थिए । तिनीहरुबिचपनि कांग्रेसले सरकारको नेत्रित्व गर्न पाउनुपर्ने बारेमा कुराकानी भएको बताइन्छ ।

यो बेला प्रधानमन्त्री बन्न कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल कस्सिएका छन् । कांग्रेसले सरकारको नेत्रित्व दाबी गरिरहेको छ । उता एमाले अध्यक्ष झलनाथ खनालले अबको सरकारको नेत्रित्व गर्न खोजिरहेका छन् । प्रधानलाई सुदले के भने बाहिर नआएपनि अबको सरकार नेपाली कांग्रेसको नेत्रित्वमा बन्नु पर्ने र त्यसको लागि एमालेले कांग्रेसलाई समर्थन गर्नु पर्ने दबाब भारतीय राजदूत सुदले दिएको बताइन्छ ।

तर सुदको धम्क्याइबिचपनि एमालेले आफ्नै नेत्रित्वमा सरकार बनाउने कसरत छोडेको छैन । नयाँ सरकार गठनका विषयमा आजै नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै छ । सरकार कसरि बनाउने, कस्तो बनाउने भनेर खाका तयार पार्दै छन् ।  त्यही केन्द्रीय समितिको बैठक अगाडि प्रधानमन्त्री नेपाल, एमाले अध्यक्ष झलनाथ खनाल र केपी ओलीबिच वार्तालाप भएको छ ।

तपाइँको प्रतिक्रिया