माओवादी मन्त्रीनै ग्रिहमन्त्रीको कारवाहीमा !
अब सब पर्ने भए एक से एक कारवाहीमा । देश त छुमन्तरकि भने झैं खुब शान्त हुन्छ कि के हो ? ग्रिहमन्त्रीले माओवादी मन्त्रीलाईसमेत तह लगाउने भनेपछि बाँकि कोहि रहला त ? आज नेकपा (एमाले) का हरुवा तर सधैं बरिष्ठ भनेर पगरि गुथाइने नेता केपी ओलीले त्यस्तै धम्कि दिएका छन माओवादीलाइ । उनले वामदेव ग्रिहमन्त्री भएपछि देशमा शान्ति र हुलहुल्लजमा सुधार आएकोपनि बताएछन । अब वामदेवले यस्तो शान्ति कायम गराउने कि सरकारको नेत्रित्व गरेकै माओवादीका मन्त्रीलाई समेत तह लगाउने रे ! उनले सिधै भने-सन्किँदै कर्मचारीलाइ लगेर चर्पीमा थुन्नेलाईपनि ठिक पारिन्छ ।
तपाइँहरुलाई थाहै होला नि यो कसलाई भन्न खोजेको ? तत्कालिन वनमन्त्री तथा अहिलेका भूमि सुधारमन्त्री मात्रिका यादवलाई होइन त ? मात्रिका यादवले हो नि सामुदायिक वनमा वालुवा झिक्न नदेउ भन्दा आदेश नमानेको भन्दै ललितपुरका वन कर्मचारीलाई चर्पीमा लगेर थुनेका । भनेपछि अब मात्रिका यादवपनि पर्ने भए त कारवाहीमा ? ओलीले त्योसम्म गराउन सक्लान त ? यस्तो आँट गरेर देखाउन सके त किर्तीमाननै भएन त ? उनले आज नेकपा (एमाले) ले वामदेवलाई फोटो पोज दिन मात्रै नपठाएर कर्मचारीलाई चर्पीमा थुन्ने मन्त्रीसम्मलाई कारवाही गर्न पठाएको पो बताए त । गोली जस्तो छैन त ओलीको बोली ?
त्यति मात्रै हो र ? ओलीले त माओवादी अब आठ वर्षमा चट हुने भविष्यवाणीसमेत गरेका छन । माओवादी जति सरकारमा बस्छ उति सकिँदै जान्छ रे उनको भनाइमा । अर्को चुनावमा त माओवादीको सर्वनाक हार हुन्छ रे झन । यसो भन्दा चाहिँ अलि शंकै लाग्यो है । कतै बिदेशीका आड भरोसामा वा चुनावपूर्व सरकार परिवर्तन लगायत अनेक गरेर चुनाव बिथोल्ने दाउ त होइन ? नत्र केका आधारमा अहिल्यै यत्रो भविष्यवाणी ? के मिल्ला त ओलीको भविष्यवाणी ?
मात्रिका संबन्धि ब्लग
वनमन्त्री यादवको रिस महानिर्देशकमाथि ।




