सेनाको मामिलामा गल्ति गरे प्रचण्डले

nepals-priminister-prachand-nepalplus.jpgबिद्रोही वा प्रतिपक्षमा हुँदा जे सुकै होस, तर आधिकारिकरुपमा राज्य सञ्चालनमा रहनेको सुरक्षा गर्ने पहिलो दायित्व राष्ट्रिय सुरक्षा निकाएको हो । तर हिजो प्रचण्डले प्रधानमन्त्रिको पदमा रहँदा रहँदैपनि आफ्नो सुरक्षामा नेपाली सेना र नेपाल प्रहरीलाई भन्दा बढि महत्व दिए आफ्नो जनसेनालाई । उनी राष्ट्रको विधिवत सेना र नेपाल प्रहरी भन्दा बढि माओवादीको जनसेनाको सुरक्षामा घेरिएका थिए । तर्क आ आफ्नै हुन सक्छन- नेपाली सेना अझैपनि प्राजातान्त्रिक भइसकेको छैन । त्यो अझैपनि पुरानै राजतन्त्रप्रति बढि बफादार रहन सक्छ । माओवादीप्रति उसको हेर्ने द्रिष्टिकोण अझै पूर्णरुपमा सकारात्मक बनिसकेको छैन आदि इत्यादि । तर वास्तबिकत के हो भने सरकारको आधिकारिक निकाय र ब्यक्तिको सुरक्षा सरकारी सुरक्षाकर्मीलेनै गर्ने हो । किनभने राष्ट्रको सुरक्षा निकाय समग्र रुपमा राष्ट्रपति बफादार हुन्छ । त्यसैका लागि उसले राष्ट्रको नुन पानी खाएको हुन्छ । त्यही कसम खाएर उ गएको हुन्छ । उ सबै पार्टी, सबै खाले बिचार र आम जनताप्रति जिम्मेवार रहन्छ । रहनुपर्छ । तर कुनै पार्टीको सेना त्यहि पार्टीप्रति बफादार हुन्छ । त्यहि पार्टीका बिचार र सिद्दान्तबाट प्रेरित हुन्छ उ । त्यसैलाई मलजल गर्छ उसले ।  प्रचण्ड हिजो बिद्रोही नेता थिए । सरकारमा नजाउन्जेलसम्म उनले सरकारी सुरक्षाकर्मीमाथि भर गरेनन । त्यसो गर्न उनले पाउँथे । अहिले उनी राष्ट्रको सर्बोच्च कार्यकारी स्थानमा छन । उनी राष्ट्रका सबै जनताको अभिभावक हुन । आफ्नो र आफ्नो पार्टी विशेषको हित मात्रै हेरेर पुग्दैन । उनले सम्पूर्ण राष्ट्रकै जिम्मेवारी लिनुपर्छ । बिद्रोही नेता रहँदाको ब्यवहार कार्यकारी अधिकार लिएर बसेको सर्बोच्च ब्यक्तित्वका हिसाब मान्य हुँदैन ।  माओवादीहरु शान्तिमार्गमा आइसकेपछिपनि नेपाली सेनाका आधिकारीक ब्यक्तिहरुबाट माओवादी प्रति गरिने ब्यवहार केही खोटो थियो भन्ने सबैले अनुभव गरेकै हो । त्यसैले उनमा राष्ट्रिय सुरक्षाकर्मी र खासगरि नेपाली सेनाप्रति कम विश्वास हुन सक्छ आफ्ना जनसेना प्रति भन्दा । तर अब देशको राजनितिक परिस्थिति, अनि देश र जनताको चाहना बमोजिम त्यसलाई परिवर्तन गरि लोकतान्त्रिकरण गर्ने जिम्मेवारी सरकारकै हो । यसमा अब सबैभन्दा ठुलो जिम्मेवारी र अवसर दुबै स्वयं प्रचण्डै हो । नेपाली सेनाका केही अधिकारीहरुमाथि अविश्वास भए उनले सरकार प्रमुखका हिसाबले परिवर्तन गरि विश्वासयोग्य पात्र ल्याउन सक्छन नै । तर सम्पूर्ण संस्था प्रति नै अविश्वास भने गर्नु हुँदैन ।  देशमा नेपाली सेना र प्रहरी मात्रै होइन, प्रजातान्त्रिकरण गर्नुपर्ने धेरै क्षेत्र र निकाय छन । २४० वर्ष देखि राजतन्त्रले आफुप्रति बफादार नेपाली सेना र प्रहरीलाई मात्रै होइन सम्पूर्ण प्रशासनिक क्षेत्रलाईनै बनाएको हो । त्यसैले नेपाली सेनालाई मात्रै त्यसमा खोटी देख्नु गलत द्रिष्टिकोण हो । देशको सुरक्षा अंगलाई सुधार गरेर, प्रजातान्त्रिकरण गरेर, तिनको मनोबल उच्च बनाएर र तिनलाई सही ढंगले उपयोग गरेरै तिनको मन जित्न सकिन्छ । त्यो नै राष्ट्र, जनता र स्वयं माओवादी पार्टीकोपनि हितमा हुन्छ । न कि तिनलाई अलग्याएर, तिनको मन कुँड्याएर र सधै राजतन्त्रका बेलाको तिनको भूमिकासँग दाँजेर । फोटो-हाम्रो ब्लग

तपाइँको प्रतिक्रिया