भ्रष्टाचारको पोल खुल्ने डरले ग्रिह र रक्षा चाहिएको ?
नेपालमा सबै भन्दा बढि भ्रष्टाचार कहाँ हुन्छ ? नहुने ठाउँ कहि कतै छैन तर बढि भन्सारमा हुने गर्छ । अनी सडक र विमानस्थलमा । त्यहि पढ्दै र सुन्दै आएको हो हामीले । तर होइन रहेछ । सबैभन्दा बढि भ्रष्टाचार त ग्रिह र रक्षा मन्त्रालयमा पो हुने रहेछ । आज राजधानीमा भएको एउटा कार्यक्रममा माओवादीका नेता डा. बाबुराम भट्टराईले त्यसको पोल खोले । सुरक्षा निकाए संबेदनशिल हुन्छ भनेर सार्वजनिक टिका टिप्पणी गर्न बन्देज गर्ने, धम्क्याउने, सुरक्षा क्षेत्रलाई हतोत्साहित र कमजोर पार्ने खेल भनेर तर्साउने अनि भ्रष्टाचार गरिने रहेछ । भन्सार कार्यालयमा भन्दापनि भ्रष्टाचार हुने भनेपछि कति भ्रष्टाचार हुन्छ होला रक्षा र ग्रिहमा ?
माओवादी नेता भट्टराईले आज नेपाली कांग्रेसले किन रक्षा मन्त्रालय छोड्न नमानेको भन्ने पोलपनि खोलेका छन । बिगतमा समुद्रै डुब्नेगरि भ्रष्टाचार गरेको छ रे कांग्रेसले । अनि अब माओवादी सरकारमा गयो भने त्यसको पोल खोल्छ भन्ने डरले रहेछ । ग्रिहको पारापनि उहि हो । यि दुइ मन्त्रालयमा अति धेरै भ्रष्टाचार भएकाले त्यसको ढाकछोप गर्न र अझै भ्रष्टाचार गरेर अकुत सम्पत्ति लुँड्याउन रहेछ कांग्रेस र एमालेले ग्रिह मन्त्रालय छोड्न नचाहेको । त्यसमा उनको आरोप त पक्कै थपिएको होला तर झुटा नै हो भन्न चाहिँ मिल्दैन । किनभने माओवादीले सरकरमा गएर पक्कै धेरै भेउ पाइसकेको छ । चोर दुल्काहरु हेरिसकेको छ ।
दालमा केही कालो छ भन्ने त कसरिपनि बुझिन्छ भने त्यो मन्त्रालय नभइनहुने किन ? जहिलेपनि त्यहि मन्त्रालय नछोड्ने कांग्रेसको अडानका कालणलेपनि त्यो आरोपलाई सिद्द गर्नै बल मिल्छ । अनि ग्रिह र रक्षामा भ्रष्टाचार हुने गरेको चर्चा निकै चल्ने गरेको पनि हो । तर रक्षा मन्त्रालयले सधैं धम्क्याउने गरेको थियो उसका बिरुद्द केही समाचार बाहिर आउँदा । राष्ट्रको सुरक्षा निकायबिरुद्द केहि बोल्न पाइन्न भन्ने गरिन्थ्यो । सेना बिरुद्द टिकाटिप्पणी गर्दा सेनाले सिधै रक्षा मन्त्रालयमा बोलाएर धम्क्याउने गर्थ्यो ।
माओवादीलाईपनि त्यहि पोल खोल्नका लागि होला फेरि त्यहि मन्त्रालय चाहिएको । हुन त नेपाली कांग्रेसले रक्षा मन्त्रालय लिए माओवादी जनसेनालाई नेपाली सेनामा समाबेश गर्न भाँजो हाल्छ भनेरपनि पक्कै हो । माओवादीलाईपनि त्यो रक्षा मन्त्रालय पाए आफ्नै हात जगन्ननाथ गरौंला भनेर होला पक्कैपनि । तर भट्टराईले त्यसलाई निहुँ बनाएको मात्रै हो नेपाली कांग्रेसले, वास्तबिकता त भ्रष्टाचारै हो भनेका छन । आफुलाई त्यहि मन्त्रालय किन चाहिएको भन्ने चाहिँ खुलाएनन ।




