सरकारको नेत्रित्व कांग्रेसले लिने !
सरकारको ताला चाबी छोड्न आनाकानी गर्दै आएको नेपाली कांग्रेसले अब सरकारको नेत्रित्व आफैं लिने निर्णय गरेको छ । लामो समयदेखि सरकारको नेत्रित्व लिन खोजेको कांग्रेसको कसरत अब सफल हुन बेर छैन । संविधान सभामा बढि सिट जोसुकैले ल्याओस । नेपालमा कानुन, प्रावधान, औपचारिकता, प्रचलित मान्यताले काम गर्दैन । संबिधान सभामा नेपाली कांग्रेसले भन्दा दोब्बर सिट जितेको माओवादीले सरकार गठन गर्ने संभावना अब ज्यादै क्षिण बनेको छ । बरु माओवादीले सरकारको नेत्रित्व लिन नसकेको आरोप नेपाली कांग्रेसले लगाएको छ । माओवादीले भने कांग्रेसको सत्ता लिप्साका कारणले गर्दा राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेको र उसले सत्ता नछोडेको आरोप लगाएको छ । आज काठमाडौंमा बसेको कांग्रेसको बैठकले नेकपा (माओवादी) ले राष्ट्रिय सहमति बनाउन नसकेको, अन्य दललाइ विश्वासमा लिन नसकेको भन्दै अबको सरकारको नेत्रित्व नेपाली कांग्रेसले नै लिनु पर्ने निर्णय गरेको हो । आगामी सरकारको नेत्रित्व आफैंले लिने गरि सरकार निर्माणकालागि अन्य दलहरुसँग छलफल अघि बढाउने निर्णय पनि कांग्रेसको बैठकले गरेको छ ।
तर बैठकमा केही सदस्यहरुले भने माओवादीलाई एक्ल्याएर सरकार बनाउन नहुने बताएका थिए । माओवादीलाई एक्ल्याए फेरि देशमा अशान्ति मच्चिन सक्ने बताएका थिए । कतिपय सदस्यहरुले भने नेपाली कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने तर्क गरेका थिए । तर अधिकांश सदस्यहरु भने नेपाली कांग्रेसलेनै नेत्रित्व लिनुपर्ने पक्षमा थिए । अाजको यो निर्णयसँगै अब नेपाली कांग्रेसले बिभिन्न दलहरुसँगको छलफललाई तिब्रता दिनेछ आफ्नै नेत्रित्वको सरकार बनाउन । आजै बिहान मात्रै नेकपा (माओवादी) का अध्यक्षले प्रचण्डले एक साता भित्रमा नेकपा (माओवादी) को नेत्रित्वमा सरकार गठन हुने बताएका थिए भने नेपाली कांग्रेसका केहि सदस्यहरुलेपनि माओवादीकै नेत्रित्व राष्ट्रिय सहमतीको सरकार गठन हुनुपर्ने बताएका थिए । तर प्रधानमन्त्रि कोइराला भने केहि समय अघिदेखिनै माओवादी बेगरको सरकार गठन गर्न प्रयासरत थिए ।




