यस्ता हुन्छन जनताप्रति जिम्मेवार नेता

segolene_royals_letter.jpg

अघिल्लो वर्षको मे महिनामा फ्रान्समा राष्ट्रपतिय निर्वाचन भयो। यिनि त्यो निर्वाचनमा राष्ट्रपतिको उम्मेदवार थिइन समाजवादी पार्टीकि नेत्रि सेगोलेन रोइयाल । उनले निर्वाचन त हारिन तर ४८ प्रतिशत जनता उनैको पक्षमा देखिए । उनैलाई मत दिए। हेर्नुस त यहाँका नेता (अथवा कम्तिमा यि नेत्रि) कति जिम्मेवार हुने रहेछन आफ्ना जनता प्रति, आफ्ना मतदाताप्रति। यो उनले एकजना मतदातालाई लेखेको पत्र हो । मतदाता एक जना वातावरणवादी हाम्रि साथी थिइन। उनले रोयललाई यदि तपाईले जितेमा वातावरणका क्षेत्रमा यसो यसो गर्नु राम्रो हुन्छ भन्ने मेरो सुझाव छ भन्दै पत्र लेखिछन । हाम्रो देशमा भए के त्यो पत्र हात पर्दो हो त्यत्रो नेताको ? पर्थेन। उदाहरण मैं छु ।
 
म कामना प्रकाशनमा काम गर्दा एक पटक समाचारपत्रका लागि नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग अन्तरवार्ता लिनका लागि लिखित पत्र पठाएका थियौ म र पत्रकार बिनोद ढुंगेल (हाल उहाँ नेपाल एफ एममा कार्यरत) भएर । किनभने त्यो बेला लिखित अनतर्वार्ता पाउनपनि मुश्किल थियो प्रचण्डको। मेहनत गरेर दुइजना बसेर प्रश्न पठाइयो । उत्तर आउँछ आउँछ भने केहि हप्तासम्म। तर डेढ महिनाजति पछि प्रश्न नै हरायो, माफ पाउँ, फेरि लेख्नुस पठाउछौं भने । काठमाडौंका जिल्ला तहका माओवादी नेताले । पत्र माओवादीका तत्कालिन केन्द्रिय सदस्य रविन्द्र श्रेष्ठ (हाल एमाले प्रवेश) को हातमा सम्म पुगेको थाह पाइयो। ल हेर्नुस त हाम्रा नेताको ताल ।
 
देशको एउटा राष्ट्रिय दैनिकप्रति उनीहरुको ब्यवहार देखियो। अनि के को प्रश्न फेरि पठाउनु ! लौ तिम्रा नेताको चाकरि तिमिहरुनै गर । बरु डिब्बामै हालेर राख हामीलाई चाहिएन तिम्रो प्रचण्डको अन्तर्वार्ता भनिदिएँ मैले। प्रचण्डको एउटा अन्तर्वार्ता नदिएर सगरमाथा पर्वतनै सम्मिएपनि सम्मियोस त भने जस्तो लाग्यो ।

 तर यि सेगोलेन रोयलले त्यो चुनावी चटारोमापनि उनको पत्रको जवाफ लेखिछन । “तपाइँले राख्नु भएको सद्भाव प्रति आभारी छु र तपाईले दिएका महत्वपूर्ण बिचारहरुमा भविष्यमा काम गर्न उद्दत छु ” भन्ने उनले जवाफ दिएकि छन सहि गरेर । जवाफ ति जिज्ञासु मतदाताको घरमै पठाइएको रहेछ हुलाक टिकट टाँसेर । आफ्ना मतदाताले पठाएको पत्रको जवाफ यहाँ दिइनेरहेछ ढिलै भएपनि । के हाम्रा नेताहरुले केहि सिक्न सक्लान यि सेगोलेन रोईयाल बाट ? कम्तिमा हाम्रा महिला नेत्रिहरुले भएपनि केहि सिक्न सक्थे कि !

तपाइँको प्रतिक्रिया