हिन्दी भाषालाई राष्ट्र भाषा बनाउँदै छौं-उपराष्ट्रपति

nepals-vice-president-parmendra-kumar-jha-nepalplus1.jpgउपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा सपथ लिएकोमा देश भरि बिरोध भइरहेको छ । एक पटक हिन्दीमा सपथ लिँदा त्यत्रो बिरोध हुन्छ भने झन हिन्दीलाई एउटा राष्ट्र भाषानै बनाए होला के ? हो, अब देखि हिन्दी भाषालाई राष्ट्रिय बनाउने अर्को योजना रहेछ मधेशी जनअधिकार फोरमको । फोरमले हिन्दी भाषालाई नेपालको एउटा राष्ट्रिय भाषानै बनाउने निर्णय गरेकोले  संबिधान सभामा हिन्दी भाषामा सपथ खाएको बताए आज उपराष्ट्रपतिले । फोरमले हिन्दि भाषालाई नेपालको संबिधानमै किटान गराएर राष्ट्रिय भाषाको मान्यता दिलाउने निर्णय गरेकोपनि बताएछन । आफ्नो पार्टीले राष्ट्रिय भाषाको मान्यता दिलाउने निर्णय गरेकोले आफुले हिन्दि भाषामा सपथ खाएको भन्दै आफ्नो बचाउपनि गरे   उनले हिन्दि भाषा नेपालमा नभइनहुने भाषा भएकाले त्यसलाई एउटा राष्ट्रिय भाषा बनाउनुपर्ने तर्कपनि गरेका छन । आफुलाई तराईका आम जनताले उपराष्ट्रपतिमा चुनेकाले तिनैको सम्मान र आदरकासाथ हिन्दि भाषामा सपथ खाएको बताए । देशभर उनको बिरोध भइरहेको र उनले माफी माग्नुपर्ने माग भइरहेकाले आफुले कुनै गल्ति गरेको आभास समेत नभएकाले माफी माग्नेबारे सोच्न समेत नसक्ने बताएर पन्छिन खोजेका छन उनी   बरु आफ्नो निहित स्वार्थ पुरा गराउन दुष्प्रयास गर्ने केही सिमित तत्वले मात्रै आफ्नो बिरुद्दमा नारा जुलुस र बिरोध गरेको आरोप पो लगाएका छन त झन । यसै त देशभरि बिरोध र नाराबाजी भइरहेको छ । उनको यस्तो गैह्र जिम्मेवार भनाई र हिन्दी भाषालाई संबिधानमै एक राष्ट्र भाषाकारुपमा मान्यता दिलाउने भन्ने उनको भनाईले अब कस्तो असर पार्ला त देश भर ?

तपाइँहरुलाई कस्तो लाग्छ ? के हिन्दि भाषालाई राष्ट्र भाषा बनाउनु उचित हो ?

तपाइँको प्रतिक्रिया