नेपाली कांग्रेसका युवा नेताहरुलाई खुल्ला पत्र

-सञ्जीव सत्याल

                                                                  मितिः २० फागुन २०६६

युवा नेताहरु, नेपाली कांग्रेस

बिषय : म तपाईहरुलाई जनता र समाजमा तपाईको शक्ति र महत्व अवगत गराउन चाहन्छु ।

यूवा नेताजीहरु,

यस पत्र मैले एक जना मित्रका सल्लाह अनुसार तपाईहरुलाई प्रशंसा गरेर आकर्शित गर्न लेखेको हुँ । तर म चाकडी गर्नै जान्दिन या गर्दै गर्दीन या म संग त्यस्तो मानसिकता नै छैन । त्यो नगरे वापत मैले मेरो अफ्नो नैर्सर्गिक (प्राकृतिक) अधिकार समेत गुमाएको छु । दुख पाएको छु । मेरो भनाई के छ भने जस्तो सुकै जटिल परिस्थिती आइपरोस ‘मालिक दस्तूरको लागि लडछ, हड्डीको लागि लडदैन । हडि्डको लागि त कुकुर मात्र लडछ’ । तर अभ्यासमा मैले के पाएँ भने सवै जना केवल आर्दश फलाक्छन तर दस्तूर कसैले कायम गर्दैनन् । किनभने मालिक भएको एहेसास कसैसंग पनि छैन । सवै मौका पाएको बेला लुटेरै खान पल्केका छन् । दलालै बन्न पल्केका छन् ।

तर प्रजातन्त्र भनेको चेतना हो । आज कांग्रेसको बीस वर्षे अभ्यास चेतनामा आधारित नभै चेतना रहीत दासत्व मानसिकता भएको चाकडीमा आधारीत छ । आजसम्म कांग्रेसको राजनीति भनेको राजा त्रिभूवनले टन्न रक्सि पीएर जो कसैलाई पनि भोली आउनुस म तपाईलाई मन्त्री बनाउछु ‘ भन्ने र भोली पल्ट त्यो व्यक्ति राजाले मन्त्री बनाउछु भनेका छन भनेर ठाँट्टिएर दरवार पुग्दा युवराज महेन्द्रले “बुवाले त रक्सि खाएर होस गुमेको अवस्थामा बोलिबक्सेको मात्र हो ” भनी फिर्ता पठाए जस्तो । आज तपाईका नेताहरुको पनि निगाह र मनपरिको गैह्रकानूनी राजनीति उही सात साले प्रबृत्तिको छ । यहाँ मैले आरोप लगाएर वा भनेर कुनै कुरा सही या गलत हुने हैन । तर जनताले जे सोचेका छन त्यो चाँही गलतै भए पनि हामीले सही मान्नै पर्छ । अतः लामो कुरा नगरौ, सीधा सीधा बिषयमा अवतरण गरौ । तपाईका बुढा नेताहरु जनताको नजरमा हर तरहबाट खलनायक सावित भैसकेका छन् ।

बाल कृष्ण खाँडले नेतृत्व गरेको नेपाल बिद्यार्थी संघमा लाखौ सदस्य थिए । राठौंडले नेतृत्व गरेको ने.वि.संघमा बुढा नेताहरुको व्यवहारले गर्दा त्यो संख्या घटेर केवल दश /वीस हजार सदस्य थिए होलान । तर अहिले प्रदीप पौडेलले नेतृत्व गरेको ने.वि.संघमा कोर एरियाका दुइचार हजार सदस्य छन् जवकी अरु ठूला पार्टीका भात्री संगठनहरुमा कम्तिमा पचासौ हजार कार्यकर्ता छन् । किनकी कांग्रेसका बुढा नेताहरुको गैह्रकानूनी, असभ्य र दुष्ट व्यवहारले दिक्क भएर कोही पनि पार्टीमा पाइला टेक्न चाहँदैन । र नेताको नामै सुन्न चाहँदैनन् । पार्टीमा त यो भन्दा नराम्रो अवस्था छ । पार्टीमा कूल सक्रिय कार्यकर्ता चालिस हजारबाट घटी चार पाँच हजारमा झरेका छन् । त्यसमा पनि राजनीतिमा सक्रिय कार्यकर्ता केवल डेढ दुइसय जना मात्र होलान जसको नाम हामी निरन्तर मेडियामा सुन्छौ ।

आजका बुढा नेताहरुको जनतालाई गर्ने दूर्ब्यवहार र निगाहको गैह्रकानूनी अमानविय व्यवहारलाई कुनै पनि हालतमा राजनीति र प्रजातन्त्र दुवै भन्न मिल्दैन । तर अव म जनताको हैसियतले तपाईहरुलाई नेताहरुलाई सुधार्नुस् वा तह लगाउनुस भन्दिन । अव उहाँहरुको पालो संपूर्ण रुपले सक्किएको छ । जस्तो मोवाइलमा व्याट्री सकिए पछि त्यसको व्याट्री फेरेर पनि केही फाइदा हुदैन त्यसरीनै अव नेतृत्व परिवर्तनको नाममा दोस्रो तेस्रो पुस्तामा नेतृत्व जादैमा पनि उही पुरानै र्ढरामा पार्टी चलाउने हो वा राजनीति गर्ने हो भने अर्को चुनाव सम्म पार्टी ३७ बाट घटी सात सिटमा झर्ने छ ।

आजको नेतृत्वको संस्कार भनेको प्रजातान्त्रीक संस्कारै हैन । त्यो संस्कारनै ध्वस्त नगर्ने हो भने र यिनै नेता कायम रहेको अवस्थामा तपाईहरुको पार्टी छोटो समयमा प्रजापरिषद जस्तो बन्छ । हामी जनतालाई उनीहरु सुध्रेको नाटक पनि चाहिएन । तपाईहरु युवा कांग्रेसले पनि आफ्नो शैली प्रजातन्त्रले खोजे अनुरुप परिमार्जित बनाएर प्रस्तुत हुनुहोला ताकी बुढा नेताका कारण पिडित र निराश जनता तपाईहरुसंग आशावादी हुन सकुन र जनता बीच खलनायक सावित भैसकेका बुढा नेताहरुलाई मैले संप्रेशण गरेको हस्ताक्षर पत्रमा चाँडो भन्दा चाँडो हस्ताक्षर अभियान गरी हटाउने एक मात्र विकल्प तत्काल अख्तियार गर्नुहोला । 

यदि तपाईहरुपनि बुढा नेताहरुको पदचिन्हमा हिँड्न थाल्नु भयो भने जनताले तपाईहरुलाई पनि फ्याँकिदिनेछन् । त्यसैले मैले भने झै आफू भित्र नयाँ प्रजातान्त्रीक संस्कार विकशित गर्दै पुरानालाई तत्काल विदावारी गर्नु होला । हैन भने तपाईहरुले पुरानै पुस्तालाई सुधार्ने वा कायम गरी उनीहरुकै पछि लाग्ने गरे जनताले विश्वास गर्दै गर्दैनन् । सत्ता र पद रोमान्स गर्ने विषय नै होइन । तीस बर्ष लडेर ल्याएको प्रजातन्त्र लागू नै नगरी नेताहरुले अपहरण गरी प्रजातन्त्रको सट्टा राणाकालको पारिवारीक निगाहको राजनीति गरेका हैनन् र ? जसरी गायकले गित गाउनु तपस्या हो उसले तपस्या गर्छ र पो हामी गित सुन्छौ, गाउँछौं । बैज्ञानिकशरुले जीवन भर दुख गरी मेहेनत गरकाले हामीले विज्ञानको उपलव्धि पाउँछौं । त्यसैगरी नेपाली जनतालाई ३० बर्ष त प्रजातन्त्र पाउन लड्नु पर्‍यो । त्यसलाई लागू गरी जनतालाई प्रजातन्त्रमा रत्याउन नेता गिरिजा प्रसाद जस्तो भोगी नभै जोगी जस्तो व्यक्ति नेता बन्नै पर्छ । यदि अव तपाईहरु पनि सत्ता, राजनीतिसंग रोमान्स गर्न थाले सद्धिनु हुन्छ । जोगी भएर राजनीति गर्न लागे समग्र कम्युनिष्टहरुलाई समाप्त पार्न सक्नु हुन्छ । मेरो राय मान्नु हुन्छ भने कांग्रेस जनताले चाहे जस्तो वा उसको नाम जस्तै जनताको प्रजातान्त्रीक पार्टी बन्दियोस् र पूर्ण प्रजातान्त्रीक बनेर चल्न थालोस देशबाट कम्युनिष्टहरु हराउदै जान्छन् ।

त्यसैले तपाईहरु खुट्टा दह्रो गरेर पुस्ता परिवर्तनको लागि हस्ताक्षर अभियान शुरु गर्नुस । तपाई युवाहरुको बुनियादमा टेकेर नेताहरु हामी जनतासंग प्रजातन्त्रको दुहाइ दिदै अनावश्यक धाक र रवाफ देखाई देखाई देशभरका युवालाई बाँच्न नसक्ने गरी अमानविय तरीकाले दूर्ब्यवहार गर्दागर्दै पार्टीभित्र प्रजातन्त्रका आधारशीला युवा विहीन बनाई सके । यदि शुरु देखिनै तपाईहरुले नेताहरुलाई जनतामाथी प्रति प्रजातान्त्रीक व्यवहार गर्न रोकेको भए करोडौ युवा निराश भएर देशै रित्तिने गरी विदेशिने पर्ने थिएन वा कम्युनिष्ट बन्ने थिएनन् र कांग्रेस अहिले जस्तो युवा र जनाधार विहिन पार्टी हुने थिएन । त्यसमाथी गिरिजा प्रसादका अहिलेका कदमले पार्टी नैतिकताविहिन पनि बनिसकेको छ । तर अव उनी मात्र हैन विगत बीस बर्षा कांग्रेसका ५० बर्ष नाघेकाले नेताहरुको चाकडी गरेर सत्तामा बसी धेरै जायज नाजायज तरीकाले मोज मस्ति गरे ती सवै फ्याँकिनु पर्छ । त्यस उमेर समुहमा जसले गर्न सकेनन् त्यो उनीहरुको कमजोरी मान्नु पर्छ  । यद्यपि आजसम्म जनतालाई दुख दिने नेताहरुको प्रति प्रजातान्त्रिक पागलपनलाई आफ्नो छाती थापि साथ दिने तपाईहरु नै त हो नी ! तर आज कांग्रेसका बुढा नेताहरुको पुरै समूहनै समाजमा खलनायक सावित भैसकेका छन् ।

राष्ट्र बैकको गभर्नर नियुक्ति गर्न ७ करोड, प्राधिकरणको प्रमुख पाँच करोड, रा.वा.वैक प्रमुखलाई ३ करोड, सरुवाको ५ लाख, प्रहरी इन्स्पेक्टरलाई ७ लाख, अर्सइलाई ३ लाखको सिलिङ्ग र हुँदा हुँदा नेताहरुले पैसा बुझाउने केही भगौडा प्रहरीलाई पूनर्बहाली गर्ने निकृष्ठ लेनदेन गरेका हैनन् ? अनि किन हुन्छ देशमा शान्ती ? गृह मन्त्रीले विषेश सुरक्षा योजना भन्छन तर त्यही गृह मन्त्रालय अन्तरगत देश भरका प्रहरी स्टेशनबाट उपल्लो तहलाई मासिक ढाइलाख बुझाउनै पर्छ भने शान्ती सुरक्षा कसरी कायम हुन्छ त ? यो तपाईहरुका बुढा नेताले लगाएका अघोशित दस्तूरहरु हुन्  । अतः  यदि तपाईहरुले उनीहरुको विरुद्ध बिद्रोह गरी उनीहरुलाई निकाल्नु भएन भने आइन्दा जनताको नजरमा तपाईहरुपनि खलनायक नै सावित हुनुहुने छ । यो त व्यक्तिगत रुपमा म भन्दै छु, तर जनता अहिलनै तपाईहरुलाई पनि खलनायकनै संझीदैनन् भनेर ठोकुवा त गर्न मिल्दैन नी ! किनकी तपाईहरुपनि बुढा नेताहरुको पदचिन्हमा हिडी जनतासंग उनीरुकै जस्तो दूर्ब्यवहार गर्नु हुन्छ । यो २१ औ शताव्दिमा जनतालाई प्रजातन्त्रको दुहाइ दिइ आआफ्नो घर घरमा चाकडीमा आउन बाध्य तुल्याउनु हुन्छ । तपाईहरुको व्यवहारपनि बुढा नेताको जस्तै अपमानजनक, असभ्य र जनताले मन नपराउने खालका छन्  ।

तपाईहरुका यस प्रबृत्तिमा आर्श्चर्यजनक परिवर्तन (U turn) हुन जरुरी छ ।  हुन त पुस्ता परिवर्तनको कुरा गर्दा ४० बर्ष उपयुक्त उमेर हुन्छ । तर काग्रेसका ५० वर्षसम्मका सदस्यहरु केहि गर्न नपाएर पुरै बर्वाद नै भएर कतिपय त मानसिक रोगी समेत बनेका छन् । अर्थात मेरो नजरमा उनीहरु दागी होइनन् भर्जिन छन् । आफ्नै नेताहरुबाट पिडित भएकै कारण उनीहरुले जीवनमा एक पटक भएपनि चान्स पाउनु पर्छ । तर चान्स कसैले किस्तिमा पस्केर दिने बस्तु त होइन नी । लडेर लिनुपर्छ । त्यसैले उनीहरुले पनि अन्य युवा कांग्रेससंग मिली सवै अफ्ठेरा र अवस्थालाई (मजा लुट्दै आएको नेतृत्वबाट निक्लिनै परे पछि बुढा नेताहरुले अनेकन बहाना र नाटक त गर्ने छन् नै ) चिर्दै आज खलनायक सावित भैसकेका बुढा नेताहरु विरुद्ध एकजूट भएर व्रि्रोह नगरे जनता बरु कम्युनिष्टको अत्याचारको सामना गर्न तैयार रहन्छन् तर यिनै बुढा नेता भएको कांग्रेसलाई मत दिदैनन् । र त्यसै कारण तपाईहरु पुरै रसातलमा पुग्नु हुनेछ । त्यसैले ५० भन्दा माथीका नेताहरु विरुद्ध जनतालाई हामी उनीहरु जस्तो होइनौ, उनीहरुको व्यवहारसंग हामी खुशी छैनौ भनी दर्शाउन पनि बिद्रोह गर्नु तपाईहरुको लागि आवश्यकता नै भईसकेको छ । हैन भने जनताले तपाईहरुलाई पनि विश्वास गर्दैनन् । तपाईहरुले बिद्रोह गर्ने हो भने अव पार्टीबाट तपाईहरु हैन नेतैहरु जान कर लाग्छ । व्रि्रोह भएको बखत पार्टीले कसैलाई निकाल्न सक्दैन किनकी पार्टीको स्वास्थ्य एकदम कमजोर छ । तपाँइहरुले आँट नगरेर मात्र हो, हैन भने तपाँइका बुढा नेताहरुले हामी जनतालाई जुन अमानविय दूर्ब्यवहार गर्छन त्यो तपाँइ युवा कार्यकर्ताको बुनियादमा टेकेर गरेका हुन । उनीहरु तपाँइहरुको कारण मात्र आज नेता बनेका हुन ।

तपाइहरुले चाहेको समयसम्म मात्र उनीहरु नेताहुन, त्यसपछि हैनन् । त्यसैले बिद्रोह गर्नुस । यद्यपि बास्तविक युवा त तपाईहरुको पार्टीमा छँदै छैनन् । तपाँइको पार्टीमा ने.वि.संघका केही सय विद्यार्थीहरु बाहेक हाल बीस देखि तीस बर्षा युवा त सायदै होलान, जो छन् युवा भनाउदा पनि युवावस्था काटीसकेका ४० भन्दा माथीका अधबैसे मात्र छन् । बीस या त्यो भन्दा मुनीका त जम्मै या माओवादीका कव्जामा छन् या तपाँर्इहर्रुका बुढा नेताहरुको व्यवहारले तर्सेर विदेशिएका छन् । तर पनि तपाइहरु बुढा नेताहरुलाई साथ दिनु हुन्छ भने तपाईहरु पनि खलनायकनै ठहरिनु हुने हुनाले तुरुन्त व्रि्रोह गरी बुढा नेताहरुलाई पार्टीबाट निकाल्नोस । राठौंर, गगन थापा, नविन्द्र राज जोशी, होम राज दाहाल, राम कृष्ण चित्रकार, विनोद कायस्थ लगायत जस्ता समस्त युवा पङ्गतीले एकै स्वरमा बिद्रोहको आवाज केवल घन्काए मात्र, बुढा नेताहरुको कुनै पनि तर्कले काम गर्दैन र उनीहरुले राजनीति नै छाड्न बाध्य हुनुपर्छ ।

 तपाइहरुले त्यो गर्न नसके सवै मिलि मलाई गर्ने मौका दिनोस म ५० नाघेका सवै कांग्रेसी नेतालाई जनताबीत तानेर ल्याइ बौद्धिक लर्डाई लडेर दुनियाको सामू हर्राई दिन्छु । या तपाँइकोलागि मैदान साफ गरीदिन्छु । त्यति मात्र हैन म देशबाट कम्युनिष्टहरु समेत बढार्ने क्षमता राख्छु । तर त्यसको पहिलो बुनियाद कांग्रेसमा पुस्ता परिवर्तन नै हो । मैले गत चुनाव अघि कांग्रेसका प्राय सवै नेताहरु कहाँ पार्टीलाई यसो यसो गरी ८० प्रतिशतले जिताउन सक्छु भनेर योजनाहरु पेश गरेको थिएँ । तर सव नेताहरुले मलाई असभ्य तरिकाले अपमान गरेर पठाए र चुनावमा पार्टीलाई पनि हराए । विश्वास नभए शोभाकर पराजूलीसंग कागजात छ मगाएर हेर्नुहोला । मेरोलागि कम्युनिष्ट, कांग्रेसको असफलताको नतिजा मात्र हो । अहिलेको बुढा कांग्रेसको लागि जस्तो ‘कमिलालाई मुताको पैह्रो’ चाँही होइन, कम्युनिष्ट कम्युनिष्ट नै होइनन केवल हाउगुजी मात्र हुन । कांग्रेसले मैले भने जस्तै पूर्ण प्रजातान्त्रीक अभ्यास मात्रगर्न थालोस समाजबाट कम्युनिष्ट स्वतः हराउँदै बिलाउँदै जानेछन भनेर प्रमाणित गरीदिन सक्छु  । बाँकी तपाईहरुको इच्छा ………….।

 १२८ चारबूर्जा मार्ग, कमलपोखरी

काठमाडौं

फोन नं. ०१४४१२७९४/ मोवाइल ९७२१३११८९८

इमेलः [email protected]

[email protected]

[email protected]

तपाइँको प्रतिक्रिया