पतन भएन त कोइरालावादको ?

girija-prasad-koirala.jpgसर्वनाक हार खाएकी, कुनै प्रशासनिक क्षमता र राजनीतिक छबी नभएकी आफ्नी छोरीलाई नेता, पार्टी र जनताको ईच्क्षा बिपरित दबाबका भरमा उपप्रधानमन्त्री बनाएपछि मैले त्यति खेरै ‘सुजाताको पद संगै कोरालावादको अन्त्य’ शिर्षकमा लेखेको थिएँ, राम्रो भयो यो घटनाले । किनभने कोरालावादको अन्याय, अत्याचार, एकलौटीपन, हठ, जबर्जस्ती, नातावाद, गैह्र प्रजातान्त्रीक हस्तक्षेपको यो अन्तिम रुप हो । अब कम्तिमा यो घटना संगै नेपाली जनताले यस्ता घटना व्यहोर्नु पर्दैन । यो नै अन्तिम रुप हो भनेर । नभन्दै त्यहि भएन अहिले ? नेपालको प्रजातान्त्रीक परिवर्तनको क्रममा सबैबह्न्दा बढी समय प्रधानमंत्री बनेका र नेपालको पुरानो पार्टीको सर्बोच्च पद डेढ दशक भन्दा बढी ओगटेर सबै भन्दा बढी शक्ति हत्याएका गिरिजा प्रसाद कोइरालाको अन्तिम पतन भएन अहिलेको नेपाली कांग्रेसको महासमिति बैठकबाट ?

 डेढ दशक भन्दा लामो समय देखि पार्टीमा एक छात्र रजाई चलाएका थिए कोइरालाले । नेपाली कांग्रेसलाई कोइराला परिवारको निजि कम्पनी जस्तो ठान्थे उनी । प्रजातन्त्र, मानव अधिकार, प्रजातात्रिक आचरण, सामूहिक नेतृत्व यी सब उनको मुखका खेल थिए । कोइराला परिवारको आदेश जस्तो थियो । मन पर्दा जस्तालाईपनी उनले टपक्क टिपेर सत्ता र पार्टीमा ल्याउँथे । स्थापित गराउँथे । मन नपर्नासाथ गल्हात्याउँथे । उनलाई पार्टीका नियम, कानुन, आचरण, सिमा, प्राजातान्त्रीक तरिका र पद्दती कहिले छुंदैनथियो । त्यसै गरि गरि उनले कोइराला परिवारको हाली मुहाली पार्टीमा मात्रै गराएनन कि सत्तामापनी । उनका परिवारको मात्रै नभएर नातापाता र आउरे बाउरेहरुको पनि सत्ता र पार्टी दुबैतिर निकै चुरी फुरी चल्थ्यो ।

 तर त्यस्तो प्रजातान्त्रका नाममा हुकुमीकरण के सधैं टिक्छ ? अहिले जीवनका अन्तिम क्षण सम्मपनि उनी त्यहि सर्वशक्तिमान पदको पक्षमा थिए । तर उनको इच्छा बिपरित बहुमत सदस्यले उनको हठ र आकांक्षामा धोती लगाइदिए । चार दिनसम्म गरमागरम बहसपछि नेपाली कांग्रेसका अधिकांश प्रतिनिधीले अब सामूहिक नेतृत्वमा पार्टीलाई लैजाने निधो गरेर कोइरालालाई पछारेका छन् । अब उनको अधिकार कटौती त भएको छ नै, डेढ दशकदेखि चलाउँदै आएको हालीमुहालीको अन्त्यपनी । त्यहि कारणले हुनुपर्छ उनले अन्तिम समय सम्मपनि महासमिति बैठक रोक्न दबाब दिएका थिए । तरपनि यसपटक कांग्रेसका अधिकांश सदस्य झुकेनन कोइरालाका अगाडी । यो घटनाबाट कोइराला कै राजनीतिक जीवन त समाप्तीतिर लागेको छ नै कोइरालावादको पतनपनि ।

तपाइँको प्रतिक्रिया