‘राष्ट्र’ विनाका उपराष्ट्रपति

-सरोजदिलु विश्वकर्मा-

sarojdilu_bk1 मधेसी जनअधिकार फोरमबाट च्याँखे परेका परमानन्द झा यो मुलुकको एकाएक उपराष्ट्रपति बने । बन्नसाथ धोती-पटुकी लगाएर हिन्दी भाषामा यो मुलुकको समृद्धिका लागि कृया खाए । कृया पनि खाए । कर पनि खाए । वहादुर दरवार पनि खाए । तर नेपाली जनताका लागि कुन काम गरे, यो मुलुकका लागि कति उत्पादन गरे, राष्ट्रको समृद्धिका खातिर कहाँनिर के भूमिका निभाए, यो कसैलाई थाहा छैन । वरु वर्ष भरिनै थारो भैंसी पालेझै नेपाली जनताले पाल्नु पर्‍यो । यतिमात्र होईन, भाषिक स्वतन्त्रताको हवला दिएर नेपाली जनतालाई जुधाउने र भिडाउने अभियन्ताको रुपमा मिष्टर झाहरु देखापरे । जो निसन्देह नेपाली भाषा जान्दछन्, तर जान्दिन भनेर झुठो बोल्न रति हिचकिचाउदैंनन् । नेपाली भाषामै परिक्षा पास गरेर न्यायाधिससम्म भएका र पञ्चायतलाई ४० वर्षसम्म काँधमा बोकेर तत्कालिन प्रजातन्त्रवादीहरुलाई मृत्युदण्ड दिने फैसलासम्म गरी फोरममा फोरम पाएका यी झाले ‘पहाड र मधेशवीचमा द्धन्द्ध श्रृजना गर्राई एकअर्काको टाउको फोरम्’को अगुवाई गरिरहेका छन् ।

 विचरा ! चिचिको पनि लोभ पापाको पनि लोभ । हिजोसम्म ‘भारत माता मेरी परम्देवी माँ’ भन्दै हिन्दी भाषाको आनन्दमा लीन झा, पद जाने त्रासले आज भने जेमा भएपनि सपथ खान्छु भन्न थालेका छन् । यद्यपि, न्यायालय पूर्वाग्रही भएको उनको गुनासो छ । पहाडियाहरुले अन्य मुद्धालाई थाँती राखेर सपथको मुद्धालाई प्राथकिता दिई अन्याय गरेको उनको आरोप छ । जुन आरोपले हिजो यी कुन हैसियतले न्यायधिस भए भन्ने प्रश्नसमेत उब्जिएको छ ।

 मधेस जनताप्रति सवैको पुरापुर सम्मान छ । उनीहरुको सामाजिक र सांस्कृतिक उत्पीडनका वारेमा म पनि धेरै चीरपरिचित छु । तर यिनलाई उत्पीडन दिने पहाडिया भने पटक्कै होईनन् । यिनै झाजस्ता, जो हिजोसम्म न्यायिक क्षेत्रमा रहे, जो आजपनि मधेसीलाई च्याँखे थापी हरपल सत्ता-सयर गर्न चाहन्छन् । पहाडी मूलका शासकहरुसंग ब्ल्याकमेलिङ्ग गर्दै मुलुकै टुक्र्याउन तयार छन् । विचरा सोझा-सिधा तराईवासीलाई खाली सीसी पुराना कागज टिप्ने अवस्थामा पुर्‍याएर आफू चैं राजधानीमा ठूलाठूला महल जोड्दै छन् । वाथरुमसम्म जाँदापनि पजेरो-प्राडोमै यिनको सयर हुन्छ । तराईमा आजसम्मै विघौंविघा मौजा जमाई त्यहाँका गरीव, उत्पीडित मधेसी दाजुभाई र दिदी-वहिनीलाई दास बनाई शोषण गर्दैछन् । वेरोजगार मधेसी मूलका युवा साथी-भाईलाई एक-आर्कामा भिर्डाईरहेका छन् ।

मधेसबाट कुल राजश्वमध्ये ४० प्रतिशतमात्र उठ्छ । तर ५६ प्रतिशत विकास खर्च तराईमा हुँदै आएको छ । यसले के तराईमा उपेक्षित छ भनेर कसरी भन्न मिल्छ ? सडक, यातायातका श्रोत साधन, विजुली कलकारखाना, कृषी उब्जनी हुने खानी नै तराईमा हो । जहाँ प्रति ३० मिटरको दुरीमा बस्ती विकास भएको छ । जहाँ प्रति गाविसमा ४ वटासम्म हाईस्कुल छन् । उनीहरुले ३ दिन सडक रोकिदिए भने पहाडमा उपभोग्य वस्तुहरुको हाहाकार नै हुन्छ । अनि कसरी र कसले गर्दा तराईमा पिछडिएको छ ? हामी अनुमान गरौं ।

 हो, मधेसीवासीहरु समग्रमा अवसर र आयमा पछाडि परेका छन् । त्यसको एउटा कारण वाहुनवाद हावी हुनु भएता पनि मुलकारण भने यिनै झा, यादव र गुप्ता, त्रिपाठीहरु जस्तै सामन्तहरु हुन्, जसले वाहुनवादलाई आफ्ना धोतीदेखि टुपीसम्म पालेर राखेका छन् । जो वर्षौ वर्षसम्म पञ्चायतकै भाईभारदार र लहरे-पहरे भएर बसे । अनि यिनै मधेसी दाजुभाई दिदीवहिनी, दलित, उत्पीडित, अल्पसंख्यकहरुमाथि दमन-शोषण गर्दै आए र आज पूर्खाले शोषणबाट आर्जेको अकूत सम्पतिमा जोडजाड् गर्न गणतन्त्रमासमेत फेरिपनि यिनैले मधेसीको दैनिक दिनचर्यालाई गोटी बनाईरहेका छन् भने हिजोको १२ वर्षे अल्पप्रजातान्त्रिक कालमा पनि सत्ता गिराउने र बनाउने अनि अस्थिरता निम्त्याउने मुख्य साँचोको रुपमा यिनै गज्जुनाथहरु थिए । यिनकै कुईच्क्षा पुरा गरिदिंदादिदैं प्रजातन्त्र असफल भएर प्रतिगमन दोहोरिन पुग्यो । यिनै तोरीलाउरेहरु मधेसीवासी जनताका काँधमा वन्दुक राखेर नेपालीवीचमा फूट ल्याई आफू फायदा लिने कसरतमा छन् । र, आज नेपाली भाषा जान्दिन भनेर दलहरुले नै अनुमोदन गरेके अन्तरिम संविधानलाई यिनले चुनौती दिईरहेका छन् ।

 आफ्नो अनुकुल भए उत्कृष्ठ संविधान र प्रतिकुल भए प्रतिगामी संविधान भन्ने यी जलकुम्भी झाहरु भोली गणतन्त्र असफल हुनासाथै हिजोका सामन्ती महाप्रभुहरुको द्धार-दलानमा शरण लाग्न जानेछन् । त्यतिवेला फेरि यिनले तिनै मधेसी जनतालाई ढाल बनाई र आजका गणतन्त्रवादीहरुलाई सत्तोसराप गर्दै पुन अवसर लुट्नेछन् । त्यसवेला सवभन्दा अगाडि धोती-कन्दनी फुकालेर दौरासुरुवालमा यिनै ‘झा’मार्काहरु ‘म पो त पीओर नेपाली हुँ, पक्का नेपाली भाषा बोल्दछु, प्रभु शरणम्…!’ भन्दै भेटी चढाउन दौडनेछन् ।

 तर विडम्वना ! हजारौ नेपाली जनताको वलिदानी र १९ दिने जनआन्दोलनबाट प्राप्त गणतन्त्रमासमेत यी पुरैत-पण्डितहरुले वलिदानी र जीवनभर त्याग गर्ने ब्यक्तित्वहरुलाई बिर्सेर अनि, गणतन्त्र स्थापना गर्न कस्को कति भूमिका थियो, त्यसको कुनै मुल्याङ्कनै नगरी आआफ्ना स्वार्थका लागि यस्तै पात्रहरुलाई राष्ट्रको सर्वोच्च हैसियतमा पुर्‍याए । वरु जस्ले यो सिङ्गो नेपालको संरचना गर्‍यो, त्यसलाई समेत २४० वर्ष अगाडिको जागीत्र सम्झेर सत्तोसराप गरिरहेका छन् ।

 अतः यी गणतन्त्रवादी दलका नेताहरुले रुविन गर्न्दर्व, जेवी टुहुरे, महजोडी अथवा आन्दोलनताका जजस्ले जहाँबाट जे भूमिका निभाए, तिनलाई उपराष्ट्रपति बनाउदा वेहत्तर हुन्थ्यो । तर यस्ता ब्यक्तिलाई उपराष्ट्रपति हुनदिनु हुदैंथ्यो । किनकी यी पुराना पात्रहरुलाई उपपति हुनमात्र सुहाउँछ तर नेपाली जनता र मुलुककै पति हुन पटक्कै सुहाउँदैन । त्यसैले अव, उपराष्ट्रपतिको राष्ट्र झिकेर सम्वोधन गर्दा उचित हुन्छ । जवकि मधेसभित्रका महिलामाथि यिनै पात्रहरुले नै वर्षौदेखि दमन गरेका हुन् । आफ्ना घरकी श्रीमती, छोरी-वुहारीमाथि पनि शोषण गर्ने वर्ग हुन् यिनीहरु । त्यसैले यिनलाई ‘राष्ट्र’ भन्ने सम्मानीत शब्दविहिन उपपति भन्नु मनासीव हुन्छ । यसले आफ्नै घरका महिलामाथि नै शोषण र उत्पीडन गरेर पक्का पतिसमेत हुननसकेको भन्ने अर्थ दिन्छ । र, यिनको वोली र ब्यवहारलाई त्यस्तै शब्दले एकमुष्ठरुपमा सम्वोधन गर्दछ ।

तपाइँको प्रतिक्रिया