चार मुख्य दलका यस्ता छन् स्वार्थ, कसरि बन्छ संबिधान ?

एकराज धमला

 

अहिले कुनै पार्टीले भन्न सक्छ गणतान्त्रिक संबिधान बन्दैन भनेर ? कुनैपनि पार्टीले त्यो आँट गर्न सक्दैन । किन ? कुरो स्पष्ठ छ, सारा जनता गणतान्त्रिक संबिधान बेलैमा बनाउन चाहन्छन् । शान्तिवार्तालाई टुंगोमा पुर्‍याउन चाहन्छन् । दिर्घकालिन शान्ति चाहन्छन् । अनि चाहन्छन् नेपालको राजतन्त्रले फेरि टाउको उठाउन नसक्ने वातावरण ।

 

तर मुख्य चार ठुला दल नेकपा (माओवादी), नेपाली कांग्रेस, नेकपा (एमाले) र मधेशी जनअधिकार फोरमलाई त्यो चाहिएकै छैन । भित्रि चाहना त्यहि हो । ति सबै दलका आआफ्नै स्वार्थ छन् । त्यसैले ति चाहँदैनन् कि बेलैमा गणतान्त्रिक संबिधान बनोस् । तर जनताले चाहेको गणतान्त्रिक संबिधान बिरोधी अभिव्यक्ति कुनैपनि दलले दिन चाहेका छैनन् जनताबाट तिरस्कार भइन्छ भन्ने भयले । किन र के स्वार्थ छ त ति प्रमुख चार दलको गणतान्त्रिक संबिधान  नबनाउने ?

 

नेकपा (माओवादी) संसदमा सबैभन्दा ठुलो दल । लामो जनयुद्द लडेर आएको बिद्रोही पार्टी । लोकतन्त्रमा बिश्वास गरेर आएको भनिन्छ । तर उसका कुनैपनि बिधान र दस्तावेजमा अहिलेको लोकतन्त्रप्रति विश्वास र भरोसा देखिन्न । बरु माओवादीहरुले त के स्पष्ठ पारेका छन् भने उनीहरु जनगणतान्त्रिक संबिधान बनाउन चाहन्छन् । उनीहरुले स्पष्ठै भनेका छन् कि जनगणततन्त्र भनेको जनवादमा पुग्ने पहिलो खुट्किलो हो । अथवा जनवादको प्रारम्भिक चरण । उनीहरु जमिन जोत्नेको बनाउन चाहन्छन् । राज्यको समानुपातिक बितरण चाहन्छन् । उनीहरु क्रान्तिकारी भूमिसुधार चाहन्छन् । शामान्तहरुको सम्पत्ती र एकाधिकार खोसेर, तोडेर गरिब जनतामा बाँड्न चहन्छन् । अहिले बन्न लागेको संबिधानले त्यसलाई समेट्दैन ।

 

त्यसैले माओवादी राज्यका हरेक ठाउँमा हस्तक्षेप गर्न चाहन्छ । उ हरेक ठाउँमा कब्जा गर्न चाहन्छ । सके सहमती र सहकार्यबाट उ प्रभाव जमाउन चाहन्छ । नसके उ पेलेरै भएपनि लैजान चाहन्छ । कुनै त्यस्तो संबिधान बनाउन नपाउने अवस्थामा उ जनतालाई बिद्रोहमा उतार्न चाहन्छ अर्को आन्दोलन मार्फत जनगणतन्त्रका लागि । उसले भित्रैदेखि त्यसैकालागि तयारिपनि गरिराखेको छ ।

 

नेपाली कांग्रेस संसदको दोस्रो ठुलो दल । यो शामान्त र दलाल पूजीपतीहरुको स्वार्थ रक्षा गर्ने पार्टी । बिदेशीहरुको स्वार्थ रक्षा गर्ने पार्टी । तिनै दलाल, नोकरशाह र भूमिपतीहरुको स्वार्थ रक्षा उसको प्रमुख दायित्व । गरिबहरुलाई ढग्ने, चुस्ने र पूजीपतीहरुको संरक्षण गर्ने । अहिले नेपाली कांग्रेसमा कस्ता र कुन वर्गका मानिस छन् भन्ने हेरेरै बुझ्न सकिन्छ । कांग्रेस त्यसैले आफ्नो वर्गको स्वार्थ रक्षा हुने संबिधान बनाउन चाहन्छ । कांग्रेस कुनैपनि हालतमा देशको पूनर्संरचना चाहँदैन ।

 

उ त्यस्तो संबिधान चाहन्छ जहाँबाट उसको वर्गको स्वार्थ रक्षा हुन्छ । दलाल र नोकरशाही वर्गको हालिमुहाली चल्छ । लोकतन्त्र उसकालागि आम जनतामा देखाउन पाए पुगेको छ । जनताको सच्चा लोकतन्त्र र हित कांग्रेसले चाहँदैन । माओवादीले बनाउन चाहेको जनगणतान्त्रिक संबिधान त कांग्रेसले कुनैपनि हालतमा बनाउनै दिँदैन । जमिनदारको जमिन हडप्ने, जोत्नेको बनाउने, राष्ट्रिय पूजीलाई राष्ट्रहितमै प्रयोग गर्ने संबिधानले नेपाली कांग्रेसको स्वार्थ र वर्गमाथिनै हमला गर्छ । त्यसले नेपाली कांग्रेसलाई कमजोर बनाउँछ । कांग्रेसलाई बिहारी शैलीको देखाउन मात्रै हुने लोकतान्त्रिक संबिधान भए पुग्छ । र उ त्यस्तै संबिधान बनाउन चाहन्छ ।

 

नेपाली कांग्रेसले स्पष्ठ बुझेको छ मओवादी के चाहन्छ । त्यसैले उ कुनैपनि हालतमा माओवादीलाई जनगणतन्त्रमा जान दिँदैन । आफ्ना आफ्नो वर्गको स्वार्थ रक्षाका लागि उ कुनैपनि हालतमा क्रान्तिकारी संबिधान र राज्य पूनर्संरचना चाहँदैन । गणतान्त्रिक संबिधान बहुदलिय संबिधान जस्तै बनाएर जनताले मान्दैनन् भन्ने पनि उसलाई राम्ररी थाह छ । त्यसैले उ नत अगाडि बढ्न सक्छ गतिलो संबिधान बनाउन । नत पछाडिनै हट्न सक्छ । बरु नेपाली कांग्रेस यथास्थितिमै देश चलाउन चाहन्छ । बरु माओवादीलाई धम्क्याएर, तर्साएर र उत्तेजित पारेर शान्ति संझौता भंग गर्न चाहन्छ । अनि माओवादी शान्ति वार्ताबाट भागे भन्दै दोषजति अरुका टाउकामा थोपरेर उ यथास्थितिमै सरकार चलाउन चाहन्छ । हतियारका बिदेशी ब्यापारीसित मिलेर त्यसका नेता धन कमाउन चाहन्छन् । बरु माओवादीलाई सरकार चलाउन दिनुभन्दा तिनलाई धपाएर पुन राजावादी र पुराना पञ्चेहरुसँगै शासन गर्न चाहन्छ ।

 

एमाले त झन् नयाँ संबिधान बनाउने मामिलामा कतै स्पष्ठ छैन । झण्डा, नाम, दस्तावेजमा कम्युनिष्ट नाम राख्न नछोडेपनि यो अहिले दलाल पूजिपतीहरुकै पार्टी बनिरहेको छ । दस्तावेजमा कम्युनिष्ट नाम राखिएपनि यसको न त कम्युनिष्ट आचरण छ न त उसले कम्युनिष्ट आदर्श बमोजिमको काम नै गरेको छ । कार्यकर्ता पंक्तिमा भ्रम छरेर उ सिमित सामन्त र दलाल पूजीपतीहरुकै हित रक्षा गर्न चाहन्छ

 

यसका अधिकांश नेता सत्तालोलुप छन् । भ्रष्टाचारमा डुबेका छन् । उनीहरुको साँठगाँठ भनेको बिदेशी दलाल पूजीपती र शामान्तहरुनै हुन् । एमाले तिनैको हित रक्षा गर्ने संबिधान बनाउन चाहन्छ । उ कुनैपनि हालतमा राज्य पूनर्संरचना गर्ने, भूमिहिनहरुलाई भूमीको उचित बितरण गर्ने, जमिन जोत्नेहरुको बनाउने, गरिब निमुखाहरुको हित गर्ने संबिधान बनाउन चाहँदैन । बरु बिदेशीहरुको आशिर्वादमा सरकर बनाएको यो पार्टी तिनको निर्देशनमा शान्ती संझतानै भंग गरेर भएपनि उ अग्रगमनलाई लत्याउन चाहन्छ । माओवादी संसदिय राजनितिमा रहेसम्म आफ्नो हैसियत गुम्दै जाने देखेकोलेपनि एमाले माओवादीलाई धपाउन चाहन्छ । उ अहिलेको भन्दा गतिलो र क्रान्तिकारी संबिधान बनाउनै चाहँदैन । बरु उ माओवादी नेत्रित्वमा बनेको सरकारले गरेका काम र नितिहरुलाई भंग गराएर माओवादीलाई उचाल्न चाहन्छ । माओवादीले गरेका निर्णयहरुलाई उल्टाउने, सेना संयोजन नगर्ने, नेपाली सेनालाई अझ बलियो बनाउने, बिदेशीका अगाडि अझ झुक्ने र माओवादीलाई अनेक तरिकाले भड्काएर आफु ठुलो वामदलका रुपमा रहिरहन चाहन्छ ।

 

मधेसी जनअधिकार फोरमको त झन के कुरा गर्ने ? दुई चार मन्त्री पद र कुर्सीकै लागि भर्खरै फुटेको छ । यो पार्टी (दुबै समूह) का नेताहरु त झन तराईका सामान्त छन् अधिकांश । तिनको काम आफ्नै स्वार्थ पूरा गर्नु हो । यिनलाई झन् सबैभन्दा ठुलो डर छ कतै गणतान्त्रिक संबिधान बन्छ कि भन्ने । किनभने यो दल पुरै भारतिय घुसपैठ र स्वार्थ अनुकुल चल्छ । यो दलको ध्येय नयाँ संबिधान बनाउने होइन कि सम्पूर्ण मधेश एक प्रदेशको बिखन्डनकारी बिउ उमारेर देश टुक्र्याउनु छ । अनि तराईको सानो प्रदेशलाई छुट्टै राज्य घोषणा गरेर त्यस राज्यमा हालीमुहाली गर्नुछ । नेपालको माटो बिदेशीलाई सुम्पनु छ । देशभरि बिखाण्डको बिउ रोप्नुछ । तराइ, मधेश, पहाडे भनेर नेपालीहरुमा फूट ल्याउनुछ ।

त्यसैले यो पार्टीलाई त झन् नयाँ संबिधान चाहिएकै छैन । त्यसैले यो पार्टीले कहिल्यै नयाँ संबिधान बनाउने कुरामा गम्भिरता देखाउँदैन । उसलाई नयाँ संबिधान चाहिएको छैन कि चोइटिएको नयाँ राज्य चाहिएको छ । मधेशी सोझा जनताका नाममा राजनिति गरेर लूट मच्चाउनुछ ।

 

त्यसैले यि कुनैपनि पार्टी नयाँ संबिधानका लागि गम्भिर छैनन् । यि कसैलाईपनि नयाँ संबिधान चाहिएकै छैन । बरु संबिधान बनाउने पक्षमा सबैले एक अर्कालाई गम्भिर नभएको आरोप लगाउने गरेका छन् । वास्तबिकता के हो भने नयाँ संबिधान बनाउने कुरामा कुनै पार्टीपनि गम्भिर छैनन् । यि कुनैपनि पार्टीलाई नयाँ संबिधान चाहिएकै छैन । सबैले गणतान्त्रिक संबिधान नबन्नुको कारण अर्कोलाई दोष थोपरेर उम्किन खोजिरहेका छन् । आआफ्नो राजनितिक स्वार्थ अनुकुल देश चलाउन खोजिरहेका छन् ।

तपाइँको प्रतिक्रिया