चाकरीमा फूल, देशलाई घाटा
बजारमा तिहारमा भन्दा बढी मालाको करोबार भएको रहेछ । चुनावको प्रचारदेखि अहिलेसम्म दैनिक फूल मालाको बिक्री अत्याधिक भएको रहेछ । २ करोड ५० लाखको कारोबार भएको भनिएको छ । अझ स्थानिय एवं गैरकानुनी तवरले ल्याएर बेचेका फुलमाला कति खपत भए होलान् ? यो चुनाव के संसारमै हाम्रोमा मात्र भएको हो ? यो अनावश्यक हो की होईन ?
बाटो छकेर आम सभा अनि सयौं किलाका माला । यो सबै चाकडीले ग्रसित भएको उपच हो । बिना माला हिँड्यो भने समाजमै नेता नभईने होकी भन्ने सोच । नेतालाई घरघरबाट माला उनेर समेत दिएका छन् । साँच्चै त्यो माला किन्दाको मुल्यकालागि कति पसिना बगाएका छन् फूल उमार्नेले ? हिसाब छ ? यो नौटंकी बन्द गरौं ।
अझ सबै फूल नेपालमा उत्पादन हुन्न । भारतबाट थुप्रै फूल नेपाल आउने गर्छ । यसरि फूलको अनावश्यक प्रयोगले नेपालको ठूलो रकम भारत जान्छ । यसरी हेर्दा जति धेरै फूल प्रयोग गर्यो उति माग बढ्छ उतिनै हाम्रो रकम भारत जान्छ । नेपाललाई घाटा पर्छ ।
नमस्कार गरे हुन्न माला लगाउनुको साटो ? माला लगाउने चाडपव॔ नै छन् मनुष्य र पशुका । त्यहि बेला प्रयोग गरौ न । राज्य नै जितेर आए जस्तो किन होला ?
फेरी धेरै लेखे आद॔शवादी भन्ने चलन छ । मुखमा लगाउने माड छैन …………लाई जाईफल !!!
(सामान्य सम्पादनसहित, क्रिष्ण प्रसाद शर्मा, फेसबूकमा)





