मकैको ढोंडलाई उखुको दर्जा दिँदा कांग्रेसलाई फाईदा

मकैको ठोंड र २०४७ सालदेखि चुनाव लड्दै आएका, लड्दै नआएका मध्येपनि अधिकांश कम्युनिष्ट नामधारीहरु एकै हुन् । मकैका ढोंड जस्तै । अर्थात् यि दुईका गुणमा समानतापनि छ । भ्रम छर्न सकिने समानता । किनकि मकैको ढोंडपनि चुस्दा अलिअलि गुलियो आउँछ । उखुकै जस्तो कडा र बाक्लो गुलियो रस नआएपनि । त्यसैले नेपालका कम्युनिष्टहरुले निर्वाचनमा जाँदा मकैको ढोंड चुस्दै उखु चुसेको भ्रम छर्दै आएका थिए । मकैको ढोंडलाई उखु हुम् भन्दै आएका थिए । पछिल्लो समयमा उखु होइनम, मकैको ढोंडनै हुम् सबै भनेर चुनाव लडेर ठिक गरे ।

नेपाली कांग्रेसले अहिलेसम्म धेरै सिट ल्याएकोपनि ढोंडहरुले उँखु हौं भन्ने भ्रम छरेकाले र कांग्रेसलेपनि ढोंडहरुलाई उखु हुन् भन्ने भ्रम छरिदिएकाले हो । अब वामपन्थी जति सबै एकातिर र कांग्रेस अर्कोतिर भएर निर्वाचन लड्दा जति मत कांग्रेसले ल्याउँछ त्यो नै वास्तविक कांग्रेस हुने हो । यो निर्वाचनले अहिलेसम्मको भ्रम चिरिने भयो । के हो ढोंड, के हो उखु र कांग्रेसको लोकप्रियता कति हो स्पष्ठ देखिने भयो ।

हामी ढोंडनै हौं, उखु होइनौ भनेर आँट गर्ने नेता नेकपा एमालेका केपी शर्मा ओली हुन् । उनले जनतालाई आजसम्म ठोंड चुसेर उखु चुसेको भ्रम हटाईदिए । भने ‘हामी कम्युनिष्ट होइनौं । हामी लोकतान्त्रिक पार्टी हौं । समाजवादी पार्टी जस्तै हौं । अहिलेको जमानामा कम्युनिष्ट हुन संभव छैन ।’ अर्थात् ‘उखु खेति गर्न गाह्रो छ । जहाँ पायो त्यहाँ हुन्न, मौलिन्न । लगानी धेरै । कठिन धेरै । मेहनत चर्को । उखुले जे जति लगानी र मेहनत खोज्छ त्यो दिनै सकिन्न । उखुको माग पुरा गर्नै सकिन्न । गुलियोनै खानु छ भने मकैको ढोंड पनि त गुलियो हुन्छ । जहाँ, जस्तो ठाउँमा, कम लगानीमापनि हुर्किन सक्छ । यसको फल त मुख्य भयो नै । नसुक्दै चुसे गुलियो आउँछ । यसैलाई निचोरेर उखुको गुलियो लिन सकिन्छ । सुकेपछि ढोंडपनि त काम लाग्छ ।’

बास नेपालका कम्युनिष्टहरु यस्तै हुन् । नाममा कम्युनिष्ट, दाममा कम्युनिष्ट । सत्ता र शक्तिकालागि कम्युनिष्ट । नारामा कम्युनिष्ट । तर नितिमा कहिँ कतै कम्युनिष्ट नदेखिने । आचार बिचार र नितिमा केहि नभेटिने । ब्यवहारमा त झनै शामान्ति जस्ता लाग्ने । देख्दापनि हँसिया र हथौडा नहटाएपछि कम्युनिष्ट नै रहने भयो । त्यसैले नेपालका कम्युनिष्टहरुले मकैको ढोंड हुँदापनि उखुको भ्रम छरिरहे । हालसम्म पराजयको कारणपनि त्यहि थियो ।

अहिलेको निर्वाचनमा वामपन्थि (वामपन्थि भन्नासाथ नेपालमा भने कम्युनिष्ट भनेर बुझिने, अर्थ लाग्ने) हरुले हामी वास्तबिक कम्युनिष्ट होइनौं भनेर उत्रिए । अर्थात् हामी गुलियो आउने मकैका ढोंड हौं भनेर हाकाहाकी खुलस्त पारेरै निर्वाचनमा होमिए ।

यस अघि हाम्रा वामपन्थि दलहरुलाई भ्रम थियो कि जनतालाई भ्रम छर्न सकिन्छ । गुलियो आएकै छ । चुसेर स्वाद लिएभनेपनि गुलियो आउँछ । ढोंड दिएपनि जनताले उखुनै हो भन्नेछन् । तर जनता उखु र ढोंड पत्ता लगाउन सक्षम छन् भन्ने उनीहरुले बुझेनन् र भ्रम छारिरहे । जनता केहि जान्दैनन् भन्ने हाम्रा बामपन्थि पार्टी र नेताको भ्रमलाई जनताले चिरिदिए यस पटक । यसको भेद खोलिदिने पात्र बने, एमाले अध्यक्ष केपी शर्मा ओली । बरु हाकाहाकी हामी ढोंडनै हौं भन । ढोंड ढोंड मिल्दा बढि गुलियो आउँछ । धेरै ढोंडको मिश्रणले धेरै गुलियो निकाल्छ, एक दुई वटा चर्को गुलियो उखुले भन्दापनि भन्ने सन्देश नेपाली जनताले, मतदाताले दिएका छन् ।

नेपाली कांग्रेसपनि बाठो पार्टी । वामपन्थिहरु ढोंडमा बदलिसक्दापनि उखुको नाममा फुटेको देख्यो । उसले ढोंड हुन् यि भन्दा बढि घाटा हुने देख्यो । फुटाउन नसक्ने वा कम्युनिष्टको भ्रम छरेर आफू अनुकूल बनाउन सक्ने देख्यो । त्यसैले कांग्रेसलेपनि ढोंडमा बदलिईसकेका नेपालका कम्युनिष्टहरुलाई उखु नै हुन् भन्दै प्रचार गरिराख्यो । अहिले नेपाली कांग्रेसले अतिबाद, अधिनायकबाद हाबी भयो भन्नुको स्वार्थनै यहि हो, ढोंडहरुबिचको एकताले उखुको भ्रम मेटियो र ढोंड ढोंड मिलेपछि कांग्रेसलाई घाटा हुने भयो । अर्थात् ढोंडहरुको एकताले चिनीको बजार कब्जा गर्ने भयो । चिनीको बजार ढोंडले लिने भए । कांग्रेसको बजार शुन्य हुने भयो ।

तपाइँको प्रतिक्रिया