मन्त्रि पछार्ने नेता
सत्ता र सरकारमा पुगेपछि शक्ति, दाम, र दण्डभेद सबै प्रयोग गरेरपनि निर्वाचन जितिन्छ भन्ने अब भ्रम मात्रै रह्यो । वा त्यो सधैं र सबै क्षेत्रमा लागू हुन्न भन्ने उदाहरण बागलुङ निर्वाचन क्षेत्र नं १ लाई हेर्दा हुन्छ । यो निर्वाचन क्षेत्रमा बहालवाला राज्यमन्त्रि चम्फादेवी खड्का (सहकारी तथा गरिवी निवारण) थिईन । सरकारवाला पार्टीकै मन्त्रि, नेता । उनका बिरुद्द उठे वाम गठबन्दनका नेता डा. सुर्य पाठक । बहालवाला मन्त्रिलाईनै लज्जास्पद तरिकाले हराइदिए यि पाठकले ।
नेकपा एमालेका युवा नेता हुन् यि । वाम गठबन्दनका साझा उमेदवार । यि डाक्टरले ३३ हजार ६ सय ५७ मत ल्याएर विजयी भए । उता बहालवाला मन्त्री खड्काले भने २० हजार ६ सय १६ मत ल्याइन । वहालवाला राज्यमन्त्री खड्का हार्दापनि मत १३ हजार ४१ कम देखियो पाठकसित ।
मतदाताले हराउनुपर्नेपनि यस्तै उमेदवारलाई हो सायद । किनभने उनी मन्त्री पनि जनताको सेवा गर्ने राम्रो खालको पदमा थिइन । गरिबी निवारण र सहकारी । हाम्रो जस्तो गरिब देशमा अलिकति काम गरिदिएको भएपनि सायद यिनलाइ जनताले बिजयी गराउने थिए । तर पत्याएनन् । किनभने जनताको विश्वाश जित्ने काम यिनबाट भएन । जनताले त्यहि कारणले बिकल्प रोजे र भारी मतको अन्तरमा बिजयी बनाए सूर्य पाठकलाई ।





