स्पेनको कातालोनिया अलग राज्य घोषणा, युरोपेली परिषदले मान्यता नदिने
ठूलो द्वन्दको संकेत
स्पेनको कातालोनिया क्षेत्र अलग स्वतन्त्र राज्य घोषणा गरिएको छ । आज शुक्रबार कातालोन क्षेत्रका सभासद (सांसद) हरुले संसदबाटै बहुमत पुर्याएर अलग राज्य घोषणा गरेपछि स्पेनको ईतिहासमै सबैभन्दा बढि द्वन्दको संकेत देखिएको छ । स्पेन सरकारले यसलाई सहजै स्विकार नगर्ने घोषणा गरेपछि त्यहाँ आगामी दिनमा ठूलो द्वन्द हुनसक्ने देखिएको हो । युरोपेली परिषदलेपनि कातालोनलाई अलग स्वतन्त्र राष्ट्रका रुपमा मान्यता नदिने स्पष्ठ पारेपछि कातालोन अलग राज्य बन्ने दाबीमा थप बिवाद र कठिनाई हुने देखिन्छ ।
स्पेनको संसदमा आजै शुक्रबार ‘गणतान्तान्त्रिक कातालोनिया अलग राज्य’ भन्दै प्रस्ताव दर्ता गर्नासाथ कातालोन राज्यको समर्थक बाहेक अन्यले मतदान गर्नु अघिनैबहिष्कार गरेर हिँडेका थिए । मतदानमा कतिले भाग लिए, कतिले बिरुद्दमा मतदान गरे भन्ने मेडियाहरुले अलग अलग आँकडा प्रस्तुत गरेका छन् ।
राष्ट्रिय संसद स्पेनको राजधानी मेड्रिडमा छ भने कातालोन क्षेत्रको अर्को संसद कातलोन क्षेत्रमै पर्ने बार्सिलोना शहरमा छ ।
कातालोनहरुले यसलाई अलग राज्य बनाउने प्रयास गम्भिर रुपमा उठाएको गत साल देखि हो । कातालोनलाई अलग राष्ट्र बनाउने भन्दै अक्टोबर १ मा विवादास्पद तरिकाले आफ्नै निर्णयमा जनमत संग्रह गरेका थिए । त्यसपछि कातालोनहरुले यसलाई स्वतन्त्र अलग राष्ट्र बनाउनकालागि आन्दोलन चर्काउँदै आएका छन् ।
कातालोन क्षेत्रको भाषा अलग छ । तिनले कातालोन भन्ने भाषा बोल्छन् । स्पेनको अन्य क्षेत्रका स्पेनिश नागरिकको भन्दा तिनको संस्क्रिति र आर्थिक गतिबिधी, स्रोत र पहिचानपनि भिन्न खालको छ । कातालोन स्पेनको सबैभन्दा सम्ब्रिद्द क्षेत्र मानिन्छ । सन् १९७८ मा गणतन्त्र (प्रजातन्त्र) घोषणा भएपछि स्पेनमा सबैभन्दा गम्भिर रुपमा राजनितिक संकट देखिएको अहिले हो ।
कातालोनलाई स्वतन्त्र अलग राष्ट्र बनाउने अभियानको मुख्य नेत्रित्व गरेका कार्लेस पुज्रामनको सरकारले आजै शुक्रबारबाटै आफ्नो छुट्टै अदालत स्थापना गर्ने, प्रशासनिक कामपनि अलग्गै शुरु गर्ने बताएका छन् । तर स्पेनको महान्यायाधिवक्ताको कार्यालयले भने ति नेताहरुलाई लडाकू, प्रिथकक्ताबादीको रुपमा आरोप लगाएर जेल हाल्ने तयारि गरेको समाचारहरुमा उल्लेख गरिएको छ ।
कातालोनलाई अलग राष्ट्र बनाउने घोषणा गरिएसँगै आज हजारौं कातालोन समर्थकहरु सडकमा खुशियाली मनाउन उत्रिएका थिए । स्पेनको केन्द्रिय सरकारले हस्तक्षेप गर्नसक्ने आँकलन गर्दै कातालोन अभियानलाई समर्थन गर्न त्यहाँको श्रमिक संगठनले सोमबारदेखि हडताल आव्हान गरेको छ ।
स्पेनको संसदमा मतदान हुनु अघि दुई पक्षका बिचमा बादबिबाद र मत मतान्तर भएको थियो । कातालोन समर्थक सांसदहरुले ऐतिहासिक र खुशियालीको समय भन्दै घोषणा गरेका थिए । कातालोन अलग हुने निर्णय स्वागत नगरिए संविधान र जनमतको उल्लंघन हुने चेतावनी दिएका थिए । तर कातालोन अलग हुने अभियानका बिरोधीहरुले भने एकदमै धोकापूर्ण, दुखद भन्दै यसले स्पेनमा हिंसा र अशान्तिको बिउ रोप्ने, राष्ट्र र एकता बिरोधी कदम भएको बताएका थिए । संविधानको धारा १५५ प्रयोग गरेर कातालोनलाई अलग हुन नदिने उनीहरुले जिकिर गरेका छन् ।
द न्युयोर्क टाईम्सका आनुसार स्पेनको वार्सिलोनास्थित संसदमा मतदान हुँदा २१४ मत कातालोनका पक्षमा र ४७ मत कातालोनका बिरुद्दमा थियो । कातालोन पक्षका संसदले यो मतदानलाई ब्यवहारमा उतार्न प्रधानमन्त्री मारिनो राखोइलाई भनेका थिए ।
यहि संविधानमा टेकेर अब कातालोन क्षेत्रमा स्वतन्त्र प्रशासनिक निकाय चलाएर आफ्नो नियन्त्रणमा लिन कातालोन क्षेत्रका नेता कार्लेस पुज्रामनलाई संसदले निर्देशन दिएको छ । बार्सिलोनामा भएको मतदानपछि राजधानी मेड्रिड शहरस्थित मुख्य संसद भवनमा आपतकालिन बैठक बसेको थियो, सभासदहरु, मन्त्री, प्रधानमन्त्रिसहितको । कातालान क्षेत्रको पक्षमा रहेका कार्लेस पुज्रामन लाई कारवाही गर्न सक्ने अधिकार संसदिय बैठकले दिएको छ ।
कार्लेस पुज्रामनले अहिले लिइएको बिकल्ल्प सबैभन्दा उत्तम भएको, कातालोन नागरिकमाथि स्वत्नत्र हुने अधिकार रहेको, स्पेनिस सरकारले अहिलेको प्रजातान्त्रिक मूल्य र मान्यता अनुसार सोच्नपनि नसकिने ब्यवहार कातालोनहरुमाथि गरेकाले कातालोनहरु अलग हुन पाउनु आफ्नो अधिकार रहेको बताए ।
तर युरोपेली परिषदले भने कातालोनलाई अलग राष्ट्रका रुपमा मान्यता नदिने र स्पेनकै रुपमा हेर्ने बताएको छ । बरु कार्लेस पुज्रामनलाई स्पेनको कुनै प्रान्तको एक शक्तिशाली नेताको रुपमा सदा हेर्ने र स्पेनको कातालोन अलग राष्ट्र बन्न सक्ने कल्पनापनि गर्न नसकिने युरोपेली परिषदका अध्यक्ष डोनाल्ड टस्कले बताएका छन् । समग्र स्पेनको मुख्य नेता राखोइलाईनै मान्ने र युरोपेली परिषदले उनैलाई मान्ने स्पष्ठ पारेका छन् ।






