‘एमाले माओवादी गठबन्दन दामकालागि’

वाम एकता भन्दै नेकपा एमाले र माओवादी केन्द्रका नेता, कार्यकर्ता रमाईरहेका छन् । आगामी निर्वाचनकालागि वाम एकता भन्दै हौसिएकापनि छन् । अब वाम एकताले देशमा स्थिरता र सम्ब्रिद्दि ल्याउँछ भन्दै उत्साहित छन् । तर वामपन्थि पार्टी, कडा कम्युनिष्ट पार्टी भन्दै चिनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव बिप्लवले भने यो वाम एकता नभै दाम र नामको एकता भएको खुला मञ्चबाट सार्वजनिक गरे ।

एक सयौं अक्टोबर क्रान्ति मनाउन आज बिप्लव माओवादीले काठमाडौंको खुला मञ्चमा आम सभाको आयोजना गरेको थियो । त्यहि आम सभामा नेकपाका महासचिव बिप्लवले मुख्य बक्ताका रुपमा त्यस्तो अभिब्यक्ति दिएका हुन् । नेकपाले आज आयोजना गरेको आमसभालाई बिप्लवको शक्ति प्रदर्शनका रुपमापनि हेरिएको छ ।

खुला मञ्चमा आज आयोजना गरिएको आमसभामा बाक्लो उपस्थिति देखिएको छ । बक्ताहरुले महान अक्टोबर क्रान्तिको प्रशंसा गरे र नेपालमा एकिक्रित जनक्रान्ति सफल बनाएरै छाड्ने हुंकारपनि गरे । सबै वामपन्थि संगठनहरुबिच एकता हुनुपर्ने चर्चा चलिरहेका बेला बिप्लवले तिनै वामपन्थि गठबन्दनका बिरुद्द यस्तो अभिब्यक्ति दिएका हुन् ।

मुख्य बक्ता बिप्लवले अहिलेको माओवादी एमाले गठबन्दले देशलाई झन बर्बादितिर लैजाने र देशले निकास नपाउने ठोकुवा गरे । एमाले र माओवादी दुबै पार्टी कम्युनिष्ट पार्टी नरहेको र यि पर्टीको मिलनले साम्यवाद ल्याउने होइन कि झन झन देशलाई चरम पूँजिवादतिर लैजाने बताए । देशलाई बर्बादीतिर लैजाने एमाले र माओवादीको गठबन्दन बिरुद्द आफ्नो पार्टीले एकिक्रित जनक्रान्ति गरेरै छाड्ने प्रतिबद्दतापनि जनाए ।

(फोटो स्रोत- विष्णु भुजेलको फेसबुक)

तपाइँको प्रतिक्रिया